Homeसमाचारमानव सेवाको १७ औं शाखा झापाको मेचीनगरमा

मानव सेवाको १७ औं शाखा झापाको मेचीनगरमा

झापा २१ असोज । मानवसेवा आश्रमको शाखा झापा जिल्लामा विस्तार हुने भएको छ । मानवसेवा आश्रमले १७ औं जिल्ला शाखाको रुपमा झापामा शाखा विस्तार गर्न लागेको हो ।
मेचीनगर नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रममा यसबारे जानकारी गराइएको हो । कार्यक्रममा बोल्दै मेचीनगर नगरपालिकाका प्रमुख तथा कार्यक्रमका सभाध्यक्ष बिमल आचार्यले मानवसेवा आश्रमको शाखा मेचीनगर नगरपालिकामा आउन लागेकोमा खुसी व्यक्त गदैं आश्रमका लागि आफ्नो तर्फबाट पूर्ण सहयोग रहने बताए ।
मानवसेवा आश्रमको लागि मेचीनगर नगरपालिका वडा नं. ४ मा बस्ने राम बहादुर प्रधान र उनका दुई श्रीमतीहरु लक्ष्मी माया प्रधान र पूर्ण माया प्रधानले आफ्नो सम्पूर्ण जग्गा जमिन मानवसेवा आश्रमको सेवामा समर्पित गरेका छन् । सोही अवसरमा जग्गा दाता परिवारलाई सम्मान समेत गरिएको छ ।
नगर प्रमुख आचार्यले जग्गा दाता परिवारलाई धन्यवाद ज्ञापन गर्दै प्राप्त भएको जग्गामा आश्रमको संरचना निर्माणका लागि आगामी नगरपरिषदमा बजेटको विषयमा छलफल गर्ने बताए । ‘आश्रमको आफ्नै घर नबन्दासम्मको लागि घरभाडाको व्यवस्थापन नगरपालिकाले गर्ने छ ।’
आश्रमले तत्काल सेवा सुरुवात गर्नका लागि मेचीनगर आसपासमा घर भाडामा खोजिरहेको विषयलाई उदृत गर्दै आचार्यले आश्रमको सेवा सुरुवात गर्नका लागि आवश्यक खाद्यान्न समेत जोहो गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यस्तै नगर उपप्रमुख मिना पोखरेल उप्रेतीले यस सहयोगापेक्षी सडकमानवमुक्त राष्ट्र बनाउने मानवसेवा आश्रमको अभियानलाई नगर परिषदमा उठाउने बिषयमा जोड दिईन् । ‘यो अभियानलाई हामीले आगामी नगरापरिषदमा राखेर नगरपालिकाको गौरवको आयोजनाको रुपमा अगाडी बढाउने छौं ।’
त्यस्तै कार्यक्रममा विशिष्ट अतिथिको रुपमा आसिन प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले आफ्नो र संस्थाको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्दता व्यक्त गरे । जग्गा प्राप्त भएको वडा नं ४ का अध्यक्ष नबिन बरालले आफ्नो वडामा आश्रम आउँदा खुसी लागेको बताए ।
कार्यक्रममा मानवसेवा आश्रमका प्रमुख संस्थापक एवं केन्द्रीय अध्यक्ष रामजी अधिकारी, प्रदेश नं १ संयोजक नवराज केसी, झापा जिल्ला संयोजक सुमा रावल, प्रदेश नं १ विराटनगर शाखाका अभिभावक पुनम दाहाल, प्रविण खड्का, राजन भेटवाल, सिता भेटवाल, हाम्रो अभियान झापाका संयोजक नरेश मोहरा लगायत महत्त्वपूर्ण व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारमानव सेवाको १७ औं शाखा झापाको मेचीनगरमा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img