अर्जुनधारा । विगतमा स्वदेशमा रहँदा विभिन्न सामाजिक संघसंस्थामा क्रियाशिल दुर्गेसजंग कार्की अमेरिकाबाट घर आएका बेला पनि झापाका सडकमा रहेका मानवहरुलाई खाना खुवाउँदै हिड्न थाल्नु भएको छ ।
अमेरिकाको न्यूयोर्कमा बसोबास गर्नुहुने एनआरएनएका अभियान्ता समेत रहनु भएका कार्की कोरोना महामारीका समयमा गृहनगर अर्जुनधारा आइपुगे लगत्तै सडक मानवलाई खाना खुवाउने सामाजिक अभियानमा जोडिनु भएको हो ।

कोरोना महामारीका बेला आफ्नो घर झापाको अर्जुनधारा आउनु भएका कार्की संचार क्षेत्रमा संवद्ध युवाहरुको सडक पेटीलाई आश्रय मानेर बसेका मानिसहरुलाई मानिसहरुलाई खाना खुवाउने अभियानमा सहभागि हुनुभएको हो ।
सडकका मानिसलाई खाना खुवाउने अभियानमा सहभागि हुनुका साथै उहाँले प्रहरी चौकी शनिश्चरेमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई थर्मलगन, मास्क र सेनिटाइजर प्रदान गर्नुभएका दुर्गेसजंगले अर्जुनधारा जलेश्वरधामको गुरुकुलमा रहेका बटुकहरुलाई खाना खुवाउन आर्थिक सहयोगत प्रदान गर्नुभएको सञ्चारकर्मी कौशल कान्छोले जानकारी दिनुभयो ।

उद्योग वाणिज्य संघ अर्जुनधाराका संस्थापक सहसचिव, वातावरण संरक्षण समूह झापाका महासचिव तथा काठमाडौं गएसंगै उद्योग वाणिज्य महासंघको विभिन्न पदिय जिम्मेवारी रहेर कुशलता पूर्वक जिम्मेवारी सम्हाल्नु भएका कार्कीले २०७२ सालको महाभुकम्पमा अमेरिकामा रहेर पनि भूकम्प पीडितलाई सहयोग जुटाउन भूमिका खेल्नु भएको थियो ।
सामाजिक काममा अभिरुची देखाउने कार्कीले झापामै शनिबारबाट एकका लागि एक अभियानले शुरु गरेको अक्सिजन सिलिन्डर बैंक स्थापनाका लागि अक्सिजन सिलिण्डर प्रदान गर्नु भएको छ ।
विगत १५ वर्षयता अमेरिकामा व्यवसाय सञ्चालन गर्दै आउनु भएका कार्कीले कोरोना संक्रमणको पहिलो चरणमा नेपाली समुदाय संघ संस्थाहरुलाई पि पि ई सामग्री निःशुल्क उपलब्ध गराउनु भएको थियो ।

































































































