Homeविचारझापाको प्रजातान्त्रिक आन्दोलन र कांग्रेसको १४ औं महाधिवेशन

झापाको प्रजातान्त्रिक आन्दोलन र कांग्रेसको १४ औं महाधिवेशन

लोकराज ढकाल


२००७ साल अघिको झापा जिल्लाको राजनीतिक चहलपहलका घटनाक्रम अध्ययन गर्दा झापामा राजनीतिक गतिविधिको शुरुवात २००६ सालतिर शनिश्चरेबाट भएको पाइन्छ । त्यसबेलादेखि आजसम्म पनि शनिश्चरे, विर्तामोड क्षेत्र झापाको प्रजातान्त्रिक र बामपन्थी गतिविधिहरुको केन्द्रविन्दु नै रहेको पाइन्छ । २००६ सालतिर नरेन्द्रनाथ बास्तोला, धर्मप्रसाद ढकाल, मानबहादुर रञ्जितकार, कृष्णलाल बास्तोला, शिवप्रसाद दाहालजस्ता ब्यक्तित्वको सक्रियतामा नेपाली कांग्रेसको गतिविधि शनिश्चरेबाट प्रारम्भ भएको अभिलेखहरु पाइन्छ । त्यसताका विद्यालय स्थापना गरी शिक्षण पेशा गरेका शिवप्रसाद दाहालले नेपाली कांग्रेसको कार्यालय सचिवको रुपमा रही शनिश्चरेलाई केन्द्रविन्दु बनाई राजनीतिक क्रियाकलापहरु सञ्चालन गरेका थिए । नकलबन्दा हाल मेचीनगरतिर विश्वनाथ घिमिरे, मानबहादुर रञ्जितकार, सदानन्द उपाध्याय, मदनमोहन श्रेष्ठ, रत्नकुमार कार्कीहरु क्रान्तिकारी योद्धाको रुपमा जनताको मुक्तिका लागि सक्रिय थिए । विस्तारै यो मुक्ति आन्दोलनमा झापाको भूमिपुत्रका नामले परिचित सतार, राजवंशी, गणेश, गनगाईहरुको सहभागिता बढेको पाइन्छ । अझ यी आदिबासीहरु त आफ्ना परम्परागत हातहतियार धनुषकाँणसहित आन्दोलनमा उत्रिएको इतिहास छ ।
२००७ सालको राणाविरोधी आन्दोलनमा झापालीहरुको सहभागिता र योगदान अविस्मरणीय छ । जहानिया राणाशासन धरासायी गराउँदा झापा जिल्ला पनि एउटा मुक्त क्षेत्र नै भइसकेको थियो । २००७ सालको क्रान्तिपछि ठाउँठाउँमा अनेक प्रकारका प्रतिक्रान्तिका लहरहरु पनि चलेका थिए । केही समय समाजलाई यो लहरले निकै आतंकित पनि तुल्यायो र क्रमशः यस्तो स्थिति कमजोर भयो, शिथिल हुँदै गयो । यो क्रान्ति सफल भएपछि नेपाल प्रजातन्त्र स्वायत्त सामरिक सरकारको नामले इलाम र झापामा नौ महिनासम्म एउटा सरकार बनेको पनि देखियो । केन्द्रमा देखिएका राजनीतिक उतारचढावहरु विशेष गरी सरकार बन्ने होइन भंग हुने नयाँ सरकार बन्नेजस्ता गतिविधिले झापामा पनि धेरै अस्थिरता छाएको थियो । केन्द्रीय सरकारमा भएको अस्थिरताको प्रभाव २०१५ सालसम्म रहिरह्यो ।
२०१५ सालको आम निर्वाचनमा झापा जिल्लाबाट नेपाली कांग्रेसका तर्फबाट फत्तेबहादुर बुढाथोकी सांसद सदस्यमा निर्वाचित हुनुभएको थियो । केन्द्रको अत्यधिक बहुमतको नेपाली कांग्रेसको सरकारले राम्ररी कार्य थालिनसक्दै राजा महेन्द्रको कू को कारण नेपाली कांग्रेसको सरकारलाई हटाइयो, फलस्वरुप केन्द्रीय सरकार भत्किएको थियो । यता झापा जिल्लामा ज्यादै उत्साहित रहेका नेपाली कांग्रेसका समर्थक र कार्यकर्ताहरु एकाएक ठूलो संकट र दमनमा परे । झापा जिल्ला खासगरी सतार, धिमाल, राजवंशी, मेचे, कोचे, गनगाई आदिहरुको जिल्ला थियो । पहाडे मूलका मानिसको तुलनामा आदिबासीहरुको जनघनत्व ज्यादा थियो । २००७ सालको क्रान्तिदेखि नै आदिबासीहरु पनि राजनीतिक आन्दोलनमा सक्रिय भए । खासगरी शरणामतिका सन्थाल जातिका युवा तुर्सा हेमरम, वी।पी। कोइरालाको सङ्गतमा परी कांग्रेसमा प्रवेश गरेपछि झापाका अधिकांश सन्थाल जातिहरु कांग्रेसी राजनीतिमा सक्रिय हुन पुगेका थिए । तुर्साकै सक्रियतामा सन्थालबाहेकका अरु जातिहरुमा पनि कांग्रेसी प्रभाव विस्तार हुन पुगेको थियो ।
