HomeFeatured 2कोरोना संक्रमित पत्रकारको घरघरमा आयुर्वेदिक औषधी

कोरोना संक्रमित पत्रकारको घरघरमा आयुर्वेदिक औषधी

झापा । कोभिड महामारी नियन्त्रणका लागि घर–घरमा मेची आयुर्वेद कार्यक्रम अन्तर्गत झापाका कोरोना संक्रमीत पत्रकारहरुलाई आयुर्वेदिक औषधी वितरण गरिएको छ ।
नेपाल पत्रकार महासंघ प्रदेश नं–१ को पहल र नेपाल पत्रकार महासंघ झापा शाखाको समन्वयमा कोरोना प्रभावित पत्रकारको घर–घरमा पुगेर शक्तिवद्र्धक तथा रोग प्रतिरोधक औषधी अश्वगन्ध चूर्ण, गुडुची चुर्ण, यष्टि मधु र त्रीकटुलगायतका औषधी वितरण गरिएको हो ।
मेची अञ्चल आयुर्वेद औषधालय (अस्पताल) इलामले कोरोना भाइरसबाट संक्रमित ब्यक्तिको घर–घरमा पुगेर शरीरको रोग प्रतिरोधी क्षमता बढाउने औषधी वितरण गरिरहेको र यसका लागि घर–घरमा मेची आयुर्वेद कार्यक्रम सञ्चालन गरिरहेको औषधालयका बरिष्ठ कविराज तीर्थराज आचार्यले जानकारी दिनुभयो ।
मेची आयुर्वेद औषधालयका सूचना अधिकारी समेत रहनुभएका आचार्य, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र झापाका डाक्टर अनिलकुमार यादवले पत्रकारहरुको घर–घरमा पुगेर श्वासप्रश्वासको समस्या निदान गर्ने प्रकृतिका योग, प्राणायमहरु भस्त्रीका, कपालभाँती, अनलोम–विलोम, उज्जयी प्राणायम, तथा हस्तपादासन, ताडकाशन लगायतका योगविधिबारे समेत जानकारी दिनुभएको थियो ।


आयुर्वेद औषधिबारे जनविश्वास बढाउँदै कोरोना संक्रमण न्युन गर्ने उद्देश्यले मेची अञ्चल आयुर्वेद औषधालयले प्रदेश तथा संघीय सरकारको निर्देशनमा नभइ आफ्नै सोच र परिकल्पना अनुसार घर–घरमा आयुर्वेद औषधी वितरण गर्ने कार्यक्रम तीनदिन अघिदेखि सञ्चालन गरेको कार्यक्रम संयोजक आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार तीनदिनको अवधिमा औषधालयले इलामका एकसय बढी संक्रमीतको घरमा पुगेर लगभग एकहजार मूल्य बराबरको औषधी वितरण गरिसकेको छ ।औषधालयलाई स्वास्थ्य कार्यालय इलामले औषधी उपलब्ध गराएको पनि उहाँले जानकारी दिनुभयो ।
सहज तरिकाले गर्न सकिने प्राणायम, योग र आयुर्वेदिक औषधिका माध्यमबाट शरीरको रोग प्रतिरोधक क्षमता बढाउन सकिने र आत्मबल दरो बनाए कोरोना भाइरस सहजै जित्न सकिने उहाँको भनाई छ । देशभरका ७७ वटै आयुर्वेद औषधालयहरुले कोरोनाको संक्रमणमा घर–घरमा औषधी वितरण गर्न सके आयुर्वेदिक औषधीको प्रभावबारे सर्वसाधारण समेत जानकार हुने र रोग नियन्त्रणमा धेरै हदसम्म सहयोग पुग्ने उहाँको भनाई छ ।


नेपाल पत्रकार महासंघ प्रदेश नं–१ का सदस्य तोयानाथ भटराई, झापाका अध्यक्ष एकराज गिरी, उपाध्यक्ष केशव भटराई, नेपाल प्रेस युनियन झापाका अध्यक्ष इन्दु पूर्वेली, पत्रकार महासंघ झापा कोषाध्यक्ष रञ्जीत प्रसाई, सदस्य रञ्जित परियार लगायत आयुर्वेद चिकित्सकसहितको टोलीले कोरोना प्रभावित भएर होम आइसोलेशनमा रहनुभएका पत्रकारहरु नरेन्द्र ढकाल, भीमा शिवाकोटी, पारस तिम्सिना, पुष्प बराल, विगम श्रेष्ठ, राजु अधिकारी, दिपेन्द्र पौडेल, पर्वत पोर्तेल, सन्तोष आचार्य लगायतको घर–घरमा पुगेर पत्रकारहरुको स्वास्थ्य अवस्थाबारे पनि जानकारी लिएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2कोरोना संक्रमित पत्रकारको घरघरमा आयुर्वेदिक औषधी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img