HomeFeatured 2कोरोना संक्रमणमा सेवा, डा. सुनिलले दिए एम्बुलेन्स

कोरोना संक्रमणमा सेवा, डा. सुनिलले दिए एम्बुलेन्स

विर्तामोड । अक्सिजन, बेड र उपचार नपाएर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या दिनदिनै बढिरहेका छन् ।
सरकार यतिबेला अंकगणितीय खेल र सांसद किनवेचमै ब्यस्त छ । कोरोना संक्रमीतको उपचारमा कुनै कमी हुन नदिने उद्घोष सरकारले गरेपनि ब्यवस्थापनमा भने कमजोर देखिएको छ । अस्पतालमा बेड छैन, उपचारका लागि पर्याप्त स्थान अभाव छ, ‘अक्सिजन अभावमा विरामी मरे अस्पताल जवाफदेही हुने छैन’ भन्ने संवेदनशील मञ्जुरीनामामा विरामीका आफन्तले हस्ताक्षर गरेर विरामी अस्पताललाई सुम्पनुपर्ने बाध्यता जनता भोगिरहेका छन् । कतिपय एम्बुलेन्सले कोभिड–१९ का विरामी बोक्न समेत अस्वीकार गरिरहेका छन् ।
यस संवेदनशील अवस्थामा मुख्य गरी झापा क्षेत्र नं –२ का गरिव तथा असहाय जनतालाई सहुलियत शुल्कमा अस्पतालसम्म पु¥याउने सेवा प्रवाहमा सहज होस भन्ने उद्देश्यले नोबेल मेडिकल कलेजका सञ्चालक तथा नेपाली कांग्रेसका नेता डा। सुनिल शर्माले एकथान एम्बुलेन्स नेपाली कांग्रेस झापा क्षेत्र नं–२ लाई हस्तान्तरण गर्नुभएको छ ।
अत्यन्तै न्युन शुल्कमा गरीव तथा असहाय ब्यक्तिहरुको उपचारार्थ सेवा पु¥याउँदै आएको महिला सामुदायिक अस्पताल बुद्धशान्ति–३ मातहत सञ्चालन हुने गरी शर्माले प्र.१–०१–००१ च ८४०७ नम्बरको एम्बुलेन्स प्रदान गर्नुभएको नेपाली कांग्रेस झापा क्षेत्र नं–२ का सभापति खगेन्द्र मैनालीले जानकारी दिनुभयो ।
उहाँका अनुसार कोरोना प्रभावित तथा अन्य विरामीलाई समेत सेवा दिनेगरी एम्बुलेन्स सञ्चालनमा आइसकेको छ । निःशुल्क रुपान एम्बुलेन्स उपलब्ध गराएर सञ्चालनको वातावरण बनाइदिएकोमा महिला सामुदायिक अस्पतालका अध्यक्ष विष्णु मैनालीले दाता डा. सुनिल शर्मा, नेपाली कांग्रेस झापा र २ नं क्षेत्रीय सभापति खगेन्द्र मैनालीप्रति धन्यवाद तथा कृतज्ञता ज्ञापन गर्नुभएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2कोरोना संक्रमणमा सेवा, डा. सुनिलले दिए एम्बुलेन्स
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img