HomeFeatured 2‘शब्दपत्र डटकम’ अनलाइन उद्घाटन

‘शब्दपत्र डटकम’ अनलाइन उद्घाटन

बिर्तामोड २१ असोज । शब्दपत्र प्रकाशन प्रालिद्धारा प्रकाशन तथा प्रकाशन हुँदै आएको ‘शब्दपत्र डटकम’अनलाइन पत्रिका औपचारिक रुपमा सञ्चालनमा आएको छ ।
प्रा.लि.ले घटस्थापनाको अवसर पारेर विहिवार दुर्गा पञ्चायन मन्दिरमा एक कार्यक्रमका बीच औपचारिक उद्घाटन गरेको हो । प्रा.लि.को उद्घाटन नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले गरेका हुन् । दुई महिना अघिदेखि सञ्चालनमा आएको शब्दपत्रको आज औपचारिक उद्घाटन भएको हो । उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष गिरीले शब्दपत्र अनलाइनले मालिकहरुको नभएर जनताको शब्द बोल्नु पर्नेमा जोड दिए । अबका दिनहरु अनलाइन पत्रकारिताकै पक्षमा भएको भन्दै प्रमुख अतिथि समेत रहेका गिरीले पठनीय र गुणात्मक समाचारमा शब्दपत्र एककदम अगाडी रहेको बताए ।
झापा बिर्तामोडमा प्रधान कार्यालय रहेको शब्दपत्रले सवै प्रकारका समाचारलाई प्रकाशन प्रशारण गर्दै आएको छ भने स्थानीय समाचारलाई प्राथमिकतामा राखेर छ ।
शब्दपत्र प्रा.लि.को सञ्चालकमा बालकृष्ण गिरी, पार्वत गिरी, तारा दुलाल, शर्मिला पुरी, इशा पुरी, उद्धव पुरीलगायत रहेका छन् । उद्घाटन कार्यक्रममा नेकपा (माओवादी केन्द्र) जिल्ला नेता बासु दुलाल, नेपाल पत्रकार महासंघ प्रदेश सदस्य लीलाराज झापाली, सहारा नेपाल साकोस लक्ष्मीपुर सेवा केन्द्रका प्रमुख उमेश भारतीलगायतको उपस्थिति रहेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2‘शब्दपत्र डटकम’ अनलाइन उद्घाटन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img