टाघनडुब्बा । आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि झापा गाउँपालिकाले ४५ करोड, ७४ लाख ५ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाकी उपप्रमुख कुन्तीदेवि बुढाथोकीले ४५ करोड, ७४ लाख ५ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको हो ।
गाउँपालिकाले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट सार्वजनिक गरेको छ । पूर्वाधार विकासतर्फ ११ करोड, ९० लाख, आर्थिक विकास तर्फ २ करोड, ३३ लाख रुपैयाँ विनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेम थापाले जानकारी दिनुभयो । त्यस्तै सामाजिक विकासतर्फ २ करोड ७० लाख, ३० हजार रुपैयाँ बजेट वियोजन गरिएको छ । पालिकाले ल्याएको बजेट बिहीबार नै पारित भएको थापाले दिनुभयो । गाउँपालिकाका अध्यक्ष जयनारायण साहको अध्यक्षतामा सभा सम्पन्न भएको हो
स्थानीय तहले असार १० गतेसम्ममा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने व्यवस्था अनुसार झापाका अधिकांश स्थानीय तहले बिहीबार नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । झापाका सात गाउँपालिका मध्ये बाह्रदशी गाउँपालिका बाहेक अन्यले १० गते (आज) बजेट प्रस्तुत गरेका हुन् ।
झापा गाउँपालिकाको बजेट ४५ करोड, ७४ लाख ५ हजार रुपैयाँ
