झापा । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई) को आन्तरिक मूल्याङ्कनको नतिजा साउन २५ गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । २०७७ को एसइई नतिजा आउँदो साउन २५ गतेभित्रमा सार्वजनिक गर्ने लक्ष्य अनुसार तीव्ररूपमा काम भइरहेको परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक रुद्र अधिकारीले बताए ।
हाल सबै जिल्लाबाट विद्यार्थीको मूल्याङ्कन नतिजा इन्ट्री सकेर नम्बर रुजु गर्ने काम भइरहेको अधिकारीले जानकारी दिए । कुनै प्राविधिक कठिनाइ नआए आउने शुक्रवारभित्र नतिजा रुजु गरिसक्ने र त्यसको एक हप्ताभित्रमा नतिजा सार्वजनिक गर्ने परीक्षा नियन्त्रक अधिकारीले बताए ।
दोस्रो चरणको कोभिड–१९ सङ्क्रमण बढेसंगै जारी निषेधाज्ञाका कारण गएको वैशाख २७ गते एसईई परीक्षा स्थगित भएको थियो । गएको जेठ १३ देखि भौतिकरूपमा एसईई परीक्षा सञ्चालन गर्ने गरी बोर्डले तालिका सार्वजनिक गरे पनि कोभिडकै कारण परीक्षा हुन नसकेपछि जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक मूल्याङ्कनबाट नतिजा प्रकाशित गर्ने निर्णय गरेको थियो ।
साउन २५भित्र एसईईको नतिजा प्रकाशन गर्ने

































































































