Homeसमाचारकोरोना संक्रमणबाट नागरिक बचाउन नगर सरकार गम्भिर बन्न काँग्रेसको चेतावनी

कोरोना संक्रमणबाट नागरिक बचाउन नगर सरकार गम्भिर बन्न काँग्रेसको चेतावनी

भद्रपुर । नेपाली काँग्रेस झापा क्षेत्र नम्बर ३ तथा भद्रपुर नगर समितिले कोरोना संक्रमणको केन्द्र बन्दै गएको भद्रपुर नगर क्षेत्रलाई रोग नियन्त्रणमा खेलवाड भएको भन्दै सच्चिन प्रशासनलाई चेतावनी दिएको छ ।
दैनिक कोभिड १९ संक्रमण तीव्र बन्दै गएको भद्रपुर नगरपालिकामा नगर प्रशासनले न्युनतम आवश्यकताको समेत ख्याल नगर्दा रोगी उपचारमा पुग्न नपाई मर्नुपर्ने बाध्यता रहेको भन्दै काँग्रेसले नगर सरकारलाई जिम्मेवार बन्न अनुरोध सहित सच्चिन चेतावनी दिएको हो ।
काँग्रेसले पछिल्लो पटक कोरोनाका कारण ज्यान गुमाएका भद्रपुरका युवाले अक्सिन नपाउँदा एम्बुलेन्समै जीवन समाप्त भएको प्रति लक्षित गरेर नगर सरकारको लापरवाही सच्याउन माग गरेको छ ।


क्षेत्रीय सभापति गणेश पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ—“भद्रपुर नगरपालिका वडा नं ४ निवासी कोरोना संक्रमित युवा साथी अनुप राजवंशीको भद्रपुर नगरपालिकाद्वारा सञ्चालित एम्वुलेन्समा राखी उपचारका लागि अस्पताल लैजाने क्रममा एम्वुलेन्समा अक्सिजनको व्यवस्था नभएका कारण मृत्यु भएको भन्ने सामाजिक सञ्जाल समेत मार्फत मृतकका परिवारले बताएको तथ्यप्रति हाम्रो पार्र्टी नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ । सामान्य व्यवस्थापकीय जिम्मेवारी भित्र पर्ने यस किसिमका विषयलाई नजरअन्दाज गर्दा त्यसले निम्त्याउने अपुरणीय क्षतिप्रति उच्च सम्वेदनशील हुँदै नगरपालिकाद्वारा सञ्चालित एम्वुलेन्समा अविलम्ब अक्सिजन राख्ने व्यवस्था मिलाउन नगरपालिकाको ध्यानाकर्षण गर्दछौं । साथै संकटको यस घडीमा जनस्वास्थ्य सम्वन्धी मुख्य प्राथमिक कर्तव्यबाट विचलित भद्रपुर नगरपालिका र यसको नेतृत्वलाई आफ्नो सोच तथा कार्यशैलीमा तत्कालै सुधार गर्दै कोरोना संक्रमणको रोकथाम, उपचार तथा नियन्त्रणमा आफ्नो सम्पूर्ण शक्तिलाई परिचालन गरी जवाफदेही ढंगले आफ्नो जिम्मेवारी पूरा गर्न सचेत खवरदारी गर्दछौं, विज्ञप्तीमा उल्लेख छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकोरोना संक्रमणबाट नागरिक बचाउन नगर सरकार गम्भिर बन्न काँग्रेसको चेतावनी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img