Homeसमाचार१३ लाख ६६ हजार ४६ जनाले लगाए कोरोना विरुद्धको पूरा खोप

१३ लाख ६६ हजार ४६ जनाले लगाए कोरोना विरुद्धको पूरा खोप

झापा । कोरोना विरुद्ध नेपालमा हालसम्म लगाइएका तीन प्रकारका खोप मध्ये दुई चरणमा लगाउनु पर्ने कोभिसिल्ड र भेरोसेलको दुवै मात्र ११ लाख ५४ हजार ८६८ जनाले लगाएका छन् जसमध्ये कोभिसिल्डको दुवैमात्र लगाउने ४ लाख ६० हजार ३०८ जना रहेका छन् भने ६ लाख ९४ हजार ५६० जनाले भेरोसेल खोपको दुवै डोज गराएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबारसम्मको तथ्याङ्कले देखाउँछ ।
मन्त्रालयका अनुसार देशभर कोभिसिल्डको पहिलो मात्रा १८ लाख २८ हजार ४८४ ले लगाएका थिए भने भेरोसेलको पहिलो मात्रा १५ लाख ४८ हजार ७४४ जनाले लगाएका छन् । त्यस्तै एकपटक मात्र लगाए हुने अमेरिकाबाट अनुदानमा प्राप्त जोन्सेन खोप लगाउनेको संख्या २ लाख ११ हजार १७८ रहेको छ ।
कोरोना विरुद्धका यी खोप मध्ये कोभिसिल्ड भारतले, भेरोसेल चिनले र जोन्सेन अमेरिकाले उपलब्ध गराएको खोप हो । यी तीनवटै खोपको मात्रा पूरा गर्नेको संख्या १३ लाख ६६ हजार ४६ जना रहेका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचार१३ लाख ६६ हजार ४६ जनाले लगाए कोरोना विरुद्धको पूरा खोप
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img