काँकरभिट्टा । झापाको मेचीनगर नगरपालिका ९ का ४५ बर्षीय श्याम राईको जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको छ । गत राती साढे १२ बजे मागुरमाढी सामुदायिक वनबाट जंगली हात्ती गाँउ पसेपछि खेदाउने क्रममा राईलाई हात्तीले आक्रमण गरी घाईते बनाएको थियो । घाईतेको राईको मेची अस्पताल भद्रपुरमा उपचारको क्रममा राती सँवा २ बजे मृत्यु भएको हो । हात्तीलाई प्रहरी र स्थानियबासीको सहयोगमा जंगलतर्फ लखेटिएको छ ।

































































































