Homeसमाचारपार्टी सभापतिमा उम्मेद्वारी दिने कांग्रेस नेतृ कोइरालाको घोषणा

पार्टी सभापतिमा उम्मेद्वारी दिने कांग्रेस नेतृ कोइरालाको घोषणा

झापा । नेपाली कांग्रेको आसन्न १४ औं महाधिवेशनमा सुजता कोइरालाले आफू पार्टीको सभापतिमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ ।
गिरीजाप्रसाद कोइरालाको ९८ औं जन्मजयन्तीको अवसरमा जिपी फाउण्डेसन महिला विभागले आयोजना गरेको ‘वर्तमान अवस्थामा गिरिजाप्रसाद कोइरालाको भूमिका र महिला सहभागिता’ विषयक भर्चुअल कार्यक्रमको उद्घाटन गर्दै नेतृ कोइलालले पार्टी सभापतिमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको हो ।
गिरिजाप्रसादकै पालामा महिला सहभागिताको सुनिश्चितता गरिएको स्मरण गर्दै नेतृ कोइरालाले हारजित जे भएपनि पार्टी सभापतिमा आफूले उम्मेद्वारी दिने बताउनु भएको हो। पार्टीका मुख्य पदमा महिलाको नेतृत्व स्थापनाका लागि पार्टीको विधान अझै अस्पष्ट हुनु दुःखद रहेको उल्लेख गर्दै संविधानका मर्म र भावना अनुसार पार्टीका पदाधिकारीमा पनि महिला सहभागिताको सुनिश्चितता गर्नुपर्ने बताउनु भयो । नेतृ कोइरालाले पार्टीभित्र महिलाको सहभागिता ५० प्रतिशत सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।
आरक्षणले सहभागिता बढाउने भएपनि क्षमता बृद्धि नहुनेतर्फ सचेत गराउँदै नेतृ कोइरालाले प्रतिष्पर्धा गर्नपनि तयार हुनुपर्नेमा जोड दिंदै आफूले पार्टीको सभापतिमा उम्मेद्वारी दिने बताउनु भएको हो ।
देवा डाँगीले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत तथा औचित्यमाथि प्रकाश कार्यक्रमका अध्यक्ष तथा जिपी फाउण्डेसनका महिला विभाग प्रमुख उमा शिवाकोटीले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारपार्टी सभापतिमा उम्मेद्वारी दिने कांग्रेस नेतृ कोइरालाको घोषणा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img