HomeFeatured 2झापा तेक्वान्दोको नेतृत्वमा बाबुलाल

झापा तेक्वान्दोको नेतृत्वमा बाबुलाल

शनिश्चरे । नेपाल तेक्वान्दो संघ, जिल्ला कार्यसमिति झापाको तेस्रो जिल्ला अधिवेशन आइतवार सम्पन्न भएको छ । झापा जिल्ला खेलकुद विकास समितिको हलमा सम्पन्न अधिवेशनबाट बाबुलाल सुब्बा अध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएको छ ।
नेपाल तेक्वान्दो संघले आफ्नो विधान परिवर्तन गरी तेक्वान्दोसँग आवद्ध प्रशिक्षक समितिमा बस्न नमिल्ने नियम बनाएपछि प्रदिप श्रेष्ठ अध्यक्ष रहेको जिल्ला कार्यसमिति विगठन गरी बाबुलाल सुब्बाको नेतृत्वमा तदर्थ समिति गठन गरिएको थियो ।
आइतवार सम्पन्न चुनावी प्रक्रियाबाट अन्य पदाधिकारी तथा सदस्यहरु पनि निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षमा कुमार भट्टराई, सचिवमा योगेन्द्र रिजाल, कोषाध्यक्षमा पुनम सुब्बा साथै सदस्यहरुमा दिपेन धिमाल, जंगबहादुर राजवंशी, ज्ञानेन्द्र खड्का, सञ्जय राई र सुरेन्द्र चौधरी निर्वाचित भएका छन् ।
निर्वाचन प्रक्रियाका लागि निर्वाचन अधिकृतका रुपमा झापा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख टहलदास मैनाली हुनुहुन्थ्यो भने सदस्यहरुमा कराँते प्रशिक्षक सौरभ प्रधान र सोनु राजवंशी रहनु भएको थियो ।
नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य विजय न्यौपानेको प्रमुख आतिथ्य तथा प्रदेश नं. १ का सचिव गोपाल राईको विशेष आतिथ्यमा सम्पन्न उद्घाटन सत्रको अध्यक्षता बाबुलाल सुब्बाले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन कुमार भट्टराई तथा आर्थिक प्रतिवेदन पुनम सुब्बाले प्रस्तुत गर्नुभएको थियो ।
उद्घाटन सत्रमा तेक्वान्दो सहायक प्रशिक्षक कर्ण दहाल, जितेन्द्र मेचे, हरि भुजेल सहित शिक्षासेवी गुणानन्द थापा, जेम्स सुब्बा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2झापा तेक्वान्दोको नेतृत्वमा बाबुलाल
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img