Homeविचारकोरोना संक्रमण, कसैलाई कहर, कसैलाई मालामाल

कोरोना संक्रमण, कसैलाई कहर, कसैलाई मालामाल

रेजिना गौतम
कोरोना संक्रमण जोखिमका कारण मानिसको दैनिकी दिनदिनै प्रभावित हुँदै गएको छ । कोरोना जोखिमको प्रभाव खास गरी ग्रामिण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा भयावह बन्दै गएको छ । गाउँबाट शहरमा प्रवेश गर्नु भनेको खेतिका अतिरिक्त कुनै न कुनै बैकल्पिक व्यवसाय अपनाउनु हो । घर भाडामा लिएर त्यही बैकल्पिक व्यवसाय अपनाएर शहरिया जीवन जिउँदै गरेका धेरैको दैनिकी दिनानुदिन कष्टकर बन्न थालेको छ । कोभिड संक्रमण अझै कतिसमय रहने हो अनुमान गर्न सकिने अवस्था छैन । दोस्रो चरणको संक्रमण नसकिंदै विज्ञहरुले तेस्रो चरणको चेतावनी दिन थालिसकेका छन् । तेस्रो चरणमा कोभिड संक्रमणबाट पर्ने असरको सामना गर्न तयारी गर्न विज्ञको सुझाव छ ।
संक्रमणको दर बढ्दै जाँदा अस्पतालमा बेडहरु भरिभराऊ हुँदै गएका छन् । अहिले नै अस्पतालमा बेड पाउनका लागि कित पहिले भर्ना भएको विरामी डिस्चार्ज हुनुपर्छ कित मर्नु पर्ने अवस्था आएको छ । झापामा यति बढी संक्रमण बढ्नुको कारण के हो भन्नेबारे अझै पनि कसैले खुलेर भन्न सकेका छैनन् । यो बेला हर मानिसको दैनिकी निकै कष्टकर बन्दै गएको जगजाहेर छ । तर, कष्टकर दैनिकी भित्रपनि मानवीय समवेदनामै मौका छोप्नेहरुका लागि अवसर बनेको छ–कोरोना ।
विहीबार आफ्नै सुरमा विर्तामोडको रत्न सुपर मार्केटको बाटो हुँदै वल्र्डवाइल्ड कुरियर्स सेवातर्फ अघि बढ्दै जाँदा चिनजानका एक व्यापारीले भने–‘समाचार मज्जाले लेखिदिनु प¥यो ।’ लगत्तै प्रश्न गरें–किन ? उनको जवाफ थियो–‘के कपडा, कष्मेटिक व्यवसायीले चै कोरोना पोको पारेर राखेका छन् ? ग्राहक आउँदा कोरोनाको पोको खोलिदिन्छन् ? कृषिथोक रोडबाट मुख्य राजमार्गमा निस्कँदै गरेका मोटर साइकल, गाडी र पैदल यात्रीलाई देखाउँदै भने ल हेर्नुहोस् यस्तै हो निषेधाज्ञा ? निषेधाज्ञाको नियम के कपडा र कस्मेटिक व्यवसायीले मात्रै मानिदिनु पर्ने ? अरु सबै थोकको व्यापार चलेको छ–ती व्यवसायीले भने ।
उनको गुनासो अवाक भएर सुने र हिंडे । शुक्रबार विहानै आदर्श सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष पदम प्रसाईले मास्क वितरण अभियानमा सहभागी हुन आमन्त्रण गर्नुभयो । उहाँको आमन्त्रणलाई स्वीकार्दै विर्तामोड नगरपालिका र अर्जुनधारा नगरपालिकाको सीमा क्षेत्र माता मन्दिर पुगें । अभियानमा सहभागी हुन आउनेहरु केही बाँकी नै रहेकाले केही समय सिके चिन्तन प्रतिष्ठानका अगाडि उभियौं । भेला भएसंगै माता मन्दिरतर्फ लाग्दै गर्दा अत्यावश्यक सामग्री (खाद्यान्न, तरकारी, फलफूल, दूध)–का पसलहरु विहान नौ बजेसम्म खोल्न प्रशासनले छुट दिए अनुसार बाटो छेउछाउका पसलहरु खुल्दैथिए । त्यही क्रममा अलि मास्तिर पुग्दा मदिराजन्य पदार्थ राखिएको पसल खुलेको देखियो । पसल सञ्चालक र मास्क नलगाएकाहरुलाई पनि अभियानमा सहभागी हुन आह््वान गर्ने क्रममा प्रहरी हवल्दारका आँखा त्यही मदिराजन्य पसलमा पुगेछन् । मास्क नलगाएका पसलका साहुलाई पनि अभियानमा सहभागी हुन र मास्क लगाउन आउन बाटैबाट सम्झाउँदै हवल्दारले भने–‘होइन हजुर यस्तो पसल त खोल्ने अनुमति छैन त, बन्द गर्नुस् ।’ छेवैमा हिंडेका अरुले थपे अहिले चल्ने नै यही छ ।’
मास्क वितरणमा केही समय सहभागी भएपछि घर फर्किएँ । एकजना महिला उद्यमीको फोन आयो । तपाईँले न्यूज लेख्नु प¥यो । प्रत्युत्तरमा सोधे के भयो ? उनको पनि उही कुरा थियो–कतिञ्जेल सहने ? कृषिथोकमा हेर्नुहोस् कोरोना त्यहीबाट सर्छ ! कस्तो हुन्छ त्यहाँ ? लामो समय भयो बन्द भ’को अरुले चै मुसाले उपद्रो गरो कि भनेर हेर्न, सफा गर्न जाँदा पनि गाली खानुपर्ने, जरिवाना तिर्नुपर्ने के हो यस्तो अतिचार ?’ म सुनिरहेकै थिए उनी थप्दै गइन–‘अस्ति कारवाही गरेका मान्छेहरु कस्ता छन् ? सबै ठेलावाला, अटोवाला मात्र । याँ ठूला–बडाले बाहिर गार्ड राखेर भित्र दैनिक लाखौं व्यापार गरेका छन् । जय श्री दुर्गा भवानी स्टोरको हेर्नु, …..को कालिमन्दिर दक्षिणको त्यो होलसेल पसल, राधा ट्रेडिङ हेर्नु । राधा ट्रेडिङले बाहिर ठूला गाडी राखेर भित्र व्यापार गर्छ, जयश्री दुर्गा भवानीले पनि बाहिर गार्ड भित्र व्यापार, …………………को पनि उही छ । होलसेल वालाको व्यापार मज्जाले चलेको छ, अनि साना व्यापारी जो आफैं श्रम गर्छन् उनीहरुलाई मात्रै बन्द, कारवाही, जरिवाना, गाली ?’ कुरा विचारणीय थियोे । उनको आक्रोस धैर्यतापूर्वक सुने । नेटवर्क समस्याका कारण फोन काटियो ।
उनको यो भनाईले झापाका एकाधबाहेक थुप्रै खुद्रा व्यवसायीको प्रतिनिधित्व गरिरहेको प्रतित भयो । विहान कृषिथोक बजार निस्कँदा देखेको दृश्य आँखा अगाडि नाच्यो । त्यसअघि मास्क वितरणका क्रममा देखिएको मदिराजन्य पसलेलाई एउटा हवल्दारले निरिह झैं यस्तो त खोल्ने अनुमति छैननी हजुर ! भनेको कानैमा गुञ्जियो । अनि विहीबार रत्नसुपर मार्केटका ती व्यापारीले ‘के कपडा व्यवसायीले कोरोना पोको पारेर बसेको हुन्छ ?’ प्रश्न सम्झिएँ । आक्रोश मिसिएको उनको उक्त भनाई भित्र विहान–बेलुकाको छाक टार्ने समस्या, घरभाडा तिर्नैपर्ने पीडा, बैंकिङ ऋणले दिएको तनाब, काम विहिन भएपछि पसल अगाडि आएर बन्द सटर हेरेर दिन विताउनु पर्ने बाध्यता लगायतका कारणले प्रत्येक मानिसमा निराशा त छाएको छ नै दैनिक जीवन सञ्चालन पनि असहज बन्दै गएको छ ।
