Homeसमाचारविराटपोखर महिला समूहको साधारणसभा

विराटपोखर महिला समूहको साधारणसभा

विर्तामोड ३२ साउन । विराटपोखर महिला समूहको दोस्रो साधारणसभा शनिवार सम्पन्न भएको छ ।
महिला शसक्तिकरण, समाजभित्रका कुसंस्कार र कुरितीका विरुद्ध काम गर्ने उद्देश्यले स्थापित महिला समूहको दोस्रो साधारणसभामा बोल्ने वक्ताहरुले भ्रष्टाचार विरुद्धको शिक्षा घरैबाट सुरु गर्नुपर्ने धारणा राखेका थिए ।
देशमा भ्रष्टाचार व्यापक बढेको भन्दै उनीहरुले महिला समुहले भ्रष्टाचार विरुद्धको नैतिक शिक्षा दिन सुरु गर्नुपर्ने धारणाा राखेका थिए ।
समूहकी अध्यक्ष कृष्णकुमारी शर्मा प्रसाईको अध्यक्षता तथा विर्तामोड नगरपालिका वडा नं.–१० का वडाध्यक्ष दुर्योधन गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि गुरुङ, वडा सदस्य तथा विर्तामोड नगर कार्यपालिका सदस्य गीता पोखरेल, वडासदस्य भक्तसिं राजवंशी, समूहका सल्लाहकार इन्द्र प्रसाई, नारायण शिवाकोटी, मनु मुखिया, ज्येष्ठ नागरिक वडा संयोजक देवी दंगाल, बसन्त बचत सहकारी संस्थाका अध्यक्ष रुपनारायण मुखिया लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
समूहको सांगठानिक प्रतिवेदन अध्यक्ष प्रसाईले प्रस्तुत गरेको कार्यक्रममा प्रगति प्रतिवेदन सचिव अञ्जना गौतम र कोषाध्यक्ष दीपा दंगाल प्रसाईले आय–व्यय समेटिएको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
गीता भण्डारीले सञ्चालन गरेको स्वास्थ्य शिविरमा सहयोग गर्ने डा. डेज गौतम, संगीता प्रसाई र दिपेन्द्र पोखरेललाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारविराटपोखर महिला समूहको साधारणसभा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img