Homeसमाचारकोरोना संक्रमित सर्वसाधारणलाई मेचीमा उपचार पाउनै मुस्किल

कोरोना संक्रमित सर्वसाधारणलाई मेचीमा उपचार पाउनै मुस्किल

भद्रपुर । कोरोना संक्रमितको उपचार गर्ने झापाको एक मात्र सरकारी स्वामित्वको अस्पताल मेचीमा सहजै विरामीले उपचार सेवाका लागि प्रवेश गर्न नसक्ने गरेको गुनासो गर्न थालेको छन् ।
कोरोना संक्रमण भए पनि सामान्य अवस्थामा विरामी अस्पताल जान चाँहदैनन् तर स्वास्थ्य जटिलता देखिएपछि बाँच्ने आशमा अस्पताल पुग्न चाहने विरामीले अस्पतालमा भर्ना हुन निकै ठूलो पहुँच लगाउनु पर्ने बाध्यता रहेको पीडितको गुनासो आउन थालेको हो ।
भद्रपुर १० का एक कोरोना संक्रमित पुरूष केही दिनयता कोरोना संक्रमण पुष्टि भएर घरमै उपचार गरिरहेका थिए । उनलाई अघिल्लो दिनबाट स्वास्थ्य समस्या बढ्न थालेपछि भद्रपुरस्थित मेची अस्पतालमा रहेको कोरोना उपचार केन्द्रमा भर्ना हुन प्रयास गरे । परिवार तथा आफन्तले एम्बुलेन्स बोलाउँदा एम्बुलेन्स लिन आएन । नगर स्वास्थ्य शाखामा गुनासो पोखियो सुनुवाइ भएन । वडाध्यक्षदेखि नगर प्रमुखसम्म गुहार्दा जवाफ थियो बेड नै छैन । झण्डै ६ घण्टाको प्रयासपछि अस्पतालमा बाहिरै भए पनि उपचार गर्ने भनेर मेचीमा पुगेका ती विरामीले अगाडि जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीबाट सुने जस्तो देखेनन् । बेड खाली नै थिए तर उपचार गर्ने स्वास्थ्यकर्मीचाहिँ देखिएका थिएनन् । विरामी निको पार्नेभन्दा मरे बाँधेर लैजाने तयारी भने तीब्र देखेपछि अस्पताल यमराजको घर हो कि भन्ने प्रश्नले सताएको उनको दुखेसो छ ।
बल्ल बल्ल नगर सरकारसित हार गुहार गरेर अस्पताल पुगेका ती विरामीले अस्पतालमा वेडको होइन मानवता हराएको मात्र देख्न पुगे । घरमा बस्दा स्वासप्रस्वासको समस्या झेलेका उनले दर्जनबढी बेड खाली रहेको अस्पतालमा स्वास्थ्यकर्मीको सहयोग नपाएको दुखेसो पोखे । त्यही उपचाररत विरामीले नै अक्सिजन जोडिदिएपछि सामान्य अवस्थामा आएका उनले अस्पताल परिसरमा रोगी निको पार्नेभन्दा पनि मर्दा बाँध्न तयारी राखेको प्लाष्टिक देखेपछि मानवताविहिन स्वास्थ्य सेवाको अनुभूति सुनाए ।
पीडित विरामीहरूको एउटै अनुरोध हो— कोरोना संक्रमित मर्नका लागि अस्पताल आएका होइनन् सरकार बचाउन अस्पताल व्यवस्थिर गरिदेऊ । उपचार सेवामा समर्पित हुन नसक्ने स्वास्थ्यकर्मीलाई अस्पतालबाट विदा दिँदा रोगीले बाँच्न पाउने भन्दै अमानवीयता अन्त्य गर्न समेत माग गरेका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकोरोना संक्रमित सर्वसाधारणलाई मेचीमा उपचार पाउनै मुस्किल
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img