HomeFeatured 2मेचीनगरको आगामी आव ०७८/०७९ को बजेट १ अर्ब बढी, बजेट कार्यान्वयनमा जोड

मेचीनगरको आगामी आव ०७८/०७९ को बजेट १ अर्ब बढी, बजेट कार्यान्वयनमा जोड

काँकडभिट्टा । मेचीनगर नगरपालिकाले आगामी आर्थिक बर्ष ०७८/०७९ का लागि १ अर्ब भन्दा बढीको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको आठौं नगर सभाका अवसरमा नगर उपप्रमुख मीना पोखरेल उप्रेतीले १ अर्ब ५३ करोड ६३ लाख २९ हजार ३ सय ५४ रुपैयाँको वार्षिक बजेट प्रस्तुत गर्नुभएको हो ।
मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष ०७८/०७९ को नीति तथा कार्यक्रमलाई प्राथमिकतामा राखेर उपप्रमुख उप्रेतीले वजेट सार्वजनिक गर्नुभएको हो ।
उपप्रमुख उप्रेतीले प्रस्तुत गर्नुभएको बजेट बक्तव्यमा आन्तरिक स्रोततर्फ २७ करोड २७ लाख ७२ हजार ६४ रुपैयाँ, संघीय सरकार वित्तीय समानीकरण अनुदानतर्फ २६ करोड ५८ लाख, संघीय सरकार राजश्व बाँडफाँडतर्फ १४ करोड ५८ लाख ६० हजार, प्रदेश सरकार वित्तीय समानीकरण अनुदानतर्फ १ करोड ६० लाख ३७ हजार, प्रदेश सरकार राजश्व बाँडफाँडतर्फ १ करोड ६४ लाख १० हजार २९० रुपैयाँ गरी कुल ७० करोड २३ लाख ७ हजार २ सय ९० रुपैयाँ आय प्रस्ताव पेश गरिएको छ ।
संघीय सरकार सःशर्त अनुदान चालुतर्फ ३७ करोड ५१ लाख, संघीय सरकार सःशर्त अनुदान पूँजीगततर्फ ८ करोड ६९ लाख, संघीय सरकार विशेष पूँजीगत अनुदानतर्फ १ करोड ६६ लाख, संघीय सरकार समपुरक अनुदानतर्फ २ करोड ८ लाख गरी कुल ४९ करोड ९४ लाखसमेत कुल १ अर्ब २० करोड १७ लाख ७ हजार २ सय ९० को आय उपप्रमुख उप्रेतीले नगर सभामा प्रस्तुत गर्नुभएको थियो ।
यसैगरी, प्रदेश नम्बर १ सरकार समपुरक अनुदानतर्फ १ करोड, प्रदेश सःशर्त अनुदानतर्फ १ करोड ५० हजारसमेत आयमा समावेश गरिएको छ । नगरपालिकाले चालु आर्थिक वर्ष ०७७/०७८ मा सञ्चालन गरेका बहुवर्षिय याेजना भौतिक पूर्वाधारतर्फका योजनामा विनियोजित रकम खर्च हुन नसकि आगामी आर्थिक वर्ष ०७८/०७९ को मौज्दात रकमको रुपमा रहने गरी ३० करोड रुपैयाँ बजेटमा समावेश गरि मेचीनगर नगरपालिकाको आर्थिक वर्ष ०७८/०७९ का लागि कुल आय —व्यय १ अर्ब ५३ करोड ६३ लाख २९ हजार ३५४ रुपैयाँको वार्षिक बजेट उपप्रमुख उप्रेतीले प्रस्ताव गर्नुभएको हो ।
चालु आर्थिक वर्ष ०७७/०७८ को बजेट तर्जुमाका लागि छैठौं नगरसभाबाट १ अर्ब ३५ करोड ५८ लाख आयसहितको नीति तथा कार्यक्रम स्वीकृत भएकोमा नेपाल सरकार र प्रदेश नम्बर १ सरकारबाट चालू आर्थिक वर्ष ०७७/०७८ को विभिन्न समयमा विनियोजन भइ आएको समपूरक तथा विशेष अनुदान वापतको कार्यक्रम अनुसारको शर्त अनुदानको रकम संघीय संसद्का सदस्य मार्फत स्थानीय पूर्वाधार विकास कार्यक्रमका लागि प्राप्त रकम प्रदेश सभा सदस्य मार्फतको निर्वाचन क्षेत्र विकास कार्यक्रम वित्तिय हस्तान्तरणअन्तर्गत प्राप्त भएको रकम बजेटमा समावेश गर्नुपर्ने निर्देशन अनुसार साविक बजेट तथा कार्यक्रम सातौं नगरसभाबाट सार्वजनिक भएको कार्यक्रममा उपप्रमुख उप्रेतीले जानकारी गराउनुभयो । चालु आव ०७७/०७८ मा कुल बजेटको मेचीनगर नगरपालिकातर्फ प्रशासनिक खर्च शीर्षकमा रकम १७ करोड ४७ लाख विनियोजन भएकोमा जेठ मसान्तसम्म ११ करोड ४२ लाख ९१ हजार ९७ रुपैयाँ खर्च भएर ६५ प्रतिशत र पूजीँतर्फ ६४ करोड ७२ लाख १० हजार विनियोजन भएकोमा जेठ मसान्तसम्ममा २० करोड ९५ लाख ४ सय ४० रुपैयाँ खर्च भएर ३२ दशमलव ३७ प्रतिशत वित्तिय प्रगति हासील भएको उहाँले पेश गरेको बजेट वक्तव्यमा उल्लेख छ ।
विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण आर्थिक वर्ष ०७७/०७८ मा संघीय सरकारबाट राजस्व वाडफाडतर्फ १४ करोड ४८ लाख ४० हजार आय अनुमान गरिएकोमा हालसम्म १० करोड ६० लाख ६० हजार प्राप्त भएको छ । तथा असार मसान्तसम्ममा थप १ करोड ३९ लाख ३४ हजार प्राप्त हुदाँ २करोड ४८ लाख ३७ हजार ७ सय २० न्यून हुने बजेटमा देखिन्छ । प्रदेश नम्बर १ सरकारबाट राजस्व बाडफाड वापत १ करोड ७५ लाख ९६ हजार आय अनुमान गरिएकोमा हालसम्म सवै रकम प्राप्त भएको बताइएको छ । त्यस्तै आन्तरिक आयतर्फ १६ करोड ७९ लाख ७८ हजार रुपैयाँ अनुमान गरिएकोमा हालसम्म ११ करोड ४० लाख २८ हजार र असारमसान्तसम्म थप १ करोड ५ लाख प्राप्त भएर कुल १२ करोड ९० लाख २८ हजार रुपैयाँ हुन गई ३ करोड ८९ लाख ५० हजार रुपैयाँ बजेट न्यून हुने र दहत्तर बहत्तरको ४० प्रतिशत रकम १ करोड ४८ लाख ११ हजार प्रदेश सरकारलाई राजस्व बाडफाड दिदाँ ७ करोड ३२ लाख २० हजार रुपैयाँ न्यून हुन गई सोहि रकम बराबरका योजनाहरु प्रभावित हुने अवस्था उपप्रमुख उप्रेतीले नगरसभामा जानकारी गराउनुभयो ।
नगरप्रमुख विमल आचार्यले नगरका विभिन्न चुनौतीहरुलाई सामना गदैं नगरको विकास सुशासन र समृद्घिको कार्यलाई मुल ध्येयका साथ अघि बढाउने गरी आगामी आर्थिक वर्ष ०७८/०७९ को वजेटको स्रोत र सीमा निर्धारण गरी सो को कार्यान्वयनका लागि तयार गरिएको सुशासन तथा क्षमता विकास, सामाजिक विकास, पूर्वाधार विकास, वन वातावरण तथा विपत्त व्यवस्थापन, आर्थिक विकास, विधेयक सम्बन्धि ८२ बुदाँको नीति तथा कार्यक्रम नगरसभामा प्रस्तुत गर्नुभयो ।
नगर सभाको उद्घाटन प्रमुख अतिथि पूर्व सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार काकी प्रदेश नम्बर १ का प्रदेश सदस्य गोपालचन्द्र बुढाथोकी, श्रीप्रसाद मैनाली, संविधान सभा सदस्य तथा मेचीनगर नगरपालिकाका पूर्व नगर प्रमुख रविन कोइराला, संविधान सभा सदस्य उषा गुरुङ नेकपा एमाले मेचीनगर अध्यक्ष खेमराज पोखरेल, नेपाली काँग्रेसका १ नम्बर क्षेत्रीय सभापति मणिकुमार उप्रेती, नेकपा माओवादी केन्द्रका मेचीनगर अध्यक्ष पुष्प गुरागाईँ, जनता समाजवादी पार्टीका पवन मेचे, राष्ट्रिय प्रजातन्त्र पार्टीका झापा जिल्ला सदस्य सुशील आचार्यलगायतले नीति तथा कार्यक्रम र बजेटलाई कार्यान्वयन गर्न आग्रह गर्नुभएको थियो । नगर उपप्रमुख उप्रेतीले स्वागत गरेको नगर सभा उद्घाटन कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले गर्नुभएको थियो

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2मेचीनगरको आगामी आव ०७८/०७९ को बजेट १ अर्ब बढी, बजेट कार्यान्वयनमा जोड
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img