Homeसमाचारस्वास्थ्य शाखाको अव्यवस्थित स्वाब संकलन स्थल र घृणायुक्त व्यवहार

स्वास्थ्य शाखाको अव्यवस्थित स्वाब संकलन स्थल र घृणायुक्त व्यवहार

विर्तामोड । जेठ महिनाको २ गते । मध्यान्ह्र १२ बजेको टन्टलापुर घाममा कोरोना संक्रमण आशंका गर्दै र संक्रमित भएर दोस्रो पटक स्वाब परिक्षणका लागि पुगेका नागरिकहरु खुल्ला चौरमा उभिएका । उनीहरुलाई लिएर गएका आफन्तहरु भने नजिकैको बाँसझाँङका फेदमा शितल छहारी खोज्दै बसेका । यो दृश्य हो विर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाले कोरोना संक्रमण छ वा छैन भनेर परीक्षणका लागि श्वास संकलन गर्ने परिषरको ।
नगरपालिकाको स्वास्थ्य शाखाले मेची आँखा अस्पतालको हाल सेवा चालु रहेको भवनबाट पूर्वतर्फको खाली भवनमा स्वाब संकलनका लागि तयारी गरिरहेको थियो । स्वाब संकलनका लागि नाम टिपाउनेको भीड । स्वाब संकलनका लागि नाम टिप्ने स्वास्थ्यको एउटा टोली उक्त भवनको सबैभन्दा तल्लो तलाको एकाछेउमा बसेर नाम टिपोट गर्ने, स्वाब संकलनका लागि भायलमा नाम लेख्ने कार्य गरिरहेको थियो ।
स्वाब परिक्षणकै लागि पुगेका थिए साझामञ्च डटकमका सम्पादक तथा सञ्चार प्रतिष्ठान प्रदेश–१ का सदस्य गोपाल काफ्ले । कोरोना संक्रमण भएको १० दिनपनि दोस्रो पटकको स्वाब परीक्षणका लागि उनी नाम टिपोट गर्ने तथा भायलमा नाम लेख्ने टोलीको ठिक सामुन्नेमा बसेका थिए । लामो समय बस्नुपर्ने बाध्यताका कारण पिसाब फेर्न जान खोजे । बाटो स्वास्थ्यको टोली बसेको अगाडिबाट थियो । तर, नाम टिपाउन गएकाहरुमाथि गरेको छि छि र घृणाले आफू बैकल्पिक बाटो खोज्न बाध्य भएको काफ्लेले बताए । काफ्लेले भने पिसाब फेर्न जान पनि आधा घण्टा लाग्यो । सिधाबाट यहीबाट छ, तर, त्यता जानै हुँदैन, छि,छि, दुर्दुर र घृणा कति हो कति ?’
स्वाब संकलन गर्दा संक्रमण पुष्टि भएका र नभएका दुवैलाई एउटै कुर्सीमा राखेर स्वाब संकलन गर्ने स्वास्थ्यको टोलीले उनी बसेको ठाउँको एक छेउबाट सहज रुपमा दुरी कायम राखेरै बाथरुमसम्म पुग्न सकिने भएपनि हेय भाव प्रस्तुत गरेपछि कोरोनाले थलिएका संक्रमित र ननसंक्रमितको मन अमिलो भएको हो ।


