Homeसमाचारविर्तामोड खोप काण्ड–घिमिरे र खड्कालाई निलम्बन गरेर कारबाही गर्न पाँचदलको माग, विद्यार्थीद्वारा...

विर्तामोड खोप काण्ड–घिमिरे र खड्कालाई निलम्बन गरेर कारबाही गर्न पाँचदलको माग, विद्यार्थीद्वारा नगरपालिकामा तालाबन्दी

विर्तामोड १६ साउन । विर्तामोड नगरपालिकाको खोप अनियमितता सम्बन्धी घटनाका दोषीलाई तत्काल सेवाबाट निलम्बन गरेर आवश्यक अनुसन्धान गरी घटनाको अध्ययन अनुसन्धान र कारबाही गर्न झापाका पाँच राजनीतिक दलले माग गरेका छन् ।
नेपाली कांग्रेस झापाका सभापति उद्वव थापा, नेकपा माओवादी केन्द्रका सचिव मणिकुमार राई, जनता समाजवादी पार्टी नेपालका झापा अध्यक्ष, दिपेनबाला राई, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष केशव ओझा, राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष सन्तोषकुमार राईले संयुक्त प्रेस विज्ञप्तिमा सर्वसाधारणले खोप लगाउन नपाउने तर होटलमा लुकाएर राखेको उक्त निन्दनीय ,अमानबीय र अक्षम्य घटनाप्रति खेद व्यक्त गर्दै कारबाहीको माग गरिएको हो ।
घटनाको सत्यतथ्य बाहिर नआएसम्म स्वास्थ्य कार्यालय झापाका प्रमुख र बिर्तामोड नगरपालिका स्वास्थ्य शाखाको कोरोना फोकल पर्सन एवं खोप काण्डमा संलग्न आरोपीलाइ निलम्बन गर्न समेत विज्ञप्तिमार्फत जोडदार माग गरिएको हो ।
‘तत्काल स्वास्थसेवा बाहेकका ब्यक्तित्वको सहभागितामा उच्चस्तरीय छानबिन समिति बनाएर झापामा खोप सञ्चालनका क्रममा भएका विकृति विसंगती र अनियमितताको अनुसन्धान गरेर दोषीमाथी कडा कानुनी कारबाही गर्न डिसिएमसीका अध्यक्षसँग जोडदार माग गर्दछौं ।’–पाँचदलद्वारा विज्ञप्तिमा भनिएको छ– ‘होटलमा खोपसहित पक्राउ परेका र होटलमा खोप ल्याइएको विषयमा विरोधाभाषपूर्ण अभिब्यक्ति दिएका विर्तामोडका औषधि ब्यवसायी समेत रहेका ओम खड्कालाई घटनाको छानवीन पुरा नभई छाडिनुले थप शंका उत्पन्न गराएको छ । आरोपितलाई तत्काल नियन्त्रणमा लिई शंकास्पद ब्यक्तिहरुको कल डिटेलसमेतको आधारमा अनुसन्धान अगाडि बढाउन र दोषीउपर कडा कारबाही गर्न हामी जोडदार माग गर्दछौं ।’

