Homeसमाचारभुक्तानी नदिइ रकम फ्रिज गराएको भन्दै अर्जुनधाराका शिक्षा सरोकारवालाद्वारा नगरपालिकामा तालाबन्दी

भुक्तानी नदिइ रकम फ्रिज गराएको भन्दै अर्जुनधाराका शिक्षा सरोकारवालाद्वारा नगरपालिकामा तालाबन्दी

अर्जुनधारा । राष्ट्रपति शैक्षिक कार्यक्रममार्फत नगर क्षेत्रभित्र सञ्चालित विभिन्न ९ वटा योजना मध्ये ८ वटा योजनाको रकम भुक्तानी नभएपछि अर्जुनधारा नगर क्षेत्रका शैक्षिक सरोकारवालाहरुले नगरपालिकाको कार्यालयमा ताला लगाएका छन् ।


६० देखि ९० प्रतिशत निर्माण सम्पन्न भएका तथा शैक्षिक सामग्री खरिद, पुस्तकालय निर्माण लगायतको भुक्तानी नगरेको विषयमा छलफलका लागि गएका सरोकारवालाहरुले नगर प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत अनुपस्थित रहेपछि शिक्षा शाखा प्रमुखलाई मौखिक स्पष्टिकरण माग पछि कार्यालयमा तालाबन्दी गरेका हुन् । छलफलका लागि नगरपालिका पुगेका सरोकारवालाले हामी छलफलका लागि आएका छौं भनेर फोन गर्दा मेयर उपमेयर आउँदै नआएको तथा प्रमुख प्रशासकीय अधिकृतले केही समय बसेर छलफल गरौ आउँछु भनेर पनि नगएपछि ताला लगाउन बाध्य भएको उपस्थित सरोकारवालाको भनाई छ ।
राष्ट्रपति शैक्षिक कार्यक्रम अन्तरगत अर्जुनधाराका नौ वटा विद्यालयमा नौ वटा योजना सञ्चालन गरिएका थिए । जसमध्ये जनता माविको भवन निर्माणको रकम भुक्तानी भएको छ भने भवन निर्माणतर्फ अन्य तीनवटा विद्यालयको रकम भुक्तानी नभएको नेपाल शिक्षक महासंघ अर्जुनधार अध्यक्ष पुण्य सुवेदीले जानकारी दिनुभयो ।
भुक्तानीका लागि आवश्यक कागजातसहित समयमै नगरपालिका समक्ष पेश भएपनि भुक्तानी रोकिएको सरोकारवालाको भनाई छ ।
कोभिडका कारण काम सम्पन्न हुन नसकेको भएपनि रकम फ्रिज नगर्नु छिटो छिटो काम सम्पन्न गर्ने गरी विद्यालयको खातामा रकम हाल्दिनु भन्ने शिक्षा मन्त्रालय अन्तरगतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पत्र समेत पठाइसकेको अवस्थामा नगरपालिकाले काम सम्पन्न भएका र केही काम हुन बाँकी रहेका विद्यालयको रकम फ्रिज भएको भन्ने सूचना पाएपछि ताला लगाउनु परेको अध्यक्ष सुवेदीले बताउनु भयो ।
स्रोतका अनुसार नगरपालिकाले आठवटा विद्यालयमा राष्ट्रपति शैक्षिक कार्यक्रम र संघीय सरकारबाट विद्यालयले शसर्त अनुदानवापत प्राप्त गर्ने रकम समेत २ करोड भन्दा बढी शैक्षिक क्षेत्रको रकम भुक्तानी हुन बाँकी रहेको बताइएको छ ।


अर्जुनधारा नगरपालिकाका राष्ट्रपति शैक्षिक कार्यक्रम अन्तरगत ४ वटा विद्यालयमा भवन निर्माण र ५ वटामा शिकाईमा नविनतम प्रविधि, पुस्तकालय, विज्ञान प्रयोगशाला निर्माण, शौचालय निर्माण लगायतका योजना सञ्चालित थिए ।
सरोकारवालाहरुले नगरपालिका, शिक्षा शाखाको हेलचेक्र्याइँका कारण रकम भुक्तानी हुन नसकेको बताएका छन् ।
असार ३० गतेसम्म रकम भुक्तानी गर्ने समय भए अनुसार भुक्तानीका सम्बन्धमा नगर शिक्षा शाखाले असार २८ गते प्रक्रिया अघि बढाएको नगर शिक्षा शाखा प्रमुख तोयानाथ रेग्मीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो–‘राष्टपति शैक्षिक कार्यक्रम भर्खर भर्खर आएको हो, नगरपालिकाको बोर्ड बैठकको निर्णय अनुसार मैले कार्यक्रम बाँडफाँड गर्दिने हो, त्यो काम भएको छ, विद्यालयका रकम भुक्तानीका असार २८ गते प्रक्रिया अघि बढाएको थियो । असार ३० गते नगरप्रमुखले विद्यालयको रकम नरोक्नु खातामा रकम हाल्दिनु भन्ने निर्णयमा सही गरेर लेखा शाखामा गएको हो, उक्तदिन कार्यालय समयमै भुक्तानीको सिटसहित लेखामा गएको हो, त्यो पछिको काम मैले गर्ने होइन ।’
यता नगरपालिकाका लेखा प्रमुख रामचन्द्र (आरसी) घिमिरेले भने फायल ढिलो आएका कारण खातामा रकम हाल्न नसकेको बताउनु भयो । उहाँले भन्नुभयो–‘अन्तिम दिन फायल आयो, भुक्तानीका लागि आएका धेरै फायल थिए, क्रमैसंगले गर्दा विद्यालयको रकम हाल्न सकिएन, ३० गते पछि सिष्टम नै बन्द भयो ।’

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारभुक्तानी नदिइ रकम फ्रिज गराएको भन्दै अर्जुनधाराका शिक्षा सरोकारवालाद्वारा नगरपालिकामा तालाबन्दी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img