HomeFeatured 2विर्तामोडको सुरक्षा अवस्थाप्रति राप्रपा नगरसमितिद्वारा ध्यानाकर्षण

विर्तामोडको सुरक्षा अवस्थाप्रति राप्रपा नगरसमितिद्वारा ध्यानाकर्षण

विर्तामोड । राष्ट्रिय प्रजातन्त्र पार्टी विर्तामोड नगर समितिले विर्तामोडको सुरक्षा अवस्था संवेदनशील बन्दै गएको भन्दै चिन्ता व्यक्त गर्दै प्रशासनको ध्यानाकर्षण गराएको छ ।


विर्तामोड क्षेत्रमा जधन्य अपराधका घटना बढ्नुका साथै शंकास्पद मृत्यु र हत्याका घटनामा बढे पनि ती घटनामा संलग्न दोषी पत्ता नलाग्नुले सुरक्षा अवस्था कमजोर भएको गुनासो आउन थालेको भन्दै राप्रपा नगर समितिले चिन्ता व्यक्त गरेको हो ।
नगर अध्यक्ष रञ्जु प्याकुरेलले विज्ञप्ति जारी गर्दै त्यस्ता अपराधजन्य घटना नियन्त्रण गर्नु तथा विभिन्न समयमा भएका शंकास्पद मृत्यु र हत्याका घटनामा संलग्नको पहिचान गरी कानूनी कठघरामा उभ्याउन आग्रह पनि गरेकी छन् । गत पुसयता विर्तामोड नगर क्षेत्रभित्रका ४ जनाको शंकास्पद मृत्यु भएपनि ती कुनै पनि घटनाको दोषी पत्ता नलागेको भन्दै अध्यक्ष प्याकुरेलले गम्भीर अपराधमा संलग्न पत्ता लगाई कानूनी कठघरामा उभ्याउन माग पनि गरेको हो ।
अपराधका घटनामा संलग्नलाई कारवाहीको दायरामा ल्याई आम नागरिकलाई सुरक्षाको अनुभूति दिलाउन पनि माग गरेकी छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2विर्तामोडको सुरक्षा अवस्थाप्रति राप्रपा नगरसमितिद्वारा ध्यानाकर्षण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img