बिर्तामोड २२ असोज । नेपाली कांग्रेस केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीले सहमतिय प्रणालीको राजनीति मुलुकको आवश्यकता भएको बताउनु भएको छ !
नेपाली कांग्रेस बिर्तामोड नगरपालिका अन्तरगत २ नं. वडाको आयोजनामा बिर्तामोडमा सम्पन्न शुभकामना आदानप्रदान एवं चियापानमा शुभकामना मन्तव्य राख्दै शिवाकोटीले १४ औ महाधिवेशनमा देउमान थेबेलाई जिल्ला सभापति बनाउने भद्र सहमती १३ औ महाधिवेशनमा भएको उहाँले खुलासा समेत गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका उहाँले १३ औं महाधिवेशनमा सभापतिका दाबेदार उद्वब थापा र देउमान थेबेबीच सहमति कायम गरेर निर्बिरोध नेतृत्व चयन गर्न १४ महाधिवेशनमा थेबेलाई सभापती बनाउने सहमति भएको र सहमतिको कागजमा थेबेका तर्फबाट बिश्वप्रकाश शर्मा, केशबकुमार बुढाथोकी, नरेन्द्रबिक्रम नेम्बाङ, गोपाल बुढाथोकी र उद्वब थापाका तर्फबाट आफू र डिल्लीप्रसाद सिटौलाले लिखित हस्ताक्षर गरेको शिवाकोटीले बताउनु भयो ।
कार्यक्रमका विशेष अतिथी एवं नेपाली कांग्रेस झापाका सभापति उद्वब थापाले एकता, मिलमिलाप र सहकार्यबाट मात्र पार्टी संगठन बलियो हुने बताउनुभयो ! एमालेको अत्यचारका बिरुद्ध कांग्रेस कार्यकर्ता एकजुट भएर लड्नु अहिलेको आवश्यकता भएको उहाँको भनाइ थियो ।
२ नम्बर वडा सभापती देबी खरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य गोपालकुमार बस्नेत, देउमान थेबे, पार्बता गिरी, २ नं. क्षेत्रीय सभापति खगेन्द्र मैनाली लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियोे ।
कार्यक्रममा बद्री भट्टराईले स्वागत र चित्रकला ओलीले सन्चालन गर्नुभएको थियो ।
कांग्रेसको १४ महाधिवेशनको संघारमा जिल्लाका १३१ वटै वडाहरुमा आयोजित चियापान र शुभकामना आदान प्रदान कार्यक्रममा पार्टीका विभिन्न तहका उम्मेद्वारहरु आ–आफ्नो मत माग्दै कार्यकर्ताको माझमा पुगिरहेको नेपाली कांग्रेस झापा जिल्ला प्रचार बिभाग प्रमुख कृष्ण हुमागाईले बताउनुभयो ।
देउमानलाई सभापति बनाउने लिखित हस्ताक्षर भएको शिवाकोटीको भनाई

































































































