Homeसमाचारज्याननै जाने गरी हतियार प्रहार गरी लाखौं लुट्ने पक्राउ

ज्याननै जाने गरी हतियार प्रहार गरी लाखौं लुट्ने पक्राउ

सुनसरी । धरान नगरपालिका १५ स्थित पूर्वेली पथबाट धारिलो हतियारले प्रहार गरी गम्भीर घाईते बनाई नगद र गरगहना लुट्ने समुह पक्राउ परेको छ। पक्राउ पर्नेमा मोरङ पथरी-३ घर भई हाल धरान १५ सुनगाभा मार्गमा बस्ने ३८ बर्षीय सन्तोष भन्ने वीरवहादुर परियार, पथरी शनिश्चरे ५ पिपलडाँडा घर भई हाल धरान १० पुतली लाईन बस्ने ३५ बर्षीय सोनी राई र धरान १३ अमरहाट बस्ने २९ बर्षीया लक्ष्मी लिम्बु रहेका छन् ।
यही बैशाख ११ गते बिहान सँवा ९ बजे सोही स्थानका झरना बिश्वकर्मा र उनको छोरा जोहन बिश्वकर्मा पुजा गर्न घर बाहिर गएको अवस्थामा अपरिचित मानिस प्रवेश गरी झरना कि आमा गोबिन्दमाया विश्वकर्मालाई टाउको लगायत शरिरका बिभिन्न भागमा धारिलो हतियारले प्रहार गरी गम्भीर घाईते बनाएपनि २ लाख रुपैयाँसहित घरमा भएका सुनका गरगहना गरी जम्मा ११ लाख ४० हजार ९५० रुपैयाँ बराबरको धनमाल डाँका गरी लगेको प्रहरीले जनाएको छ । सो घटनामा घाईते भएकी गोबिन्द मायाको न्यूरो अस्पताल विराटनगरमा पठाईएकोमा उपचारको क्रममा बैशाख १९ गते मृत्यु भएको थियो । घटनामा संलग्नको खोजीका लागि गहन अनुसन्धान थालेको १ नम्बर प्रदेश प्रहरी कार्यालय अनुसन्धान समुह, जिल्ला प्रहरी कार्यालय सुनसरी तथा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले लुटिएका सामानसहित घटनामा संलग्न तीनजनालाई नियन्त्रणमा लिएको हो । घटनामा संलग्न सोनी राईले लुटेर लगेका गहना बहिनी नाता पर्ने लक्ष्मी लिम्बुलाई लुकाउन दिएको भन्ने सूचना प्राप्त भएसंगै प्रहरीले लक्ष्मीको कोठा खानतलाशी गरेको थियो । कोठा खानतलासीका क्रममा लुकाएर राखेको अवस्थामा गहना फेला परेसंगै प्रहरीले उक्त गहना बरामद गर्नुका साथै घटनामा संलग्नलाई नियन्त्रणमा लिएको बताइएको छ । पक्राउ परेकालाई कर्तव्य ज्यान र डाँका मुद्दा कसुर अन्तरगत मुद्दा चलाइने ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारज्याननै जाने गरी हतियार प्रहार गरी लाखौं लुट्ने पक्राउ
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img