दमक । जंगली हात्तीको आक्रमणबाट झापाको कमल गाउँपालिका-३ का ४४ बर्षीय जितबहादुर लिम्बुको मृत्यु भएको छ । लिम्बुलाई आज (विहीबार) बिहान साढे ५ बजे विहान मर्निङवाक हिंडेका लिम्बूको एक्कासी जंगली हात्तीसंग भेट हुँदा हात्तीको आक्रमणबाट मृत्यु भएको बताइएको छ । रतुवामाई वृक्षारोपण आयोजनाको जंगलभित्र जंगली हात्तीले आक्रमण गर्दा घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

































































