२०१७ साल पुस १ गतेको राजनीतिक दुर्घटनाले देशका अरु जिल्ला जस्तै र अझ ज्यादा नराम्रो प्रभाव प¥यो झापामा । चारैतिर धरपकडको षडयन्त्र शुरु हुनासाथ राजनीतिकर्मीहरुमा भागाभाग शुरु भयो । यस भागाभागले प्रजातन्त्रविरोधी शक्तिहरु सारै उत्साहित हुन पुगे । २००७ सालको पूर्वी पहाडमा भएको प्रतिक्रान्तिको प्रभावबाट तराई झरेका मानिसहरु तथा धनी–मानी जमिन्दारहरुले यस राजनीतिक अन्योलको फाइदा उठाउँदै यहाँका आदिबासीहरुलाई राजनीतिक मुद्दाहरुमा फसाउने, धम्की दिएर तिनीहरुको घर–जग्गा कब्जा गर्ने अभियान शुरु गरे । २०१७ सालको पञ्चायतको उदयले झापाली आदिबासीहरुलाई बस्न केही अफ्ठ्यारो भयो । जाली फटाहाहरुले अराष्ट्रिय तत्वको आरोप लगाउँदै माफी दिलाउँदै धेरैका घर जग्गाहरु उपहारका रुपमा प्राप्त गर्दै गए । २०१७ सालको यस राजनीतिक आतङ्कले ग्रसित भएका नेपाली कांग्रेसका हजारौं कार्यकर्ताहरु जेल तथा निर्वासन भोग्न बाध्य भएका थिए ।
२०१७ सालपछि लादिएको पञ्चायती ब्यवस्थाका विरुद्धमा सशस्त्र विद्रोह प्रारम्भ भयो तर त्यो विद्रोह योजनाबद्ध नभई एउटा क्षणिक आवेगमा थालिएकाले त्यसले सत्तालाई ठूलो प्रभाव पार्न सकेन । तर यस विद्रोहले झापाली कांग्रेसलाई आत्मघाती परिणाम दियो । यस विद्रोहलाई आधार बनाई फेरि पनि बचेखुचेका यहाँका आदिबासी कांग्रेसहरुको नराम्रो हविगत भयो । आदिबासीहरुका घर, परालका कुन्युहरुमा नक्कली वा थोत्रा हतियार लुकाई उल्टै उजुरी गरी पक्राउने तथा भगाउने कामहरु प्रशस्त भए । त्यसबेलासम्म झापाको जग्गा नापी भएको थियो । पछि २०२१ सालको भूमिसुधारले नापी गर्न र धनीपूर्जा वितरण गर्न थाल्दा ती आदिबासीहरु झापामा अधिकांश् जग्गाका मालिक थिएनन् ।
२०१७ साल पुस १ गते काठमाडौंमा तरुण दलको समारोहलाई सम्बोधन गर्दा–गर्दै वी.पी. कोइराला तथा अन्य नेताहरुलाई समातिएको थियो । युवा नेता सि।के प्रसाई पनि जेलबाट छुटेपछि स्वनिर्वासित भई भारतको बागडोग्रामा बैठक भएको थियो । मेची अञ्चलका अधिकांश कांग्रेसहरु दार्जिलिङ, सिलगुढी र बागडोग्रामा बसेर पनि प्रजातान्त्रिक आन्दोलनमा संघर्षरत थिए । निर्वासनमा बसेकाहरुमध्ये फत्तेबहादुर बुढाथोकी, रणकेशर बुढाथोकी, मदनकृष्ण श्रेष्ठ, रत्नबहादुर थापा, लालप्रसाद शर्मा, रत्नकुमार कार्की, तुर्सा हेमरम, भैरवप्रसाद आचार्य, दलकृष्ण श्रेष्ठ, भू–विक्रम नेम्बाङ, देवान दोर्जे, मछिन्द्र केरुङ, कप्तान हापु गुरुङ, रत्नकुमार कर्की, तुर्सा हेमरम, बुद्धिमान राजवंशी, सुरेश बास्के, राजाराम मुर्मु, रत्नबहादुर प्रसाई, हवुलाल राजवंशी लगायत हुनुहुन्थ्यो । प्रशासन पनि अत्यन्तै पूर्वाग्रही तथा कठोर रहेको हुँदा पार्टीका गतिविधिहरु प्रायः शून्य अवस्थामा रहेका थिए । बरु यसबीचमा बचेखुचेका केही कांग्रेस समर्थकहरुलाई समेत प्रशासनिक त्रासको प्रयोग गरी पञ्च बनाउने काम भइरहेकै थियो र निकै कांग्रेस समर्थकहरु सक्रिय पञ्च कार्यकर्तामा परिणत भइसकेका थिए । पार्टीको लामो समयसम्मको मौनता, सत्ताको राजनीतिक स्वार्थीपन, एकपक्षीय लगानी, कांग्रेसलाई पञ्चायती मूल प्रवाहमा प्रवेश गराउने दण्ड तथा पुरस्कारको नीतिले गर्दा कांग्रेसको अवस्था झापामा धेरै नै कमजोर हुनपुगेको थियो । भावनात्मक रुपमा कांग्रेसी चेतना रहेपनि त्यसलाई फैलाउन नपाउँदा बिस्तारै त्यो विचारमा शिथिलता आउन लागेको थियो ।
२०२५ सालमा वी.पी. कोइराला जेलमुक्त गरी कठोर यातनासहितको जेल जीवन विताइरहेका सम्पूर्ण राजनीतिक कार्यकर्ता (बन्दी) हरुलाई आममाफी दिएपछि वी.पी. कोइरालाले स्वनिर्वासन ग्रहण गर्नुभयो । तर धेरैजसो कांग्रेसी कार्यकर्ताहरु आममाफी स्वीकार गर्दै स्वदेश प्रवेश गरे । त्यसलाई नेपाली कांग्रेसबाट फुटेका अठ्तिसे समूह भनी नामकरण गरियो । नेपाली कांग्रेसबाट फुटेर स्वदेश पसेका वा आममाफी स्वीकार गरी राजनीतिक सन्यास ग्रहण गरी स्वदेश पसेका कांग्रेसहरुलाई त्रसित गर्ने अनेक सरकारी षडयन्त्रहरु फेरि पनि प्रारम्भ भए । यसैबीच झापामा बामपन्थी राजनीतिक सक्रियता बढ्न थालिसकेको थियो । भारतको नक्सलबाडीबाट शुरु भएको नक्सलवादी आन्दोलनको दरो प्रभाव झापामा पर्न लागेको थियो । भित्रभित्रै नक्सलवादीहरुको गतिविधि सक्रिय हुन थाल्दा उनीहरुको प्रहारविन्दु समानान्तर पुँजीपतिहरुका नाममा पर्नेहरुमा धेरैजसो कांग्रेस समुदायकै मानिसहरु थिए । जसले गर्दा शुरु–शुरुमा पञ्चायती प्रशासनले त्यस कुरालाई गम्भीरतापूर्वक लिएन । कम्युनिष्टले कांग्रेसलाई मारिरहँदा पञ्चहरुलाई राजनीतिक फाइदा भएको थियो । कुचाले बढार्नुपर्ने कसिङ्गर हावाले उडाउँदै थियो भन्ने पञ्चहरुको बुझाई रहेको पाइन्छ । पछि जब आन्दोलनकारीहरुको प्रहारविन्दु पञ्चतिर फक्र्यो, धर्मप्रसाद ढकाल, ज्ञानबहादुर बस्नेतहरुको हत्या भयो अनिमात्र त्यो उग्रबामपन्थी भड्कावलाई नियन्त्रण गर्न सरकारले सक्रियताका साथ काम थाल्यो । कम्युनिष्टहरुलाई सरकारी भिडन्तका नाममा हत्या गरेपछि पञ्चालयतले लामो सास फेरेको इतिहास पाइन्छ ।
२०२८ सालको झापा काण्ड नेपालको राजनीतिक इतिहासमा एउटा ठूलो जनविद्रोह थियो । नेपालमा पहिलोपटक कम्युनिष्ट पार्टीको नाममा हतियार उठाइएको थियो । त्यस विद्रोहले पनि झापाली आदिबासीहरुलाई ठूलो संख्यामा विस्थापित ग¥यो । यस हत्याकाण्डमा विद्रोहीहरुले बुटन चौधरी र उद्रकान्त राजवंशी, कर्णबहादुर गौतम, ज्ञानबहादुर बस्नेत, ईश्वरी चुडाल, विष्णु विमली, धर्मप्रसाद ढकाल, ज्ञानी ढकाल ९बाबु र छोरा० र दुर्गा खरेलको हत्या गरेका थिए । यसको बदलामा सरकारले २०२९ साल फागुन २१ गते सुखानीको जङ्गलमा लगी रामनाथ दाहाल,नेत्र घिमिरे, नारायण श्रेष्ठ र कृष्ण कुइकेलको निर्मम हत्या गरेको थियो भने विद्रोही समूहबाट पक्राऊ परी मारिनेमा आदिबासीका तर्फबाट वीरेन राजवंशी थिए । मर्ने पनि र मार्ने पनि दुवैतर्फ राजवंशीहरु रहेकाले विद्रोहीका डरले पनि राजवंशीहरु पलायन हुन थाले भने विद्रोही पक्षमा लागेका भन्ने सरकारी आरोपद्वारा आतङ्कित उनीहरु पनि विस्थापित भए । झापा काण्डबाट सुरक्षित रहन अधिकांश झापाली कांग्रेसहरु राजधानी तथा अन्य शहरी क्षेत्रतिर विस्थापित हुन पुगेका थिए ।
कांग्रेसी कार्यकर्ताहरु प्राय : सबै निर्वासनमा रहेको हुँदा जिल्लामा भूमिगत गतिविधि एकप्रकार शून्य अवस्थामा थियो । कहिलेकाँही विद्यार्थीहरु सानातिना कुराहरुमा उक्साएर विरोध गराउनेसम्मका काम हुने गरेका थिए । २०१५ सालको एस।पी। शैलेन्द्र काण्ड एउटा यस्तै काण्ड थियो । जसमा भारतको नक्सलवाडीमा बसेका फत्तेबहादुर बुढाथोकी, कृष्णबहादुर भट्टराई, दलकृष्ण श्रेष्ठ आदिको गोप्य निर्देशन थियो भने यस अवधिमा जिल्लाभित्रै बसेर सक्रिय राजनीति गर्नेहरुमध्ये पूर्णानन्द शर्मा र डिल्ली सिटौला लगायतको विशेष योगदान रहेको पाइन्छ । त्यसैगरी बनारसमा बसेर पनि जिल्लाको राजनीतिक गतिविधिमा सक्रिय रहनेहरुमध्येमा तुलसी भटराईको नाम पनि उल्लेखनीय छ ।
२०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर वी.पी. कोइराला स्वदेश फिर्ता आउने भएपछि एकाएक नेपाली राजनीतिमा गर्मी बढ्न थाल्यो । यस्तो निर्णय आत्मघाती हुनसक्छ भन्ने गणेशमानजीको कुरालाई समेत नमानी वी।पी। कोइराला नेपाल फर्कनुभयो । वी.पी. कोइराला नेपाल फर्कनासाथ २०२५/२०२६ सालतिरै आम माफी पाएर देश फर्किसकेका र कैदमुक्त कार्यकर्ताहरु पुनः भित्रभित्र जगमगाउन थाले । यस जगमगाइमा झापा जिल्ला पनि तात्यो । झापा जिल्लाको कांग्रेसको नेतृत्व सि।के। प्रसाईको जिम्मा आइसकेको थियो । उहाँबाट पुन झापा कांग्रेसको संगठन विस्तारको कार्य भित्रभित्रै प्रारम्भ हुन थाल्यो । नेपाली कांग्रेसका २००७ सालदेखिका लडाकू दलकृष्ण श्रेष्ठ र फत्तेबहादुर बुढाथोकीपछि झापा कांग्रेसको नेतृत्वको जिम्मा सि।के। प्रसाईलाई आइपरेको थियो । प्रजातान्त्रीक समाजवादी दर्शनका गम्भीर अध्येता र ब्याख्याकारका रुपमा स्थापित थिए सि.के. प्रसाई । काठमाडौबाट होमनाथ दाहालको सम्पादनमा प्रकाशित हुने राष्ट्रपुकार साप्ताहिकमा श्री निष्पक्षका नामले ‘घरभित्र घरबाहिर’ स्तम्भमार्फत उनका समाजवादी चिन्तनहरु सार्वजनिक हुने गरेका थिए । शालीन बौद्धिक ब्यक्तित्वका रुपमा परिचित सि.के. प्रसाई सदा पञ्चायती शासनको नजरमा केन्द्रित थिए । पार्टीको आफ्नै कार्यालय खोल्न प्रतिबन्ध रहेकाले उनको घर नै गोप्य पार्टी कार्यालय झै थियो ।
