Homeसमाचारविर्तामोडको फोहोरमैलाको जिम्मा काठमाडौंको निराकारलाई

विर्तामोडको फोहोरमैलाको जिम्मा काठमाडौंको निराकारलाई

विर्तामोड । झापाको बिर्तामोड नगरपालिकाको फोहोर व्यवस्थापनको जिम्मा निजी संस्थालाई दिइएको छ ।
असार १ गतेदेखि लागु हुने गरी काठमाडौंको कागेश्वरी नगरपालिका–८ मनोहरास्थित निराकार सरसफाइ सेवा प्रालिले पाएको छ ।
निराकारले आगामी तीन वर्षका लागि सो जिम्मेवारी पाएको पाएको विर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालले जानकारी दिनुभयो ।
नगरपालिकाले कार्यविधि र ऐन बनाएर स्वच्छ, सफा , हराभरा बनाउने जिम्मेवारी निराकारलाई दिएको हो। तोकेको मापदण्ड पूरा गरेपछि निराकार छनोट भएको जनाइएको छ । त्यसका लागि बिर्तामोड नगरपालिकाले दुईपटक सार्वजनिक सूचना गरेको थियो। पहिलो पटकको सूचनामा निराकारसहित दुई कम्पनीका निवेदन परेका थिए ।
ती निवेदन तोकिएको मापदण्डभित्र नपरेको भन्दै नगरपालिकाले पुनः दोस्रोपटक सूचना सार्वजनिक गरेको थियो। दोस्रो सूचनामा निराकारले मात्रै निवेदन दिएको थियो । दोस्रो निवेदनमा मापदण्ड पु¥याएपछि फोहोरो व्यवस्थापनको जिम्मेवारी निराकारलाई दिइएको नगरपालिकाले जनाएको छ । नगरपालिका र निराकारबीच सोमबार सम्झौता भएपछि मंगलबारदेखि निराकारले फोहोर व्यवस्थापनको काम शुरु गर्ने भएको छ । निराकारले १० लाख धरौटी राखेर काम गर्ने जिम्मेवारी लिएको बताइएको छ ।
विर्तामोडको सरसफाईको जिम्मेवारी निराकारलाई दिएको भन्ने सम्बन्धमा सोमबाहर विर्तामोड नगरपालिकामा एक पत्रकार भेटघाट गरी जानकारी दिनुका सार्थ नगरपालिका र निराकारबीच भएको सम्झौता पत्र हस्तान्तरण गरिएको थियो ।
नगरपालिकाको फोहोर व्यवस्थापनमा अहिले प्रयोग गरिरहेको चार वटा ट्याक्टर निराकारले प्रयोग गर्न पाउँने छ । फोहोर व्यवस्थापनमा अहिले खटिएका १९ कर्मचारीको मासिक तलब भुक्तानी गर्ने दायित्व पनि निराकारको हुनेछ। त्यसमा चार ट्याक्टर चालक र १४ अन्य कर्मचारी रहेका छन् । उनीहरूले मासिक १५ हजार तलब पाउने गरेका छन्। निराकारले सवारी साधन चलाए बापत नगरपालिकालाई भाडा तिर्नेछ।
शर्तहरु ः
निराकारले फोहोरमैला व्यवस्थापन गरेबापत नगरबासीसँग सरसफाइ मासिक शुल्क लिनेछ । अढाइ तलासम्म घर भएको एक परिवारले मासिक १९० रुपैयाँ तिर्नपर्नेछ । तला बढी भए प्रतितला थप ५० रुपैयाँ थप हुने बताइएकोछ ।
कम्पनीले फोहोर उठाएबापत लिन पाउने मूल्यमध्ये सबैभन्दा बढी सिनेमा हल र वधशालाहरुले तिर्नुपर्ने छ । मासु पसलले प्रतिट्रक २५ सयसम्म तिर्नु पर्नेछ । पार्टी प्यालेस, भोज आयोजना स्थललले प्रतिट्रक २९ सयसम्म शुल्क निर्धारण गरिएको छ  । नगरबासीले अनिवार्य सदस्य बन्नु पर्ने, सदस्य नबन्ने व्यक्ति वा संस्थाले उत्सर्जन गरेको फोहोर निराकारले व्यवस्थापन नगर्ने जनाइएको छ।
फोहोर व्यवस्थापन सहमतिपत्र आदानप्रदान कार्यक्रममा बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटी, बिर्तामोड ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वा, नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गणेशप्रसाद दाहाल, वरिष्ठ कार्यक्रम अधिकृत जय तिम्सिना, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी र निराकारका प्रमुख रविन भट्टराईले मन्तव्य राखेका थिए । प्रमुख शिवाकोटीले फोहोर व्यवस्थापन गर्ने अनुशासन आफूहरूमा नभएको उल्लेख गर्दै जिम्मेवारी दिने प्रक्रिया पु¥याउन साढे तीन वर्ष लागेको बताउनु भयो । सो अवसरमा ठेक्का पाएको निराकार कार्यविधि बाहिर गए कारबाही गर्ने चेतावनी समेत दिनुभयो। निराकारका भट्टराईले बिर्तामोडको फोहोर व्यवस्थापनको कार्यलाई पाइलट प्रोजेक्टका रूपमा व्याख्या गर्दै विर्तामोडलाई नमुना शहर बनाउन लागि पर्ने भट्टराईको भनाई थियो । सो अवसरमा विर्तामोड–६ का वडाध्यक्ष कन्दङ्वाले फोहोर व्यवस्थापन चुनौतीको रूपमा रहेको बताउनु भयो ।
फोहोरमैला व्यवस्थापनको स्थायी डम्पिङ स्थल नभएको बिर्तामोडमा डोमालाल रंगशाला पश्चिमको खाली जमिनमा फोहोरमैला थुपार्ने र गाड्ने गरिँदै आएको छ । निराकारलाई व्यवस्थापनको जिम्मा दिइए पनि डम्पिङ साइटको अभावमा कार्यक्रम सफल हुनेमा नगरबासीले आशंका व्यक्त गरेका छन्।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारविर्तामोडको फोहोरमैलाको जिम्मा काठमाडौंको निराकारलाई
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img