विर्तामोड । विर्तामोड नगरपालिका नगर स्वास्थ्य शाखाको लापर्वाहीका कारण नागरिकले स्वास्थ्य सम्बन्धी शास्ती भोग्नु परेको भन्दै मानवअधिकार संजाल झापा आपत्ती जनाउँदै खोपलाई व्यवस्थित र मर्यादित बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । ।
नागरिकलाई राज्यबाट निःशुल्क प्राप्त भएको खोप लगाउने सिलसिलामा बिर्तामोड नगरपालिकाको स्वास्थ्य विभागका कर्मचारीबाट नै खोप अनियमित रुपले बिर्तामोडको होटलमा लुकाई राखेको अवस्थामा खोप बरामत हुनु लज्जास्पद तथा घोर निन्दनिय कार्य भएको भन्दै संजालले आपत्ती जनाएको हो।
संजालका महासचिव डा. रुपक खनालद्वारा हस्ताक्षरित जारी विज्ञप्तिमा भनिएको छ–‘यस बिषम परिस्थितिमा नेपाली नागरिकले खोप लगाउन पाउनु नेपाली जनताको मानवअधिकार हो । जनताको स्वास्थ्य सम्बन्धि अधिकार माथी खेलवाड गर्ने बिर्तामोड नगरपालिका स्वास्थ्य बिभागका कर्मचारी लगायतलाई कडा भन्दा कडा सजायका साथ आगामी दिनमा खोपलाई दुरुपयोग हुन नदिई सहज बनाउन बिर्तामोड नगरपालिका, जिल्ला प्रसासन कार्यलय झापा र जिल्ला प्रहरी कार्यालयलाई ध्यानाकर्षण गराउँदछौं ।’
नागरिकलाई लगाउन ल्याइएको खोप विर्तामोड नगरपालिकास्थित टायमलेस मुमेन्ट होटलबाट खोपको कार्टुनसहित विर्तामोड नगरपालिकाका स्वास्थ्य इन्चार्ज ओम खड्का फेला परेसंगै सञ्जालले उक्त घटनाप्रति आपत्ती जनाउँदै ध्यानाकर्षण गराएको हो।
कोरोना विरुद्धको खोप व्यवस्थित र मर्यादित बनाउन ध्यानकर्षण

































































































