HomeFeatured 2चितवनकी सुजिता मृत्यु प्रकरणमा झापाका १ पक्राऊ, आमाद्वारा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता

चितवनकी सुजिता मृत्यु प्रकरणमा झापाका १ पक्राऊ, आमाद्वारा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता

चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका ३ की सुजिता भण्डारीले दाजुसँग विवाह गर्न नपाएपछि आत्महत्या गरेको रहस्य सार्वजनिक भएको छ । आफ्नै ठुलोबावुको छोरासँग प्रेममा रहेकी सुजिताले विवाह गर्न नपाएपछि आत्महत्या गरेको प्रहरीको अनुसन्धानमा देखिएको चितवन प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीका अनुसार सुजिताको आफ्नै ठुलोबुवाको छोरा झापाको झापा गाउँपालिका– ६ शरणमतिका २३ वर्षीय सचिन भन्ने सुकदेव भण्डारीसँग प्रेम सम्बन्ध रहेको र विवाह नभएपछि आत्महत्या गरेको प्रहरीको दावी छ । घटनाबारे जिल्ला प्रहरी कार्यालय चितवनले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
लामो समयदेखिको एकअर्काको आकर्षणपछि सुजिताले सकुदेवलाई विवाहको लागि दबाब दिएकी थिइन् । सुजिताले असारको ९ गते सुकदेवसँग विवाहको प्रस्ताव गरेकी थिइन् । सुकदेवले नमानेपछि दुईजना बीच विवाद भएको थियो । सुजिताले विवाह नगरे मर्ने धम्की दिएकी थिइन् । सुकदेवले ‘जे गर्छस् गर ’ भनेपछि दुई जनाबीच सम्पर्क नभएको प्रहरीको भनाइ छ । सामाजिक तथा नैतिक कठिनाइका कारण सकेसम्म विदेश जाने योजना बनाएका थिए । संभव नभए एकआपसमा अपहरणको बाहना बनाइ कसैले थाहा नपाउने ठाँउमा गएर बस्ने योजना बनाएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएकोछ । सुकदेवलाई काठमाडौंबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओमप्रकाश अर्यालले बताए ।
सुजितासँग खिचेको फोटो सुकदेवले डिलिट गरेका थिए । प्रहरीले मोबाइलबाट सबै फोटो रिकभर गरेर झिकेको छ । सुकदेव र सुजिता काठमाडौंमा एकैसाथ बस्ने योजना बनाएका थिए । दिदीको घर गएकी सुजिताले सुकदेवलाई काठमाडौंमा तुरुन्त कोठा खोज्न दबाब दिएको अनुसन्धानबाट खुलेको छ । ‘हाम्रो अनुसन्धानबाट सुजिताको एक विशेष व्यक्तिसँगको सम्बन्ध पत्ता लगायो । दाजुबहिनीको भन्दा पनि शंकास्पद रहेको परिवार स्रोतबाटै थाहा भयो, अनुसन्धान अधिकारी डिएसपी इन्द्रबहादुर रानाले पत्रकार सम्मेलनमा भने‘ ,‘सबै प्रमाण र तथ्यबाट हामीले पत्ता लगाउन सफल भयौं।’ सुजिता बुद्धशान्ति कलेजमा बीबीएस चौथो वर्ष परीक्षा सकेर विदामा बसेकी थिइन् । असार ११ गते साथीको घरमा जान्छु भनेर हिँडेकी सुजिताको गत असार २० गते चितवनकै ब्रह्मास्थान सामुदायिक वनको भीरमा शव भेटिएको थियो ।
घटनाको विषयमा सुजिताकी आमा अम्बिका भण्डारीले सुकदेव विरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दिएकी छिन् । सुकदेवलाई पक्राउ गरी चितवन जिल्ला अदालतबाट ७ दिन म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2चितवनकी सुजिता मृत्यु प्रकरणमा झापाका १ पक्राऊ, आमाद्वारा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img