काठमाडौं । महामारीमा फ्रन्टलाइनमा संघर्षरत योद्धाहरूको कदर गर्दै बनाइएका चित्रकलालाई काठमाडौं महानगरपालिकाले नष्ट गरेसंगै काठमाडौंका मेयर विद्यासुन्दर शाक्य चित्रसंग पनि डराएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् ।
‘कलाकारहरू सांगे थिन्ले लामा, किपा शेर्पा र सुमिना श्रेष्ठ लगायतले फ्रन्टलाईनमा जुधिरहेका स्वास्थ्यकर्मी, सफाइकर्मी, प्रहरी, पत्रकार र शव व्यवस्थापनमा खटिएका योद्धाहरूको सामूहिक चित्र दुई साताअघि काठमाडौंको एक पर्खालमा निर्माण गरेका चित्र काठमाडौं महानगरपालिकाका मेयर एवम् एमालेका नेता विद्यासुन्दर शाक्यको निर्देशनमा रत्नपार्कस्थित आकाशे पुलमा बनाइएको चित्र नगर प्रहरी प्रयोग गरेर मेटाइएको थियो ।

चित्र मेटाएसंगै नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै विरोध जनाएका हुन् । महामारीमा फ्रन्टलाइनमा संघर्षरत योद्धाहरूको कदर गर्दै कसैले पनि कुनै पनि तरिकाले सम्मान प्रकट गर्दा त्यसलाई सह्राहना गरिनुपर्दछ । त्यस विपरीतको ब्यवहार निन्दनीय हुन्छ ।’
‘अनेकौं समाचारको भिडमा महानगरलाई यो सामान्य लागेको हुनसक्छ’, उनले भने, ‘लिखित अनुमति लिएर, फ्रन्टलाईनमा जुधिरहेकाको सम्मानमा चित्र बनाउँदा बधाई होइन अपमान गरिनु सभ्य र सु–संस्कृत समाज अनुरुपको ब्यवहार किमार्थ हुन सक्दैन ।’–विज्ञप्तिमा भनिएको छ ।
‘काठमाडौंको अनेक स्थानमा थुप्रिएका फोहोरले होइन त्यो चित्रले शहरको सौन्दर्यमा असर गरेको थियो ? महानगर स्वयंले चित्र निर्माण गर्ने योजना हो त के त्यो एउटा चित्रले शहरका सबै पर्खाल ओगटेको थियो ? यस्तो आवेगयुक्त र अपमानजनक ब्यवहारबाट नकारात्मक सन्देश प्रवाह गरिनु कति न्यायोचित छ ?’ शर्माले प्रश्न गरेका छन् ।
मेयर शाक्यको निर्देशनमा फ्रन्टलाइनमा संघर्षरत योद्धाहरुको सम्मान बनाइएको चित्र प्रहरी लगाएर मेटाइएको थियो । यसले महामारीमा फ्रन्टलाइनरको मात्र नभएर कलाकारको समेत अपमान भएको प्रवक्ता शर्माले बताएका छन् ।



















