खुदुनावारी । निरन्तरको वर्षातका कारण झापा अर्जुनधारा २ का जगत श्रेष्ठको घर भत्किएको छ ।
विगत ३/४ दिनयता निरन्तर पानी परेकासंगै माटो गलेका कारण घर भत्किंदा घरभित्र पुरिएका सामग्री नेपाल रेडक्रसकर्मी र सुरक्षाकर्मीको टोलीले निकाल्ने काम गरेको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिनुभयो । घर भत्किएर विस्थापित श्रेष्ठ परिवारलाई छिमेकीको घरमा राखिएको छ भने रेडक्रस सोसाइटीले आइतबार राहत प्रदान गर्ने तयारी गरेको बताइएको छ ।
निरन्तरको वर्षातका कारण शनिबार मध्यान्ह्रसम्म झापामा डुवान र कटानको जोखिम बढेपनि त्यसपछि पानी पर्नेक्रम कम हुँदै गएसंगै शनिबार अपरान्ह्रपछि भने केही कम भएको छ ।
अर्जुनधारा–२ का श्रेष्ठको भत्किएको घरमा पुरिएका सामाग्री निकाल्दै रेडक्रस र सुरक्षाकर्मी



















