विर्तामोड २० असोज । झापाको विर्तामोड नगरपालिका वडा नं.–१० स्थित चमरधापमा एउटा गाउँ नै कांग्रेसमा प्रवेश गरेको छ । नेपाली कांग्रेस वडा नं.–१० को आयोजनामा भएको पार्टी प्रवेश तथा शुभकामना आदान प्रदान कार्यक्रममा चमरधाप टोलका ५२ बढी नेकपा एमालेसहित अन्य पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका हुन् ।
नवप्रवेशीलाई नेपाली कांग्रेस झापाका पूर्व उपसभापति एवं १४ औं महाधिवेशनका लागि सभापतिका प्रत्यसी उम्मेद्वार देउमान थेवेले पार्टीको सदस्यता प्रान गर्दै अविर र खादा लगाएर स्वागत गर्नुभएको थियो ।
दुईपुस्तादेखि नेकपा एमालेमा सक्रिय रहेका अरुण लिङ्खिम राईले आफ्नो ८ जनाको परिवार नै कांग्रेसमा प्रवेश गरेको बताए । ‘केपी ओली, देवी ओझालाई जिताएर पठायौं उनीहरुले यहाँको विकासका लागि केही गरेनन्’–उनले भने –‘फेरि कम्युनिष्ट र राप्रपाको चुनावी सहकार्य भएपछि पुनः राजेन्द्र लिङ्देनलाई जिताएर पठायौं उनले पनि केही गरेनन् ।’ उनीहरुले भ्रमको राजनीति मात्र गरे अनि कति कम्युनिष्टको भारी बोक्नु भनेर कांग्रेसमा प्रवेश गर्यौं ।

उनले आफ्ना अगाडिको सैनिक बजार–गोलधाप–चक्लाधाप–रामपपुर–सुन्दरपुर हुँदै हुलाकी मार्गसम्म जोडिने बाटोलाई देखाउँदै भने–‘यो बाटो शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि नेपाली कांग्रेस प्रदेश क्षेत्रीय सभापति नवीन विमलीको नेतृत्वमा गएको डेलिगेशनपछि बजेट छुट्टिएको छ । तर एमाले र राप्रपाहरु हामलिे बजेट ल्याएको भन्दै भ्रम बाँड्दै छन् । भ्रमको राजनीति बुझेर कांग्रेसमा प्रवेश गरेका हौं । हामीले यही हाम्रो भविष्य देख्यौं ।’ संगै रहेकी सिर्जना राई, दिपेन राई र प्रकाश पाण्डेले पनि समर्थन जनाए ।
शिक्षण पेशामा रहेका प्रकाश पाण्डेले वी.पी.को समाजवादी दर्शनबाट प्रभावित भएर आफू कांग्रेसमा आवद्ध भएको बताए । हालसम्म कुनै पार्टी संगठनमा आवद्ध नभएका उनले भने–‘४ वर्षसम्म कम्युनिष्टले सरकार चलाए पनि विकासका कुनै काम गरेनन् । सरकार सञ्चालनमा समेत लोकतान्त्रिक चरित्र देखाएनन् र नै कांग्रेसमा प्रवेश गरेको ।’ उनीहरुसंगै चमरधाप टोलका ५२ जना कांग्रेसमा प्रवेश गरेका छन् ।
सैनिक बजारदेखि गोलधाप हुँदै हुलाकी मार्गसम्म पुग्ने बाटोमा भएको अस्वस्थ राजनीति र छरिएको भ्रमकै कारण सो टोलबासी नै कांग्रेसमा प्रवेश गरेका हुन् । बाटोको पृष्ठभूमिबारे बताउँदै विर्तामोड नगरपालिका वडा नं.–१० का वडाध्यक्ष दुर्योधन गुरुङले भने–‘शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि नवीन विमलीको नेतृत्वमा होम चुडाल, म, तुलसी ओली, भूपाल बस्नेत लगायतको टोली डेलिगेशन गयौं, काठमाडौं पुगेर कृष्ण सिटौलालाई भेटेर उहाँमार्फत नै अर्थमन्त्रालयमा पुग्यौं सोही डेलिगेशनपछि भौतिक पूर्वाधार मन्त्रालयले सडक विभागमार्फत आठकरोड बजेट छुट्टिएको छ ।’

६१ करोडको उक्तयोजना रातो कितावमा लेखिइसकेको र पहिलो चरणमा आठकरोड बजेट छुट्टिएको उनले जानकारी दिए । ‘कार्यक्रमका प्रमुख अतिथि देउमान थेवेले क्षेत्र र जिल्लामा नबस्ने झापा क्षेत्र नं.–३ र ४ का सांसदले जनतालाई भ्रम बाडेको तर काम नगरेको आरोप लगाए । कार्यक्रमका अर्का वक्ता भूपाल बस्नेतले सैनिक बजारदेखि गोलधाप जाने बाटोमा भएको खाल्डाखुल्डीका कारण थुप्रै गाडीको सकप भाँचिएको, धेरैको ढाड दुख्ने समस्या देखिएको बताउँदै भने–‘बाटोका कारण धेरैको ढाड भाँचिएको छ, धेरै गाडी बिग्रिएका छन्, उहाँहरुले बनाउनु हुन्थ्यो भने ४ वर्षसम्म बजेट ल्याउन नसक्ने सांसदले कांग्रेसको पहलमा आएको बजेटमा हामीले ल्याएको भनेर भ्रम बाँड्नु लुटाहा प्रबृत्ति भएको आरोप लगाए ।
कार्यक्रममा नेपाली कांग्रेस झापाका जिल्ला सदस्य जलकुमार गुरुङ, विर्तामोड नगरसभापति भोजराज सिटौला लगायतले बोल्नुभएको थियो । कांग्रेस झापाका सल्लाहकार तुलसी ओली, क्षेत्र नं.–३ प्रदेश ख का सभापति नवीन विमली, नेपाल प्रेस युनियन झापाका अध्यक्ष इन्दु पूर्वेली, नेविसंघ केन्द्रीय सदस्य सन्तोष उप्रेती लगायतको सहभागिताको रहेको कार्यक्रम वडा सभापति मदन गुरुङको सभापतित्वमा सम्पन्न भएको थियो ।
खेमराज राई (अर्जुन) ले स्वागत गरेको कार्यक्रमको सञ्चालन भवानी पाण्डेले गर्नुभएको थियो । उक्त बाटोका लागि यसअघि के.पी. ओली नेतृत्वको सरकारले २४ लाख बजेट छुट्याए पनि काम नथाल्दै बजेट फ्रिज भएको थियो । कृष्ण सिटौलाको पहलमा आठ करोड बजेट छुट्टिलगतै नेकपा एमाले र राप्रपाका केही नेताले सामाजिक सञ्जालमार्फत आफूहरुले बजेट ल्याएको भन्दै भ्रम बाँडेपछि कांग्रेसका केही नेताले सामाजिक सञ्जालमार्फत नै प्रतिवाद समेत गरेका थिए ।

































































































