HomeFeatured 2मेची अभियानद्वारा पाँचवटा कन्सन्ट्रेटर हस्तान्तरण

मेची अभियानद्वारा पाँचवटा कन्सन्ट्रेटर हस्तान्तरण

बुद्धशान्ति । मेची अभियानले झापाका तीनवटा स्वास्थ्य संस्थालाई पाँचवटा टुवे कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ। बुद्धशान्ति गाउँपालिकाको आइसोलेसन सेन्टरलाई दुई, मेचीनगरको धाइजन स्वास्थ्य चौकीको आइसोलेसनलाई एक र मेची आम्दा अस्पताललाई दुईवटा टुवे कन्सन्ट्रेटर हस्तान्तरण गरेको हो । मेची अभियानका परिकल्पनाकार विश्वप्रकाश शर्माले ती कन्सन्ट्रेटर हस्तान्तरण गरेको अभियानका संयोजक विजय डालमियाले बताए । एकपटकमा दुईजनाले प्रयोग गर्न मिल्ने एउटा कन्सन्ट्रेटरको मूल्य तीन लाख रुपैयाँ भन्दा बढी पर्ने जनाइएको छ । ति कन्सन्ट्रेटर करुणा फाउन्डेसनले उपलब्ध गराएको हो । बुद्धशान्ति गाउँपालिकाको आइसोलेसन सेन्टरमा चारजना र धाइजन स्वास्थ्य चौकीको आइसोलेसनमा एकजना कोभिडका सक्रिय संक्रमित उपचाररत छन् । कांग्रेस प्रवक्ताको पहलमा २५ वटा कन्सन्ट्रेटर आउने जनाइएको छ । पहिलो चरणमा पाँचवटा आएको संयोजक डालमियाले बताए। आवश्यकता हेरेर जिल्लाका सरकारी स्वास्थ्य संस्था र बाहिरी जिल्लामा समेत हस्तान्तरण गरिनेछ। मेची आम्दामा र धाइजनको नगर प्रमुख विमल आचार्य र बुद्धशान्तिमा गाउँपालिका अध्यक्ष रमेश भूजेललाई हस्तान्तरण गरिएको हो । मेची अभियानले जिल्लामा अहिले कोभिडसँगै ननकोभिडलाई सघाऔँ अभियान चलाएकोछ । सो अभियान अन्तरगत मेचीनगर नगरपालिकाका १५ वटै वडा, खुदुबाबारी, झापा र गौरीगञ्जमा स्वयंसेवक समूह बनाएर मिर्गौला, उच्चरक्तचाप, मधुमेह र मुटु ९केएचडिसी० रोगका बिरामीलाई सेवा दिइरहेको छ । बिरामीलाई जुममार्फत सम्पर्क गराएर टेलिमेडिसिन सेवा उपलब्ध गराइरहेको अभियानका सचिवालय संयोजक पुष्पराज पौडेलले बताए।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2मेची अभियानद्वारा पाँचवटा कन्सन्ट्रेटर हस्तान्तरण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img