दमक । मोटरसाईकल दुर्घटनामा परी झापाको सुरुङ्गास्थित होटल हेवनका संचालकद्धय विष्ट दम्पत्तीको घटना स्थलमै मृत्यु भएको छ । कोरोना संक्रमणका कारण सवैतिर सिल भएपछि व्यापार व्यवसाय अस्तव्यस्त भएका कारण मंगलबार विहानै भेडेटार घुम्न गएका विष्ट दम्पती सुरुङ्गास्थित घर फर्कने क्रममा मंगलबार बेलुका दमकस्थित चियाबगान सडक खण्डमा दुर्घटनामा परी मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाईकलमा सवार पूर्णबहादुर बिष्ट र उहाँकी श्रीमती भिा कार्की विष्टको ट्रकको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ । प्र.२—०३—०१३—प.४७८७ नम्बरको मोटरसाइकलमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेका उनीहरुलाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको .ना ४ ख.८७३० नम्बरको ट्रकले ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट गम्भिर घाइते विष्ट दम्पत्तीलाई उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल पुर्याउना साथ चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । ठक्कर दिने ट्रक र मोटरसाइकल दमक प्रहरीको नियन्त्रणमा रहेको बताइएको छ ।
मोरङ्को भाउन्नेमा मूल घर भए पनि लामो समय देखि सुरुङ्गामा होटल हेवन संचालन गर्दै आएका बिष्ट दम्पत्ती सुरुङ्गाका पुराना होटल व्यवसायी हुन् ।
सडक दुर्घटनामा सुरुङ्गाका होटल व्यवसायी बिष्ट दम्पत्तीको मृत्यु
