जेईन्ट ब्रदर्श इन्टरटेण्मेन्ट एण्ड मिडिया प्रालिले मिस्टर एण्ड मिस झापा प्रतियोगिता आयोजना गर्ने भएको छ । कोरोना कहर सामान्य अवस्थामा फर्किएपछि स्वस्थ्य मापदण्ड अपनाएर कार्यक्रम आयोजना गर्ने आयोजक संस्थाका मेनेजिङ डाइरेक्टर अभिषेक श्रेष्ठले जानकारी दिनुभयो । नयाँ प्रतिभाको खोजी गर्ने उद्येश्यले कार्यक्रम आयोजना गर्न लागिएको उहाँले बताउनु भयो ।
अडिसन प्रकृया मार्फत ३० जना प्रतियोगीलाई समाबेश गरिने ईभेन्ट डाइरेक्टर प्रकाश निराकारले जानकारी दिनुभयो । जेईन्ट ब्रदर्श इन्टरटेण्मेन्ट एण्ड मिडिया प्रालिले यस अघि दुर्इवटा अडिसन सफलता पूर्वक सम्पन्न गरेको जनाएकोछ भने पुर्ब बिजेता सारिका प्रसाई, रिकिसा श्रेष्ठ र आंलेङ्सा लिम्बुको पनि उपस्थिति कार्यक्रममा रहेको थियो ।
कार्यक्रममा सुजित बस्यालको विशेष कक्षा रहने छ भने अफिसियल कोरियोग्राफर बबिता आचार्य र उमेश खड्का (निर्दोश)को बाकी सेसन रहने छ र विभिन्न क्षेत्रका बिज्ञहरुको प्रत्यक्ष उपस्तिथिबाट कक्षा संचालन सहित सामाजिक कार्य समेत कम्पनीले गर्ने कुराको जान्कारी ईभेन्ट डाइरेक्टरले दिनुभयो ।
प्रतिस्पर्धामा विजयी हुनेले नगद पुरस्कार,साथमा फोटो तथा भिडियो छायाङ्कन,क्राउन,ट्रफी,मेकप सामाग्री, ईन्टर्भिउ लगाएतका अन्य विभिन्न प्रकारका पुरस्कार प्राप्त गर्न जान्कारी सहित कार्यक्रम माथी प्रकाश कम्पनीका अध्यक्ष राजिभ न्यौपानेले पार्नु भएको थियो । यसैगरी सिटिइभिटीले सञ्चालन गर्ने फेसन डिजाईनिङ तथा सौन्दर्यता सम्बन्धी तालिममा ५० प्रतिशत छुट पाउने बेहोरा कम्पनीका प्रमुख सल्लाहकार तथा सौन्दर्य बिद सुशील स्वेक्षाले बताउनु भएको हो । कार्यक्रम आयोजना गरिने मिति र स्थान भने केहिदिनमा सार्वजनिक गरिने छ ।
साई पाटी प्यालेस, बिनोद फोटोग्राफी, कडक चिया, मिठो थकाली रेस्टुरेन्ट, पिज्जा घर, ग्रेस मेकअप स्टुडियो , किङ्स एण्ड कुईन युनिसेक्स लुन, युएफआई बुटिक र डाईमण्ड टेलरिङका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो जसहरुले कम्पनीले गरेका दुईवटा सफल ईभेन्टहरुमा प्रत्यक्ष सहयोग गरेका थिए र आउने दिनमा समेत सहयोगको अपेक्षा राखेको कुरा कम्पनीका अध्यक्षले बताउनु भयो ।
आज भएको कार्यक्रममा आयोजक संस्थाका एक्जुकेटिभ डाईरेक्टर रिजश अधिकारीले कार्यक्रम संचालन गर्नु भएको थियो र सहयोगी संस्थाका प्रतिनिधिहरुको उपस्थीतिले कार्यक्रम भब्यता पूर्वक सम्म भएको जानकारी प्राप्त भएको छ ।
जेईन्ट ब्रदर्श इन्टरटेण्मेन्ट मिस्टर एण्ड मिस झापा प्रतियोगिता गर्ने
