काठमाडौं २२ असोज। प्रधानमन्त्री शेरबहादुर देउवाले आफू प्रधानमन्त्री भएको ८८ दिनपछि मन्त्री मण्डललाई पूर्णता दिएका छन् । नवनियुक्त मन्त्री तथा राज्य मन्त्रीहरुलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराएकी छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ९ तथा धारा ७८ को उपधारा १ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरेकी हुन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहबीच शुक्रबार राष्ट्रपति भण्डारीले नवनियुक्त १६ मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् । जसमा २ राज्यमन्त्री पनि छन् ।

































































































