Homeसमाचारआन्तरिक राजश्व भद्रपुरको राजश्व संकलनमा ३६.५४ प्रतिशत बृद्धि

आन्तरिक राजश्व भद्रपुरको राजश्व संकलनमा ३६.५४ प्रतिशत बृद्धि

भद्रपुर । आन्तरिक राजश्व कार्यालय झापाले गत आर्थिक वर्ष २०७७/२०७८ मा लक्ष्य भन्दा ३६.५४ प्रतिशत बढी राजस्व संकलन गर्न सफल भएको छ । कोरोना संक्रमणले लकडाउन भएर आर्थिक गतिविधिमा कमी आएको बताइरहेका बेला आन्तरिक राजश्व कार्यालय भद्रपुर भने लक्ष्य भन्दा ३६.५४ प्रतिशत बढी राजस्व संकलन गर्न सफल भएको कार्यालय झापाका प्रमुख युवराज श्रेष्ठले जानकारी दिए ।
यो अघिल्लो आर्थिक वर्षको तुलनामा १२६ प्रतिशतले बढी हो । कार्यालयले गतवर्ष ३ अर्ब ३६ करोड राजश्व संकलनको लक्ष्य राखेको भएपनि लक्ष्य भन्दा ३६.५४ प्रतिशतले बृद्धि गर्दै ४ अर्व ११ करोड रुपैयाँ राजश्व संकलन गरेको जनाएको छ । कार्यालयले अघिल्लो आवमा ३ अर्ब १ करोड राजश्व संकलन गरेको थियो ।
कार्यालयका अनुसार आयकर वापत १ अर्ब ८१ करोड, मूल्य अभिबृद्धि कर १ अर्ब ८५ करोड, अन्तशुल्क वापत ४४ करोड र स्वास्थ्य सेवा करबापत ९२ लाख रुपैयाँ असुली भएको जनाइएको छ । यो प्रगतिसंगै आन्तरिक राजश्व कार्यालय भद्रपुर विभिन्न कार्यगत सूचकांङ्कमा ग्रेडिङ ए मा रहेको बताइएको छ ।
कार्यालय प्रमुख श्रेष्ठका अनुसार अघिल्लो वर्षको तुलनामा गत आवमा झण्डै ३० हजार बढी करदाता संख्यामा बृद्धि भएको छ । अघिल्लो आवमा ७० हजार बढी करदाता रहेका थिए । त्यसमा ३० हजार बढी बृद्धि भएर गत आवमा एकलाख बढी पुगेको हो ।
कोरोना संक्रमणले लकडाउन भएपनि करबृद्धि हुनुका पछाडि केही खास कारण रहेको श्रेष्ठले बताए । उनले भने–लकडाउनलाई हामीले अवसरका रुपमा उपयोग गर्यौं, सिमानाकामा आवत–जावतमा प्रशासनले गरेको कडाईसंगै चोरी निकासीमा कमी आयो जसका कारण आन्तरिक खपतमा बृद्धि हुँदा करमा पनि बृद्धि भएको हो ।’ उनले अगाडि भने–‘सिमावर्ती छिमेकी मुलुकका बजारमा खरिद गर्न जाने क्रम घटेसंगै यहाँका उद्योगहरुको उत्पादन क्षमतामा बृद्धि समेत भएको छ, आयात बैध हुनुका साथै कार्यालयको सक्रियताका कारण लकडाउनमा पनि अघिल्लो वर्षको तुलनामा गत आवमा राजश्व संकलनमा बृद्धि भएको हो ।’

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारआन्तरिक राजश्व भद्रपुरको राजश्व संकलनमा ३६.५४ प्रतिशत बृद्धि
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img