HomeFeatured 2आगामी आवका लागि प्रदेश १ को नीति तथा कार्यक्रम बहुमतले पारित

आगामी आवका लागि प्रदेश १ को नीति तथा कार्यक्रम बहुमतले पारित

झापा । प्रदेश १ नं. सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि ल्याएको बार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । आइतबार (आज) प्रदेशसभामा निर्णयार्थ प्रस्तुत गरिएको नीति तथा कार्यक्रमलाई जनता समाजवादी पार्टीले समर्थन परेपछि बहुमतका साथ पारित भएको हो । सरकारले आफ्नो दलको तर्फबाट राखेको प्रस्तावलाई समर्थन जनाएको भन्दै यादवले बार्षिक नीति तथा कार्यक्रममा पेश गरेको संसोधन प्रस्ताव फिर्ता लिएर नीति तथा कार्यक्रम पारित गर्नका लागि सहज बनाइदिएको थियो ।
यसअघि सरकारको बार्षिक नीति तथा कार्यक्रममा चुरे संरक्षणसम्बन्धी बिषयलाई समेट्न जनता समाजवादी संसदीय दलका नेता जयराम यादवले राखेको संसोधन प्रस्ताव मुख्यमन्त्री शेरधन राईले स्वीकारयोग्य भएको बताएका थिए ।
९३ सदस्यीय प्रदेशसभामा एमालेका सभामुखबाहेक ५० सांसद र जनता समाजवादीका तीन जना सांसद रहेका छन् । बहुमतका लागि एमाले एक्लैको बहुमत पुग्ने भएपनि जनता समाजवादीसमेतले संसोधन प्रस्ताव फिर्ता लिएपछि सरकारलाई अझ सहज भएको हो ।
जेठ २७ गते बिहीबार प्रदेश प्रमु्ख सोमनाथ प्यासीले सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा पेश गरेका थिए । विपक्षी दलहरुले सरकारले कार्यान्वयनमा कहिल्यै इमान्दारिता नदेखाएको भन्दै यसअघि प्रस्तुत भएका तीन वटा नीति तथा कार्यक्रहरुको २५ प्रतिशत हिस्सा पनि कार्यान्वयन नभएको बताउँदै आएका छन् ।
आव ०७८/०७९ को नीति तथा कार्यक्रममा चालु वर्षमा झैं स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकता दिइएको छ । आइतबार बहुमत पु¥याउन एमालेले कोरोना संक्रमित भएर होम आइसोलेसनमा बसेका दुई राज्यमन्त्री र एक प्रदेशसभा सदस्यलाई समेत बैठकमा अलग्गै कक्षमा राखेर सहभागी गराएको थियो।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2आगामी आवका लागि प्रदेश १ को नीति तथा कार्यक्रम बहुमतले पारित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img