खुदुनाबारी २० असोज । नेपाली काङ्ग्रेस अर्जुनधारा २ र ३ नं वडा समितिको आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
रमेश फुयालको सभापतित्व र नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि थापा, प्रचार विभाग प्रमुख कृष्ण हुमागाँई, २ नं क्षेत्रीय सभापति खगेन्द्र मैनाली, अर्जुनधारा नगर सभापति हेमराज खरेल, नेपाल महिला संघ झापाका उपसभापति चन्द्रकला भण्डारी, २ शुभकामना मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि उद्वव थापाले पार्टीलाई एकताबद्ध बनाएर अन्तरदलीय प्रतिष्पर्धामा उत्रनुपर्ने बताउनुभयो । विगतमा भन्दा पार्टीको १४ औं महाधिवेशनमा वार्ड एवं नगर अधिवेशनहरु शान्तिपूर्ण रुपमा सम्पन्न भएको र प्रतिष्पर्धीबीच पनि सौहार्दपूर्ण सम्बन्ध देखिनु सुखद पक्ष रहेको बताउँदै यसले पार्टी मजबुद हुने विश्वास ब्यक्त गर्नुभयो ।
३ नं वडा सभापति ध्रुव खातीले स्वागत एवं बाबुराम बुढाथोकीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको कार्यक्रमको सञ्चालन कृष्ण थापाले गर्नुभएको थियो ।
शुभकामना आदान प्रदान

































































