कोरोना महामारीबाट आम मानिस प्रभावित रहेको र झापा जिल्ला यसको उच्च जोखिममा रहेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ–‘स्वास्थ कार्यालय जस्तो संबेदनशील सरकारी निकायबाटै अनियमीत र गैरजिम्मेवारीपुर्ण कार्य हुनु अत्यन्तै दुःखद् बिषय हो । कोरोनाको खोप लिनका लागि आम मानिसहरु टन्टलापुर घाम ,झरी वर्षा सहेर बिहानैदेखि लाइनमा बस्नुपर्ने अवस्था एकातिर रहनु र खोपसहित जिम्मेवार कर्मचारी होटलमा भेटिनु र अनेक बहानाबाजी गरेर घटनालाइ ढाकछोप गर्ने प्रयास किमार्थ पनि स्वीकार्य नहुने ब्यहोरा सम्बन्धित सबैको ध्यानाकर्षण गराउँदछौं । ’
खोप लगाउनका लागि लाइनमा बसेका नागरिकलाई खोप सकिएको सूचना दिएलगत्तै विर्तामोड नगरपालिकाका कोरोना फोकल पर्सन ओम खड्का खोपसहित होटलमा भेट्टिनु संयोग मात्रै हुन नसक्ने उल्लेख गर्दै विज्ञप्तिमा खोपमा अनियमितता गर्नु र आम लक्षित समुदायलाई खोपबाट बञ्चित गर्न खोजिएको व्यबहारप्रती पनि गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।
‘यो अमानवीय व्यवहारमा संलग्नलाई तत्काल कारबाहीको दारयामा ल्याउन पनि सम्बन्धित निकायसग जोडदार माग गर्दछौं’–विज्ञप्तिमा भनिएको छ–‘स्वास्थसेवा बाहेकका ब्यक्तित्वको सहभागितामा उच्चस्तरीय छानबिन समिति बनाएर झापामा खोप सञ्चालनका क्रममा भएका विकृति विसंगती र अनियमितताको अनुसन्धान गरेर दोषीमाथी कडा कानुनी कारबाही गर्न डिसिएमसीका अध्यक्षसँग जोडदार माग गर्दछौं ।’
विर्तामोडको खोप काण्डलगत्तै दलीय संयन्त्रले छानवीनको माग गरेपनि प्रमुख जिल्ला अधिकारीलाई सचेत गराइएपनि प्रजिअकै निर्देशनमा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखले कार्यालयकै कर्मचारीको नेतृत्वमा छानवीन समिति गठन गरेर आरोपीलाई उन्मुक्ति दिएको समाचार बाहिर आउनुले खोप लुकाउने कार्यालयमा स्वास्थ्य कार्यालय प्रमुखकै संलग्नता पुष्टि हुने विज्ञप्तिमा उल्लेख छ ।
‘जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखले केहीदिन यता सञ्चार माध्यममा प्रयोग गरेका विरोधाभाषपूर्ण भाषाहरु अत्यन्तै अशोभनीय र निन्दनीय छन्’–विज्ञप्तिमा भनिएको छ– ‘यस प्रकारको बोलिबचन र व्यबहार एक रास्टूसेवक कर्मचारीका लागि किमार्थ पनि शोभनीय हुदैन र उहाँ स्वयं यो घटनाको परिपोषकको रुपमा रहेको प्रमाण पनि हो भन्ने कुरा अब द्विविधा रहेन ।’
बिर्तामोडमा अहिलेसम्म लगाइएको खोपको नामावली तत्काल सार्बजनिक गर्न ध्यानाकर्षण गराइएको विज्ञप्तिमा अब उपरान्त जिल्ला र पालिकामा भणडारण गरेको खोप गोदामबाट निकाल्दा दैनिक प्रहरी सहितको मुचुल्का गर्न, कुन कुन केन्द्रमा कुनकुन ब्यक्तिमार्फत खोप पठाइयो ? कति कति लगाइयो, कति खोप बचेको छ, दैनिक सार्बजनिक गर्ने सूचना संयन्त्रको बिकास गर्न माग गरिएको छ ।
खोप केन्द्रमा सर्बपक्षीय बैठक गर्ने, सबैको बिश्वास जित्ने तथा सामाजिक सद्भाव कायम गर्नेतर्फ सम्बन्धित पालिका र सरोकारवालाको ध्यानाकर्षण गराउदै, डि.सि.एम.सी लाइ थप सचेत रहन अनुगमन गर्न र स्वास्थ कार्यलयको गतिविधि सुक्ष्म रुपले निगरानी गर्नका लागि अनुरोध गरिएको विज्ञप्तिमा ‘सरकारले जुन समुदायलाई लक्षित गरेर खोप पठाएको हो, सोही समूदायमा खोप केन्द्रित गर्न सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदछौं’ भनिएको छ ।
पाँच दलका प्रतिनिधिले खोपमा भएको अनियमितताका विषयमा जिल्लास्थित कोरोना रोकथाम तथा नियन्त्रण समिति (डिसिएमसी) का अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमै पुगेर ध्यानाकर्षण समेत गराएका छन् ।
यसैबीच नेपाल विद्यार्थी संघ झापा र अखिल क्रान्तिकारी विद्यार्थी संघले संयुक्त विज्ञप्ति जारी गर्दै होटलमा खोप भेटिएको काण्डले विर्तामोड नगरपालिका स्वास्थ्य शाखाको चरम लापरबाही र हेलचेक्र्याई पुष्टी गरेको उल्लेख गरेका छन् ।
संघका सभापति राजेन्द्र उप्रेती अखिलका अध्यक्ष अनिल सुवेदीले संयुक्त विज्ञप्ति जारी गर्दै र नगरबासीहरुको स्वास्थ्यप्रति नगरपालिकाको अनुत्तरदायी प्रवृत्ति स्पष्ट भएको उल्लेख गर्दै विज्ञप्तिमा तीनसूत्रीय माग अघि सारिएको छ । विर्तामोड नगरपालिकामा हालसम्म लगाइएको खोपको सम्पूर्ण विवरण सार्वजनिक गर्नुपर्ने, उच्चस्तरीय छानवीन समिति गठन गरी घटनाको छानविन गर्न र नगरपालिकाका कोभिड फोकल पर्सन ओम खड्कालाई बर्खास्तसहितको कारबाही गर्न माग गरिएको छ ।
विर्तामोडको देवी मावि र महेन्द्ररत्न माविमा लाइनमा बसेका सर्वसाधारणलाई खोप सकिएको जानकारी दिएपश्चात विर्तामोडको टाइमलेस पार्टी प्यालेसमा खोपसहित विर्तामोड नगरपालिकाका फोकल पर्सन ओम खड्का खोपसहित पक्राऊ परेका थिए । यसविषयमा जिल्ला स्वास्थ्य कार्यालय झापाका प्रमुख योगराज घिमिरेले सञ्चारकर्मीहरुसँग कुरा गर्दै विरोधाभाषपूर्ण अभिब्यक्ति दिएपछि घटना झन् शंकास्पद भएको हो । दुवै विद्यार्थी संगठनले घटनाको निश्पक्ष छानवीन गर्न माग गर्दै नगरपालिकामा तालाबन्दी समेत गरेका छन् । स्थानीयबासीले समेत विर्तामोड खोपकाण्डको छानवीन र दोषीउपर कारबाहीको माग गरेपछि नगरपालिकामा दोहोरो तालाबन्दी भएको छ ।

घिमिरे र खड्कालाई निलम्बन गरेर कारबाही गर्न पाँचदलको माग
विद्यार्थी र स्थानीयद्वारा नगरपालिकामा तालाबन्दी

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारविर्तामोड खोप काण्ड–घिमिरे र खड्कालाई निलम्बन गरेर कारबाही गर्न पाँचदलको माग, विद्यार्थीद्वारा...
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img