भद्रपुर २० असोज । नेपाल बार एशोसियसन झापाले विजया दशमी दिपावली तथा छठ पर्ब २०७८ को शुभकामना आदान–प्रदान गरेको छ ।
एशोसियसनको परिषर चन्द्रगढीमा बुधबार आयोजित कार्यक्रमका बीच जिल्ला न्यायधीसहरु कानुन व्यवसायी लगायतको सहभागितामा रहेको थियो । एशोसियसनका झापा अध्यक्ष हरीप्रसाद अधिकारीको अध्यक्षता तथा सचिव हेमकला कट्टेलको संचालनमा सम्पन्न कार्यक्रममा झापा जिल्ला अदालतका १ नं जिल्ला न्यायधीस गिरीराज गौतम जिल्ला सरकारी वकिलको कार्यालय झापाका न्यायाधिवक्ता बसन्त काफ्ले, नेपाल बार एशोसियसन केन्द्रिय पूर्व उपाध्यक्ष अशोककुमार पोखरेल, बरिष्ठ अधिवक्ता दामोदर सापकोटासहितले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा न्यायाधिस, कानुन व्यवसायीहरु सहभागिता रहेको थियो ।
बार एसोसिएसन झापाद्वारा दशैंको शुभकामना कार्यक्रम

































































