यसअघि घरबाट स्वाब संकलनस्थलसम्मको अनुभव सुनाउँदै काफ्ले भन्दै थिए–‘सहज हुँदा ३ देखि ५ मिनेटमा आइपुग्ने बाटो हो, तर आज २० मिनेट लाग्यो त्यति आउन । कति कमजोर भइएछ ?’
घामले अतालिएको नागरिकहरु स्वास्थ्यकर्मीको टोली बसेको ठिक अगाडिबाट माथिल्लो तलामा चढ्ने सिंढीमा शितल हुनुका साथै केही विरामी दुरी कायम गरेरै पनि बस्न सक्ने खाली ठाउँ थियो । तर स्वास्थ्यको टिमले नाम टिपाउन उनीहरुका नजिक पुग्नेलाई नै अलि रुखो शब्दमा पर बस्न भनिरहेका थिए ।
संक्रमण छ छैन भन्ने पत्तै नभएका र संक्रमण भएर केही समय विताएका दुवै समस्याका मानिसहरु एकैठाउँमा भेला भएको र स्वाब लिंदा बस्ने कुर्सी समेत एउटै प्रयोग गरेको भन्दै स्वाब परिक्षणका लागि नानीहरु लिएर पुगेका विर्तामोड–४ का दुर्गा मिश्रले आपत्ती जनाए ।
बालबालिकालाई टन्टलापुर घाममा संक्रमण भएका र नभएका एकै ठाउँमा राखेकोप्रति आपत्ती जनाउँदै उनले भने–‘संक्रमितहरु त्यसै विरामी भएर आएका छन्, यो जेठको चर्को घाममा चौरमा उभ्याएपछि उनीहरुको अवस्था के होला ? अनि संक्रमित र ननसंक्रमितको एकै ठाउँमा राखेर स्वाब लिंदैछन्, दुरी कायमको त पुरै खिल्ली उडाइएकोछ यो दृश्य हेर्दा यहीबाट अरुलाई सर्ला जस्तो ।’
स्वास्थ्य शाखाको स्वाब संकलनस्थलको दृष्य देखेका सोम दवाडीले राज्यले संक्रमण घटाउने भन्दा बढाउने टिप्पणी गरे । उनले भने संक्रमण पुष्टि भएर पुनः परीक्षणका लागि आए मैले चिनेका नै ४÷५ जना संक्रमित र संक्रमण छ छैन भन्ने कुरा थाहै नभएकाहरु एकै ठाउँमा छन्, दवाडीले थपे–‘यसरी कसरी घट्छ, राज्यले संक्रमण घटाउने होइन बढाउने रहेछ !’ संक्रमण पुष्टि भएका र नभएकाहरुको स्वाब लिने समय छुट्याउनु पर्ने उनको सुझाव छ ।
त्यसो त स्वाबका लागि आउन सम्पर्क राख्नेलाई घरैमा समय दिएर पनि केही सहजता कायम गर्न सकिने मिश्रको सुझाव छ । उनले भने–‘प्रायः सम्पर्क नगरी आएका छैनन्, सम्पर्क गर्दा नै यति बजे आउनुस् भनेर पनि सजिलो पार्न सकिने उनको सुझाव छ । त्यसो त स्वाब संकलनस्थलको वेतिथी नियालेका उनले उक्त वस्तुस्थिति सुधारका लागि स्वास्थ्यको टोलीलाई पनि सुझाव दिए । तर, आफूले पाएको जवाफ उल्लेख गर्दै भने–‘यस्तै छ यहि पनि जुर्यो भन्नु न ।’
स्वाब परीक्षणका लागि उक्त स्थलमा जनप्रतिनिधि, सञ्चारकर्मीसहित विर्तामोडका स्थानीयको उपस्थिति रहेको थियो । भवनको बाहिरी भागमा बसेर नाम टिपोट तथा भायलमा नाम लेखिएपनि स्वाब संकलन भने चौरी बीचमा रहेको सिंसौंको बिरुवाको फेदमा गरिएको थियो ।
कोरोना स्वास्थ्य मापदण्डले संभव भएसम्म कोरोना संक्रमितले प्रयोग गरेको कुनै कुरा पनि प्रयोग नगर्नु भन्छ, प्रयोग गर्नै परेपनि सेनिटाइज गरेर, साबुनपानीले धोएर मात्र प्रयोग गर्नु भन्छ, तर सरकार मातहतका निकायका आधिकारिक व्यक्तिले नै उक्त कुरा व्यवहारमा ल्याएको पाइन्न ।
संक्रमित त्यसै विरामी, संक्रमण पुष्टि हुन बाँकी रहेकामा पनि घर परिवार आफन्त कसैलाई देखिएको भए शंकाले मानसिक रुपमा एकप्रकारले विरामी नै हुन्छन्, त्यो बेला उनीहरुलाई मिठो बोली, बचन र व्यवहारको खाँचो हुन्छ । तर, महामारीका रुपमा आएको कोरोनाको स्वाब परीक्षणमा गएकाहरुलाई स्वास्थ्यकर्मीले नै रुखो व्यवहार गर्ने हो भने संक्रमणले भन्दा उपेक्षाले रोग प्रतिरोधक क्षमतालाई कमजोर बनाउँछ । त्यसैले विर्तामोड नगरपालिकाले स्वाब संकलनस्थल व्यवस्थापन र नागरिकमा गर्ने व्यवहारमा सुधार गर्ने कि !

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारस्वास्थ्य शाखाको अव्यवस्थित स्वाब संकलन स्थल र घृणायुक्त व्यवहार
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img