गत बैशाख १९ गतेदेखि बन्द रहेका खाद्यान्न, दुग्धजन्य, साजसब्जी र औषधी बाहेकका सटर अहिलेसम्म खुल्न सकेका छैनन् । प्रशासनले प्रत्येक ७÷७ दिनमा निषेधाज्ञा थप गरेको सूचना सार्वजनिक गर्दै आएको छ । यो बीचमा केही समय विहान ६ देखि बेलुका ७ बजेसम्म पसल खुलेपनि कोरोना संक्रमणको दर बढ्न थालेपछि प्रशासनले स्वास्थ्य मापदण्ड अपनाएर फेरि विहान ५ देखि ९ बजेसम्म खाद्यान्नसहित हरियो तरकारी, दूध, फलफूल लगायतका सामग्री र औषधी पसल खोल्न पाउने निर्णय गरेको छ । यही निर्णयमा टेकेर विर्तामोडस्थित कृषि उपज बजारभित्र विहान सधैं मेला जस्तै भिड हुन्छ भने खाद्यान्न पसलमा अगाडि सटर बन्द राखेर पछाडिबाट हुने व्यापारको चर्को भार उपभोक्ताले खेप्नु परेको छ । सटर आसपासमा ग्राहक ढुकेर बसेका व्यापारीले जति मूल्य भन्छन् त्यतिमै किन्नुपर्ने बाध्यतामा उपभोक्ता छन् । लकडाउनको मौका छोप्न नुनदेखि सुनसम्म राखेका खुद्रा व्यापारीको जालमा परेका उपभोक्ता बजार खुल्ला नहुन्जेलसम्म उम्किन पाउने अवस्था देखिदैन । मौकाको फाइदा उठाउने ब्यवसायीबाहेकका अर्थात अत्यावश्यक सामग्रीबाहेकका ब्यवसायीहरु ऋणको ब्याज तिर्नै नसक्ने अवस्थामा पुगेका छन्, सटर भाडा, दैनिकी सञ्चालन सबै चौपट बनेको छ ।
साँच्चै कपडा व्यापारी तथा व्यवसायीले भने झैं कोरोना कसैले पनि पोको पारेर राखेको छैन । बाटामा सवारीको चाप हेर्दा लाग्छ निषेधाज्ञा कहाँ छ ? चोरी व्यापारको कालोधन्दामा लागेका व्यापारीहरुले कुस्त कमाएका छन् । एउटालाई छाक टार्नै समस्या हुँदा अर्कोलाई कमाउने मौका मिलेको छ । अनि आधादिन बजार खुल्ला गर्दा कोरोना नसर्ने पक्कै हुँदैन । मानिसको भिडभाडमा स्वास्थ्य सावधानी नअपनाई गएको अवस्थामा कोरोना सर्ने विभिन्न अनुसन्धानहरुले देखाएको छ । विश्वमा आफ्नो प्रभाव देखाइरहेको कोरोना कुनबेला हट्छ ? प्रश्न निरुत्तर छ । इतिहासमा देखिएका संक्रमण र तिनले सिकाएको पाठबाट सिक्ने हो भने कुनै पनि भाइरस संक्रमण आफैं नियन्त्रण वा निर्मुल हुँदैन । शरीरमा त्यसविरुद्धको एन्टीबडी विकास गरेर प्रतिरोध नै मुख्य विकल्प हो, तसर्थ आम नागरिकमा कोरोना खोप पु¥याएर ब्यापार, ब्यवसाय खुल्ला गर्नुको विकल्प छैन । विश्वकै अर्थ ब्यवस्थामा प्रतिकुल प्रभाव पारिरहेको कोरोनाले थपेको कहर नियन्त्रण गर्दै लकडाउन अवधिमा भएको आर्थिक घाटा कम गर्न नै मानिसलाई समय लाग्ने देखिन्छ । जनजीवन सहज बनाउँदै आर्थिक उपार्जनलाई समेत सरल बनाउन खोपको विकल्प छैन, सरकारले आम नागरिकमा खोप पु¥याउनुपर्छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
विचारकोरोना संक्रमण, कसैलाई कहर, कसैलाई मालामाल
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img