विर्तामोड । विर्तामोड नगरपालिकाले बढ्दो कोरोना संक्रमणलाई दृष्टिगत गरी ५० शैयाको आइसोलेसन तयार पारेको छ ।
मेची आँखा अस्पतालको भवनमा अक्सिजनसहित ५० शैयाको आइसोलेसन तयार पारिएको नगरपालिकाले जनाएको हो । बढ्दो कोरोना संक्रमणको दरलाई मध्यनजर गदैं आइसोलेसन तयार गरिएको नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले जानकारी दिनु भयो । आवश्यकता अनुसार आइसोलेसन बेड बढाउने बताउँदै नगर प्रमुख शिवाकोटीले हाल आइसोलेनमा २ जना स्वास्थ्यकर्मीको व्यवस्था गरिएको जानकारी दिनुभयो ।
नगरपालिकाले यस अघि अनारमनीमा रहेको नगर अस्पतालमा अक्सिजन सहित ५ शैयाको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ ।
२ स्वास्थ्यकर्मीसहित विर्तामोडमा ५० शैयाको आइसोलेसन

































































































