Homeसमाचारस्वरोजगार भवानीद्वारा मृत्यु राहत वितरण

स्वरोजगार भवानीद्वारा मृत्यु राहत वितरण

विर्तामोड । विर्तामोडमा मुख्य कार्यालय भएको स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्थाले परिवार गुमाएर दुःखमा रहेका आफ्ना सदस्यका परिवार तथा सदस्यलाई राहत वितरण गरेको छ ।
स्वरोजगार बचत तथा ऋण सहकारी संस्थाले सदस्य मृत्यु राहतकोष तथा सदस्य अवसान बचत कोषमार्फत आइतबार एकैदिन तीनजनालाई सहयोग प्रदान गरेको हो ।
दिवंगत संस्थाकी सदस्य खिनमाया ढकालको गरामनीस्थित घरमा पुगेको संस्थाको टोलीले ढकालका परिवारलाई सदस्य मृत्यु राहतकोष मार्फत २० हजार प्रदान गरेको संस्थाका सचिव मनोज भट्टराईले जानकारी दिनुभयो ।


त्यस्तै सदस्य अवसान बचतकोष मार्फत श्रीमान गुमाएकी विमला माङ्मु र पिता गुमाएकी मिना थपलियालाई राहत स्वरुप नगद रु. १०/१० हजार प्रदान गरिएको बताइएको छ ।
सहकारीका अध्यक्ष केशव बस्नेतको नेतृत्वमा राहत प्रदान गर्न गएको टोलीमा सचिव भट्टराई, सञ्चालक समिति सदस्यद्वय घनश्याम नेपाल, जागिरमान राई लगायत रहनु भएको थियो ।
आफन्त गुमाएर शोकमा रहेका सदस्यहरुलाई सानो भएपनि सहयोग पुगोस् भन्ने उद्देश्यले स्वरोजगारले सदस्यको मृत्युमा दिवंगत सदस्यका आफन्त वा परिवार र सदस्यका बुबा/आमा तथा श्रीमान/श्रीमतीको निधन भएमा संस्थाको नियमानुसार सहयोग प्रदान गर्दै आएको सचिव भट्टराईले जानकारी दिनुभयो।
चालु आर्थिक वर्षको यो अवधीमा मात्रै संस्थाले सदस्य मृत्यु राहत कोष र सदस्य अवसान बचतकोष मार्फत १ लाख ८० हजार रकम वितरण गरिसकेको बताइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारस्वरोजगार भवानीद्वारा मृत्यु राहत वितरण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img