पञ्चायतले सर्वस्वहरण गरेका विभिन्न तरिकाबाट जग्गा जमिनहरु गुमाएका तथा भएका जायजेथा पार्टीकै लागि समाप्त गरेका धेरै कार्यकर्ताहरु भोकभोकै घुमिरहेका हुन्थे । तुर्सा हेमरम रत्नबहादुर थापाजस्ता धेरै पार्टी कार्यकर्ताहरु झापाली राजनीतिमा अनुकरणीय ब्यक्तित्व मानिनुहुन्थ्यो ।
२०१७ सालको संसद विघटन तथा निरंकुश राजतन्त्रको प्रारम्भपछि तितरवितर भएको नेपाली कांग्रेस पार्टी पुनः संगठीत हुन धेरै समय लाग्यो । २०२५ सालको आममाफीपछि स्वदेश फर्केका कार्यकर्ताहरुमाथि पनि प्रशासनिक निगरानी कडा भएकाले तुरुन्तै पार्टी गतिविधि सञ्चालन गर्न सकेको देखिदैन । २०२५ सालमा स्वदेश फर्केका फत्तेबहादुर बुढाथोकीका घरमा हातहतियार, राखेको भन्ने आरोप लागेपछि उनी पुनः ४ बर्ष निर्वासनमा गएका थिए । २०२८ सालमा कांग्रेसले सशस्त्र क्रान्ति गर्न भनी हातहतियार भित्र्याउने अभियान शुरु गरेको भए पनि देशभित्र ल्याइएका अधिकांश हतियारहरु प्रशासनले जफत गरी ब्यापक धरपकड गरेपछि त्यो सशस्त्र क्रान्ति अभियान त्यत्तिकै तुहिएको थियो तर त्यस मुद्दामा समातिएका धेरै कार्यकर्ताहरुलाई सर्वस्वहरण वा जेल सजाय दिइएको थियो । त्यो सजाय पाउनेहरुमा मिस्त्री हेमरम सतार, रघुनाथ मुर्मु, मंगल हेमरम, धोधाला हेमरम, खुटुम हेमरम, नारायण टुडु, प्रधान हेमरम आदि थिए । यसैगरी पञ्चायती ब्यवस्था लागू भएपछि राजनीतिक प्रतिशोधका कारण सरकारका तर्फबाट हत्या गरिएका कांग्रेस कार्यकर्ता विश्वनाथ घिमिरे, ९कान्छा बाजे २०१९ साल० कुवाहगी राजवंशी (२०१९ साल) मास्टर भइया टुडु सतार र तिलचन महतो थिए । २०१९ सालमा यी चार जनामध्ये विश्वनाथ घिमिरेलाई नकलबन्दा नजिक गोली हानी मारिएको थियो भने बाँकी तीनजनालाई प्रहरी हिरासतमा यातना दिई मारिएको थियो ।
पार्टीको आह्वानमा पञ्चायती सरकारलाई असहयोग गर्न सरकारलाई कुनै पनि कर नतिर्ने विभिन्न ब्यक्तिको जग्गा जमिन सरकारले जफत गरी लिलाम गरेको थियो । यस्तो दमनमा पर्नेमा टीकालाल राजवंशी, धर्मलाल राजवंशी, शम्भुलाल राजवंशी, जगतबहादुर ताजपुरिया, हेढ्लु राजवंशी, अमरलाल राजवंशी, जोगी कोच, जालिमप्रसाद सिंह, सहनलाल राजवंशी थिए । यी सबैको गरेर लगभग १५० विगाह जग्गा लिलाम भएको थियो ।
२०१७ सालपछि निर्वासनमा बस्ने धेरै नाम भए पनि ब्यवस्थित तथ्याङ्कको अभावले गर्दा सबैको नाम यसलेखमा समावेश गर्न सकिएको छैन । भेटेजति नामलाई यहाँ उल्लेख गरिएको छ । सातबर्षभन्दा बढी निर्वासनमा बस्ने तथा सर्वस्वहरण पर्नेहरुमा अमरबहादुर कार्की, श्यामबहादुर लिम्बू, मोहनलाल राई, अमृतबहादुर आङ्देम्बे, रत्नबहादुर थापा, रत्नबहादुर चेम्जोङ, शिवकुमार चेम्जोङ, सर्वजित नेम्बाङ, राजाराम मुर्मु, ढलप्रसाद केरुङ, डिकबहादुर लिम्बू, अविकेशर दाहाल, इन्द्रप्रसाद दाहाल, पशुपति दाहाल, टीकाप्रसाद राजवंशी, पहाडवीर नेम्बाङ, सहनलाल राजवंशी, ज्ञानबहादुर राई, डम्बरबहादुर राई, स्याङदोर्जे थिङ, जोहन सोरेन, सि।के। प्रसाई, सन्तविर ताजपुरिया, गोपाल टुडु, चरण मर्डी सतार, रसिकलाल मुर्मु, मदनमोहन श्रेष्ठ, सुकुल किस्कु, चुडा हेमरम, विशालसिंह् राजवंशी, प्रेमबहादुर क्षेत्री, महेन्द्रबहादुर नेम्बाङ, पाङवीर, दलकृष्ण श्रेष्ठ, लाल शर्मा, बागदल राई, बमबहादुर राई, कपिलमुनि सापकोटा, भरत राई, लीला थपलिया, हर्कशेर लिम्बू, तुर्सा हेमरम र रामबाबु प्रसाई थिए ।
त्यस्तै जेल बसेकाहरुमा सुरेश बास्के, मुन्सी मुर्मु, तुर्सा हेमरम, बाबुलाल टुडु, चेर्खा टुडु, छोड्का मुर्मु, पूर्णानन्द शर्मा, सन्जवा किसान, नरबहादुर भुजेल, कृष्णबहादुर कार्की, चन्द्रकुमार लिम्बू, बहादुर कार्की, जगतबहादुर शिवाकोटी, पर्शुराम तामाङ, यामप्रसाद भण्डारी, डिल्लीप्रसाद सिटौला, अम्बिकाप्रसाद रिजाल, पर्शुराम भण्डारी र जेठा सतार आदि ।
