HomeFeatured 2प्रदेश सरकारद्वारा कामै नसकी पुरै भुक्तानी, ठेकेदार पोषेको स्थानीयको आरोप

प्रदेश सरकारद्वारा कामै नसकी पुरै भुक्तानी, ठेकेदार पोषेको स्थानीयको आरोप

कचनकवल । प्रदेश १ सरकारबाट एक करोड भुक्तानी लिएको कचनकवल गाउँपालिकाले राजवंशी समाज विकास समितिको भवन निर्माणको रकम निर्माण कम्पनीलाई ४३ लाख मात्र भुक्तानी दिएको पाइएको छ ।
६६ प्रतिशत काम सम्पन्न भएको प्राविधिक प्रतिवेदन पेश गरेपछि गाउँपालिकालाई प्रदेश १ सरकारले दिने एककरोड पूरै भुक्तानी गरेको भएपनि निर्माण व्यवसायी टेकबहादुर श्रेष्ठ भने पछिल्लो चेक रकम सहित ४३ लाख मात्र भुक्तानी पाएको दावी गर्छन् । कामभन्दा बढी भुक्तानी गरेर प्राविधिकले ठेकेदार पोषेको स्थानीयले आरोप लगाइरहेको बेला पूर्वाधार कन्ट्रक्सन ललितपुरका सञ्चालक भने काम अनुसार भुक्तानी नै नपाएको दुखेसो पोख्न थालेको घटनाले भवन निर्माणका लागि आएको प्रदेश सरकारको वजेट कसको गोजीमा छ भन्ने प्रश्न उठेको स्थानीय हरी बस्नेतको भनाइ छ ।
आर्थिक वर्ष २०७७÷०७८ भित्र निर्माण सम्पन्न हुने गरी प्रदेश सरकारको एककरोड र गाउँपालिकाको ३० लाख सहित भवन निर्माण थालिएको योजना अधिकृत केशव मैनालीको भनाइ छ । उनका अनुसार ठेक्का लाग्ने क्रममा नेपाल पुर्वाधार कन्ट्रक्सन ललितपुरले भवन निर्माणका लागि भ्याट सहित ८३ लाख ४० हजार ४ सय ६५ पैसामा ठेक्का कवोल गरी कामको जिम्मा लिएको देखिएको हो ।
यता राजवंशी विकास समिति कचनकवलका सचिव कनकप्रसादसिंह राजवंशी भवन निर्माण वास्तविक रूपमा ५५ प्रतिशतभन्दा कम नै रहेको जनाउँदै प्रदेश सरकारको वजेट कागज मिलाएर राखिएको भए पनि काम गुणस्तरीय भएमा आपत्ति नरहने बताउँछन् । उनका अनुसार गाउँपालिकाले भवन निर्माण प्रकृया सुरू भएयता राजवंशी समाज विकाससित सहकार्य नगर्दा समाजको रेखदेख नहुँदा कामको गुणस्तरमा भने प्रश्न उठेको छ ।
यता प्राविधिक पक्षको नेतृत्व गरिरहेका अमित ढुंगाना भने भवनको निर्माण सामग्रीको गुणस्तरमा सम्झौता नगरी तोकिएको मापदण्ड अनुसार काम भएको दावी गर्दै सामाजिक सञ्जालमा फैलाइएको हल्लाका पछाडि नजान आग्रह समेत गर्छन् ।
प्रदेश १ सरकारको समविकास कार्यक्रम अन्र्तगत गाउँपालिकाको ३० प्रतिशत साझेदारीमा भवन निर्माण भइरहेको प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतले जानकारी दिए । उनका अनुसार एक करोड ३० लाख निर्माण लागत रकम स्वीकृत आयोजना रहेको सो भवन निर्माणका लागि झण्डै ३९ प्रतिशत कम रकम ८३ लाख ४० हजार ४ सय ६५ पैसामा ठेक्का लागेको थियो ।
प्रदेश १ लेखा इकाई कार्यालय झापाको विवरण अनुसार यस आर्थिक वर्षमा गाउँपालिकाले भवन निर्माण वापत तीन किस्ता गरी असार मसान्तसम्ममा एक करोड रकम निकासा लगिसकेको छ । ६६ प्रतिशत काम सम्पन्न भएको प्राविधिक टोलीले तयार पारेको प्रगति विवरण पेश गरी रकम लगेकाले काम पूरा भएको विश्वास लेखा कार्यालयले राखेको कर्मचारी रामप्रसाद आचार्यको भनाइ छ ।
स्थानीय हरि बस्नेत भने भवन निर्माणमा प्राविधिक पक्षले ठूलो आर्थिक चलखेल गरेर आधा काम पनि सम्मपन्न नहुँदै पूरै रकम भुक्तानी लिएको लेखा कार्यालयको विवरणले प्रष्ट देखिएको बताउँछन् ।
नेपाल तरुण दल झापा क्षेत्र नम्बर ३ का सभापति खड्गबहादुर लिम्बू सो भवन निर्माणमा चरम भ्रष्टाचार देखिएको भन्दै दोषीमाथि कारवाहीको माग गर्छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2प्रदेश सरकारद्वारा कामै नसकी पुरै भुक्तानी, ठेकेदार पोषेको स्थानीयको आरोप
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img