विर्तामोड ३२ साउन । विर्तामोड नगरपालिका १० स्थित मधु पोखरीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने भएको छ ।
विराट आधारभूत संस्थाको सहजीकरणमा पोखरीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नका लागि पोखरी आसपासका लगभग ५० घरलाई नमूना बस्तीका रुपमा विकास गर्नका लागि शनिबार अन्तरक्रिया सम्पन्न भएको छ ।
विर्तामोड नगरपालिका वडा नं.–१० का विभिन्न टोल तथा संस्थाहरुको सहभागितामा मधु पोखरीको पर्यटकीय संभावना र नमूना बस्तीका बारेमा अन्तरक्रिया सम्पन्न भएको हो ।
टोलका अध्यक्ष तुलसी सुवेदीको अध्यक्षता तथा विर्तामोड–१० का वडाध्यक्ष दुर्योधन गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न अन्तरक्रियामा वडा सदस्य तथा कार्यपालिका सदस्य गीता घिमिरे, वडा सदस्यहरु अर्जुन सिटौला, भक्तसिं राजवंशी लगायत सहभागीले आ–आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि गुरुङले मधु पोखरी र विराटपोखरलाई पर्यटकीयस्थलका रुपमा विकास गर्न स्थानीयवासीको सहयोग जरुरी रहेका बताउनु भयो । उहाँका अनुसार मधु पोखरीलाई पर्यटकीय विकास र नमूना बस्तीका लागि प्रदेश सरकारले २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
मधु पोखरी क्षेत्रमा नमूना बस्ती बनाइने
































































