जेल सजाय पाएकाहरुमा हरगोविन्द राजवंशी, सुरेन्द्र प्रसाई, कृष्ण सिटौला, उडिजा राई, लखिराम टुडु, खगेन्द्रप्रसाद रिजाल, ताराबहादुर भुजेल, लक्ष्मीकान्त कोइराला, उत्तमकुमार सुवेदी, वीरबहादुर थामसुहाङ, टीकाप्रसाद प्रसाई, श्रीराम गिरी, चन्द्रप्रसाद दाहाल, बसन्त योङहाङ र रामजुलुम चौधरी, मुगाधन राई, काजीशेर देवान, गोपाल टुडु लगायत हुनुहुन्थ्यो ।


कांग्रेसमा लागेबापत राजकाज मुद्दा परी आर्थिक अवस्था समाप्त भएकाहरुमा हरिश्चन्द्र धिमाल, टिस्टु सोरेन, कृष्णप्रसाद शर्मा, देउनारायण ताजपुरिया, सम्पतलाल ताजपुरिया, बुधलाल ताजपुरिया, बासुदेव ताजपुरिया, पलानु ताजपुरिया, रामप्रसाद ताजपुरिया, हरिलाल शाह, हाटु ताजपुरिया, मेघा ताजपुरिया, मोटा ताजपुरिया, डाक्टरलाल राजवंशी र लट्वाई सोरेन थिए । मोहियानी बेदखल गरिएकाहरुमा जीवन मुर्मु र भूमि मुुर्मु थिए । सम्पूर्ण सम्पत्ति जफत भएकाहरुमा चरणलाल राजवंशी र सुफल सतार थिए । पार्टीमा लागेबापत केही समय जेल सजाय पाएकाहरुमा लक्ष्मीप्रसाद श्रेष्ठ, पदमप्रसाद उप्रेती, उपेन्द्रकुमार शर्मा, दीननाथ ढकाल, राजेन्द्र चक्रवर्ती, गौरसिंह राजवंशी, खड्गबहादुर राई, नारायण सोरेन, सूर्यप्रसाद दाहाल, कृष्णकुमार मेन्याङबो, कृष्णप्रसाद आपागाई, गंगाप्रसाद फुयाल, कृष्णप्रसाद मिश्र, डा. शङकरप्रसाद उप्रेती, खड्ग प्रसाई आदि थिए ।
२०१७ सालपछि पञ्चायत कालभरि नै दलहरु प्रतिबन्धित रहेकाले नेपाली कांग्रेस तथा कम्युनिष्ट पार्टीमा कार्यकर्ताहरुले अनेकौं शास्तीहरु खपिरहनुप¥यो । निर्वासनबाट स्वदेश फर्किएपछि २०१७ सालपश्चात पहिलोपल्ट २०३१ सालमा झापा कांग्रेस समिति गठन भएको थियो । उक्त समिति यसप्रकारको रहेको थियो, जसमा सभापतिमा सि.के. प्रसाई, सचिवमा पूर्णानन्द शर्मा, सदस्यहरुमा अम्बिकाप्रसाद रिजाल, डिल्लीप्रसाद सिटौला, कृष्ण सिटौला९गरामनी० तुर्सा हेमरम, तुलाराम पटवारी, चक्रप्रसाद बास्तोला र डा. डी.आर. प्रधान, हेमकुमार थापा, रत्नकुमार कार्की, रत्नबहादुर थापा, मानबहादुर प्रसाई, जितबहादुर पुरी, डिल्ली सेढाई थिए ।
२०३१ सालमा गठन भएको यस समितिले दश बर्षसम्म काम गरेको देखिन्छ । यस दश बर्षभित्रमा देशमा थुप्रै राजनीतिक गतिविधिहरु, प्रजातन्त्र स्थापनाकै पक्षमा भएका थिए । यस समितिले सबैभन्दा प्रमुख कार्य जनसम्पर्क र गोप्यरुपमा पार्टी संगठनको विस्तार गरेको थियो । यसै अवधिमा जनमत संग्रहको घोषणा र चुनाव पञ्चायतको जित र कांग्रेसबाट आम चुनावको बहिष्कार आदि कामहरु भएका थिए । २०३७ सालको जनमत संग्रहको प्रचार कार्यले झापा कांग्रेसको सङ्गठनलाई एकाएक ठूलो ऊर्जा प्राप्त भएको र कांग्रेसको शक्ति अनौठो ढङ्गले बढ्न गएको थियो । जनमत संग्रहको बेला सुधिरकुमार शिवाकोटीले कुशलतापूर्वक पार्टी कार्यालय सञ्चालन गरेका थिए । २० बर्षसम्म कुण्ठित रहेको राजनीतिक गतिविधिले एकाएक निकास पाएको थियो र नयाँ पुस्ताको पनि ठूलो प्रवेश हुन पुगेको थियो ।
२०४१ साल मंसिरमा उक्त जिल्ला समिति पुनर्गठन भएको थियो । जसको सभापतिमा पूर्णानन्द शर्मा, उपसभापतिमा तुर्सा हेमरम, सचिवमा डिल्लीप्रसाद सिटौला, सहसचिवमा बालगोपाल पोखरेल, कोषाध्यक्षमा जीतबहादुर पुरी, सदस्यहरुमा चक्रप्रसाद बास्तोला, सुरेश बास्के, डा। गोपाल कोइराला, घनश्याम रिजाल, अम्बिका रिजाल, विष्णुभक्त पोमु, रामबहादुर डाँगी, बुद्धिमान राजवंशी, चन्द्रप्रसाद अधिकारी, मेघराज चौंलागाई, दधिराम चुडाल, खनुपरुदे रामबाबु प्रसाई, डा। शंकर उप्रेती, वीरमणि ढकाल, रत्नकुमार कार्की, सूर्यप्रसाद दाहाल, सि।के। प्रसाई, टिकाप्रसाद प्रसाई, मेघराज चम्लागाई, भक्तबहादुर खड्का, हरि शर्मा, नरेन्द्र नेम्बाङ, कृष्णप्रसाद सिटौला, फत्तेबहादुर बुढाथोकी, कृष्ण सिटौला, हेमकुमार थापा, रत्नबहादुर थापा, तिलविक्रम नेम्बाङ र शशि शर्मा उप्रेती थिए । यो समिति पुनः पुर्णानन्द शर्माकै नेतृत्वमा २०४४ सालमा पुनर्गठित हुँदा सचिवमा चक्र बास्तोला, सदस्यहरुमा उत्तम सुवेदी, देवनारायण राजवंशी, सन्तोषकुमार मेनेङबो, बाबुलाल मर्डी, सूर्यनारायण ताजपुरिया, ध्रुव सेढाई, सुरेन्द्र प्रसाई, उद्दिम उप्रेती, शंकर विक्रम नेम्बाङ, पर्शुराम शर्मा भण्डारी, सोमनाथ खनाल, केदारनाथ ढकाल थपिएका थिए ।
