Homeसमाचारधुलाबारी माविमा पशुपंक्षी उपचार क्लिनिक र प्रशिक्षण

धुलाबारी माविमा पशुपंक्षी उपचार क्लिनिक र प्रशिक्षण

झापा । झापाको धुलाबारी माविले शुक्रबारदेखि पशुपंक्षी उपचार क्लिनिक तथा प्रशिक्षण कार्यक्रम संचालनमा ल्याएको छ। विद्यालयको हाताभित्र सेवा संचालनमा ल्याएको हो। विद्यार्थीलाई गरिखाने बनाउन क्लिनिक सहित सेवा सुरु गरेको विद्यालयका प्रधानाध्यापक महेन्द्रविलाश लुइँटेल बताए । सो विद्यालयले उक्त विधामा नियमित परामर्श, पशुपंक्षी उपचार र माग बमोजिम प्रशिक्षण समेत दिनेछ । जसका लागि विद्यालयमा चारजना पशु चिकित्सक र तीनजना प्राविधिक सहितको जनशक्ति छ। मेचीनगर नगरपालिकासँगको सहकार्य क्लिनिक संचालनमा ल्याइएको हो ।


पशुपक्षी उपचार सेवा सुरु गर्न ३० लाख बढी खर्च भएको छ । २४ लाखमा चभवन र ६ लाख बढीको औषधि खरिद गरिएको विद्यालयले जनाएको छ। पशुपंक्षी उपचार सेवा केन्द्रको नगरपालिकाका प्रमुख विमल आचार्यले समुद्घाटन गरेका थिए । उनले प्राविधिक शिक्षाका लागि संघीय सरकारको नीति बाधक भएको बताए । जनसंख्याको आधारमा प्राविधिक शिक्षाको व्यवस्था गर्न सरकारसँग उनले माग गरे। डेढ दशक अघिसम्म धरासायी अवस्थाबाट गुज्रिरहेको धुलाबारी मावि अहिले नमूना विद्यालयमा रुपान्तरण भएको छ। पशु विज्ञानमा ११९ जना विद्यार्थी छन् । धुलाबारी माविले निकटमै नश्ल सुधार केन्द्र संचालनमा ल्याउँदैछ। ‘चारजना डाक्टर र तीनजना प्राविधिक सहितको जनशक्ति जिल्ला पशुसेवा कार्यालयमा पनि छैनन्’ सहायक प्रधानाध्यापक तेजप्रसाद चम्लागाईंले भने, ‘हामीले एक दशकमा जुन दुखका साथ मेहनत त्यसको प्रतिफल मौजुदा जनशक्ति र उपलब्धि हो, यसमा हामीलाई गर्व छ।’ सो विद्यालयका विद्यार्थीले अहिले पनि बंगुर, गाई, बाख्रा, कुखुरा माछा पालन गरिरहेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशविक्रम नेम्वाङको अध्यक्षतामा भएको कार्यक्रममा मेचीनगरका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी,नेपाल शिक्षक महासंघ मेचीनगर अध्यक्ष लेखनाथ पौडेल (केशव), विद्यालय व्यवस्थापन समिति सदस्य कृष्ण कनाल लगायतले बोलेको कार्यक्रमको संचालन शिक्षक रमेश दाहाले गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारधुलाबारी माविमा पशुपंक्षी उपचार क्लिनिक र प्रशिक्षण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img