Homeसमाचारजिल्ला ट्राफिक प्रहरी झापाद्वारा मास्क अभियान शुरु

जिल्ला ट्राफिक प्रहरी झापाद्वारा मास्क अभियान शुरु

विर्तामोड । शनिवार सरकारले मास्क अभियान शुरु गरेसंगै आइतबारदेखि जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले पनि मास्क अभियान शुरु गरेको छ । कोरोना भाइरसको संक्रमण रोकथामको लागि मास्कको महत्व बुझाउन अभियान शुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक निशेष चापागाँईले जानकारी दिनुभयो ।
आइतबार बिर्तामोडस्थित पश्चिम बसस्टेण्ड छेउमा गरिएको कार्यक्रममा ट्राफिक प्रहरीले तपाईको मास्क खै ?, मास्क सही तरिकाले लगाउनुभयो ?, हिड्डुल गर्दा मास्क लगाऔं लगायतका प्ले कार्ड र ब्यानर सहित अभियानको शुरु गर्नुका साथै चेतना मुलक कार्यक्रम सम्पन्न गरेका छ । कार्यक्रममा सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्र,इलाका प्रहरी कार्यालय अनारमनीको पनि सहभागिता रहेको थियो ।
कोरोना भाइरसको संक्रमण बढ्न थालेको भन्दै सरकारले २९ गतेसम्म मास्क अभियान शुरु गरेको भोलीपल्ट जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले अभियानका क्रममा मास्क लगाउनुको महत्व बुझाउनुका साथै मास्क सही प्रयोग भए नभएको अनुगमन समेत गरिने प्रहरी निरीक्षक चापागाँईले बताउनु भयो ।
अत्यन्त आवश्यक परेको बेला मात्र बाहिर निस्कन र निस्कनुअघि नाक, मुख राम्रोसँग छोप्ने गरी मास्क लगाउन सबैमा आग्रह गर्दै ट्राफिक प्रहरी निरीक्षक चापागाँईले भौतिक दूरी कायम गर्न, बेलाबेलामा साबनुपानीले हात धुन र स्वास्थ्यसम्बन्धी मापदण्ड प्रयोग गर्न आम नागरिकमा अपिल समेत गरेका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारजिल्ला ट्राफिक प्रहरी झापाद्वारा मास्क अभियान शुरु
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img