सो समितिले आफ्नो कार्यकालमा सत्याग्रह आन्दोलनको नेतृत्व गर्नुपरेको थियो । झापामा २०४२ सालको सत्याग्रहमा कार्यकर्ताहरुलाई काठमाडौं जान प्रेरित गर्ने तथा जिल्लामा समेत आन्देलन सञ्चालन गर्ने काम गरेको थियो । सत्याग्रह आन्दोलनका सन्दर्भमा झापा जेलमा बन्दी बनाइएका ब्यक्तिहरुमा सि।के। प्रसाई, पूर्णानन्द शर्मा, डिल्लीप्रसाद सिटौला, रत्नकुमार कार्की, पर्शुराम भण्डारी, तुर्सा हेमरम, जितबहादुर पुरी, डा। शंकरप्रसाद उप्रेती, कृष्णप्रसाद मिश्र, खड्ग प्रसाई, तिलक सिटौला, सुधिर शिवाकोटी, उद्दिम उप्रेती, धर्मकला प्रसाई, दिब्या प्रसाई, दधिराम चुडाललगायत करिव साढे दुई दर्जन जेल परेका थिए । तथापि राजनीतिक गतिविधि भने सेलाएको थिएन । खासगरी २०३७ सालको जनमत संग्रहको एक बर्षको खुल्ला राजनीतिक अभ्यासले नयाँ पुस्तालाई प्रजातन्त्रको वास्तविक संवादको छोटो अनुभूति भइसकेको थियो । फेरि जनमत संग्रहको सन्दर्भमा सार्वजनिक भएका ब्यक्ति र विचारहरुले एकअर्काको सम्पर्कमा आउन, कुरा गर्न र काम गर्न गाह्रो पनि थिएन । प्रशासनले जति कडाइ गर्न खोज्दा पनि भित्रभित्रै कांग्रेस तथा कम्युनिष्टहरुको गतिविधि अत्यधिक रुपमा बढेको थियो । भर्खर विश्वविद्यालयबाट विद्यार्थी राजनीति गरी निस्किएका युवा पुस्ताहरुको पार्टीमा बढेको सक्रियता अत्यन्त उत्साहवद्र्धक थियो । यस सिलसिलामा २०४५ सालमा पार्टीको जिल्ला समितिलाई पुनर्गठन गरियो । पुनर्गठित समिति जसको सभापतिमा रामबाबु प्रसाई, उपसभापतिमा कृष्णप्रसाद सिटौला, सचिव वीरमणि ढकाल, सहसचिव डा। गोपाल कोइराला र सोमनाथ खनाल, कोषाध्यक्षमा जितबहादुर पुरी, सदस्यहरुमा चक्रप्रसाद बाँस्तोला, पूर्णानन्द शर्मा, डिल्लीप्रसाद सिटौला, अम्बिकाप्रसाद रिजाल, तुर्सा हेमरम, सि।के। प्रसाई, रत्नबहादुर थापा, रामप्रसाद तिम्सिना, रामबहादुर डाँगी, सुदामाप्रसाद राजवंशी, हेमकुमार थापा, देवनारायण सिंह राजवंशी, टिकाप्रसाद प्रसाई, एकनाथ पोखरेल, सन्तोष मेनेङ्बो, बाबुलाल मर्डी, सूर्यनारायण ताजपुरिया, ध्रुव सेडाई, घनश्याम रिजाल, डा। गोपाल कोइराला, गरुणध्वज बस्नेत, डा। गोकुलराज अमात्य, लक्ष्मीप्रसाद सेढाई, गोपालकुमार बस्नेत, लिलक सिटौला, भगिरथ घिमिरे, ढुण्डिराज घिमिरे, वीरमणि ढकाल, सुरेन्द्र प्रसाईं, तिलविक्रम नेम्बाङ, पर्शुराम शर्मा थिए ।
यस समितिले एक बर्षजति काम गरेपछि यस बीचमा देशको राजनीतिमा निकै गम्भिर सङ्केतहरु देखापर्न थालिसकेका थिए । नेताहरु खुल्ला रुपमा जिल्ला–जिल्ला भ्रमण गर्दै कार्यकर्ताहरुसँग भेटघाट गर्ने तथा विरोध कार्यक्रमहरु अघि बढाउन थालिसकेका थिए । यसै सिलसिलामा २०४८ साल पुस २३ गतेका दिन पार्टीका महामन्त्री गिरिजाप्रसाद कोइरालाको उपस्थितिमा कृष्णप्रसाद सिटौलाको सभापतित्वमा समिति गठन भएको थियो । यस समितिको उपसभापतिमा जीतबहादुर पुरी र डा। गोपाल कोइराला, सचिवमा सोम खनाल र गोपालकुमार बस्नेत, सहसचिवमा डम्बरसिंह सिगु, सुधिरकुमार शिवाकोटी, तम्मर राई, टीकाप्रसाद प्रसाई, भक्तिप्रसाद सिटौला, गरुढध्वज बस्नेत (६जना) र कोषाध्यक्षमा रत्नकुमार कार्की एवं सहकोषाध्यक्षमा सूर्यनारायणसिंह ताजपुरिया रहनुभएको थियो । त्यसैगरी सदस्यहरुमा होमबहादुर नेपाल, देवबहादुर राजवंशी, अम्बिकाप्रसाद रिजाल, रामबहादुर डाँगी, बेदनिधि भटराई, सुदामाप्रसाद राजवंशी, सि.के. प्रसाई (भरतबाबु), डिल्लीप्रसाद सिटौला, डा। शंकरप्रसाद उप्रेती, वीरमणि ढकाल, डिल्लीविक्रम नेम्बाङ, यामबहादुर आचार्य, परमेश न्यौपाने, हेमप्रसाद भण्डारी, चक्रप्रसाद बास्तोला, चेतकुमारी दाहाल, हेमकुमार थापा, सूर्यप्रसाद गणेश, तुर्सा हेमरम, एकनाथ पोखरेल, सन्तोष मेनेङबो, रामबाबु प्रसाई, पशुपति अधिकारी, कृष्णकुमार मेनेङबो, अरुणकुमार लिङ्देन, पूर्णानन्द शर्मा, मेघराज चम्लागाई, घनश्याम रिजालरहनुभएको थियो । २०४८ पछि दुई कार्यकाल कृष्णप्रसाद सिटौलाकै नेतृत्वमा झापा कांग्रेसका गतिविधि चलायमान भएका थिए भने २०५७ ९दशौं महाधिवेशन० सालमा सुधिरकुमार शिवाकोटीको नेतृत्वमा अधिवेशनमार्फत नयाँ समिति निर्वाचित भएको पाइन्छ । उहाँले पनि दुई कार्यकालसम्म कार्यसम्पादन गरेपछि २०६८ सालमा उद्वव थापाको नेतृत्वमा नयाँ समिति निर्वाचित भएको थियो । उहाँको नेतृत्वमा पनि दुई कार्यकालसम्म कांग्रेसका गतिविधिहरु चलायमान भइरहेका छन् ।
पहिलो जनआन्दोलनको तयारीको क्रममा २०४६ सालमा गठन गरिएको समितिले बृहद जन आन्दोलनको नेतृत्व गर्न सफलता प्राप्त गर्ने सौभाग्य पायो । वास्तवमा २०४६ सालको झापाको जनआन्दोलनमा नेपाली कांग्रेसको निर्णायक भूमिका रहेको थियो । ने.क.पा.का तत्कालीन नेताहरु द्रोणप्रसाद आचार्य, भवानी घिमिरे, आदि सबै जेल परिसकेका थिए । नेपाली कांग्रेसका पनि डिल्लीप्रसाद सिटौला, रामबाबु प्रसाई, उद्दिम उप्रेती लगायत धेरै नेता कार्यकर्ता जेल परिसकेका थिए । तत्कालीन सभापति कृष्णप्रसाद सिटौलाको भूमिगत नेतृत्वमा जनआन्दोलन २०४६ सालमा झापामा अन्तिमसम्म संघर्षरत थियो । सोही समय विद्यार्थी आन्दोलन पनि तीब्र बन्दै थियो । विद्यार्थी आन्दोलनकै क्रममा मेची क्याम्पसमा तत्कालीन पञ्च कार्यकर्ताद्वारा राम थापाको हत्या भएको थियो ।
जनआन्दोलन सफल भएपछि एउटा अकल्पनीय हर्ष र जनउभार आयो । पार्टीप्रतिको जनआस्था अकल्पनीय थियो । जनताहरु पञ्चबाट कति विरक्तिएका रहेछन् भन्ने कुरा जनआन्दोलनको विजय जुलुसले देखाउँथ्यो । नेपाली कांग्रेस नेपालको सबैभन्दा पुरानो र संघर्षशील प्रजातान्त्रिक पार्टी भए पनि पनि यसको चरित्र मासबेस रहेकाले कार्यकर्ता स्तरमा यो त्यति दह्रो देखिदैन थियो । आन्दोलन र क्रान्तिको बारम्बार नेतृत्व गरेको तथा जनतालाई आफ्नो पक्षमा पारिएको भए पनि कार्यकर्ताको स्तर कमजोर थियो । झापामा कांग्रेसको तुलनामा कम्युनिष्टहरु पार्टी संगठन तथा जनतामा जाने शैली बढी प्रभावकारी रहेकाले जनआन्दोलनपछि झापाको राजनीतिमा कांग्रेसभन्दा एमालेको पकड बलियो देखा पर्दै गयो । त्यसैले नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु सिटौलाकै नेतृत्वमा संगठन निर्माणमा निरन्तर जुटिरहे जुटिरहे ।
नेपाली कांग्रेसको नेता कृष्णप्रसाद सिटौलाको कुशल नेतृत्व र संगठन गर्ने प्रभावकारी शैलीको कारण झापा कांग्रेसले क्रमशः गति लिन थाल्यो । पार्टीका कार्यकर्ताहरुले भोग्नुपरेको पीडा र कांग्रेसका कार्यकर्ताहरुको भावना र विचारहरुलाई संबोधन गर्दै निकै कठिन र चुनौतिपूर्ण घडीमा सफल नेतृत्व दिनुभयो । त्यसपछि कांग्रेसमा एउटा ऊर्जा, उत्साह पैदा भयो फलस्वरुप नेपाली कांग्रेस झापाको संगठनले गाउँका सुदुर बस्तीहरुसम्म आफ्नो पहुँच पु¥याउन सफल भयो । नेपाली कांग्रेस झापाको सशक्त संगठन र पार्टीका गतिविधिहरु यो रुपमा रहनुमा नेता कृष्णप्रसाद सिटौलाकै अथक परिश्रम र मेहनतको परिणाम हो भन्दा शायद दुईमत नहोला । त्यही सक्रियता र जुझारुपनकै जगमा झापामा नेपाली कांग्रेस पार्टीलाई यहाँसम्म ल्याएका हौं र अझ स्पष्टसँग भन्दा कृष्णप्रसाद सिटौलाले निर्माण गरेको सङ्गठनको धरातलमा हामी ढलिमली गर्दैछौं, खेल्दैछौं, रमाउँदैछौं, किनभने त्यो कालखण्डमा संगठनले जुन रुपमा ब्यापकता पायो, नेता कार्यकर्ताले जुन त्याग, समर्पण र निष्ठाका साथ काम गरे अबका दिनमा त्यस प्रकारको सोच, संगठन गर्ने शैली, लगनशिलता, इमान्दारिता कल्पना गर्नु शायद ब्यर्थ होला । उहाँको दुरगामी भिजन र मिसनको कारण माओवादी सशस्त्र संघर्षको अन्त्य भयो, शान्ति प्रकृयाले मूर्तरुप लियो, २००७ सालदेखि संविधानसभामार्फत नेपालको संविधान बनाउने नेपाली कांग्रेस र र नेपाली जनताको चाहनालाइ २०७२ सालमा संविधान मस्यौदा समितिको संयोजक रहनुभएका सिटौलालाई पनि यसको मुख्य श्रेय जान्छ ।
अन्त्यमा हामी अहिले १४ औं महाधिवेशनको संघारमा छौं, अहिले हाम्रो देश संघीय लोकतान्त्रिक गणतन्त्रमा परिणत भएको छ । पार्टीको विधान संशोधन पश्चात हामी सबै तहको पार्टी पदाधिकारीहरुको प्रत्यक्ष निर्वाचन गर्दछौं । समावेशी र समानुपातिक प्रतिनिधित्वको ब्यवस्था हाम्रो विधानमा छ । हाम्रो पार्टीले विगतमा धेरै आरोह, अवरोह पार गर्दै यहाँसम्म आएको छ । हजारौं शहीदहरुको बलिदानी भावना र लाखौं अग्रजहरुको अदम्य शाहस, त्याग र समर्पणबाट यो पार्टी निर्माण भएको हो । यो पार्टीमा सबै अट्न सक्छन्, सबैले आ–आफ्नो भूमिका निर्माण गर्न सक्छन् । सबैलाई अपनत्वको भावनाको विकास गराउन हामी सबै लाग्नुपर्छ । विचार र सिद्धान्तलाई कहिले कुनैपनि बहानामा लत्रन दिनुहुँदैन ।
हामी अबको केहीदिनमा पार्टीको महाधिवेशनमा होमिदैछौं । आफूलाई कुनै जिम्मेवारीमा स्थापित गर्दै अघि बढ्न खोज्नु स्वभाविक र एक इमान्दार कार्यकर्ताको हक पनि हो । पार्टीको मूल्य, मान्यताहरुलाई चोट नपुग्नेगरी स्वस्थ प्रतिष्पर्धामा जाऔं, एकअर्कोलाई हिलो छ्यापाछ्याप नगरौं । विचार मिल्ने साथीहरुको समूह भनेको पार्टी हो । आफूलाई स्थापित गर्न मन मिल्ने साथीहरुको पनि समूह हुन सक्छन् तर त्यो अधिवेशनपछि स्वतः समाप्त हुनुपर्छ । निकट भविष्यमै स्थानीय, प्रदेश र संघीय निर्वाचन आउँदैछ । त्यसलाई मध्यनजर गर्दै हामीबीचमा अभूतपूर्व एकता हुनुपर्छ । हाम्रो संगठनलाई चुस्त दुरुस्त बनाउन सक्नुपर्छ । कुनैपनि आग्रह, पूर्वाग्रह, दुराग्रहमुक्त भएर अघि बढ्यो भने हामीलाई कसैले हराउन सक्दैन तर त्यसमा हाम्रो इमान्दारिता, कर्तब्यपरायणताका साथै पार्टीप्रतिको निष्ठा, त्याग र समर्पणको भावनालाई पनि हेरिनुपर्छ । नेतृत्वगणले सही र उचित रुपमा कार्यकर्ताको मूल्याङ्कन पनि गर्न सक्नुपर्छ । सबैलाई समेटेर अघि बढ्ने प्रयास र प्रयत्न गरिनुपर्छ । यी सबै काम गर्दा पार्टीलाई भविष्यमा पर्ने असरको उचित विश्लेषण गर्दै पार्टीको संगठन सुदृढीकरणलाई केन्द्रविन्दुमा राखिनुपर्छ ।
झापाकै हकमा मात्रै भन्ने हो भने अग्रज नेता एवं प्रजातान्त्रिक आन्दोलनका अग्रणी ब्यक्तित्वहरु भैरवप्रसाद आचार्य, रणकेशर बुढाथोकी, भरत बाबु, रामबाबु, पूर्णानन्द शर्मा, कृष्णप्रसाद सिटौला, सुधिर शिवाकोटी, हुँदै उद्वव थापा लगायतले नेतृत्व गरेको झापा कांग्रेसको इतिहासलाई नियाल्दै हामी अब कसरी अघि बढ्ने आफैले आफैंलाई सोध्ने, मनन गर्ने र सही विश्लेषणका साथ अघि बढ्ने बेला आएको छ । पार्टीको आन्तरिक लोकतन्त्रलाई स्वस्थ प्रतिष्पर्धामा परिणत गर्दै प्रतिष्पर्धी उम्मेद्वारको पनि मान, प्रतिष्ठा र इज्जतको ख्याल गर्न सकियो भने आफ्नो इज्जत र सम्मान पनि कायम हुन्छ । तिक्तता, वैमनस्यता, घृणा, द्वेष, कलहजस्ता कुराहरुले सँधै मानसपटलमा घर गरिरह्यो भने आफ्नै अस्तित्व, पहिचान र आम मानिसले हेर्ने दृष्टिकोण नै खराव हुनसक्छ र यसले ब्यक्ति स्वयं र पार्टीलाई पनि हानी पु¥याउँछ । तसर्थ सकारात्मक सोच, स्वस्थ र मैत्रीवत प्रतिष्पर्धाका साथ आगामी १४ औं महाधिवेशन सफल पारौं, पार्टीलाई थप सशक्त र मजबुद बनाउँदै राष्ट्र निर्माणको महायज्ञमा लागौं–जयनेपाल ।
(नोट: यो लेख २०४६ सालसम्मको पार्टीका गतिविधिमा केन्द्रित छ )
– लेखक नेपाली कांग्रेस झापाका प्रवक्ता हुनुहुन्छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
विचारझापाको प्रजातान्त्रिक आन्दोलन र कांग्रेसको १४ औं महाधिवेशन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img