Homeअर्जुनधारादिवसको पूर्व सन्ध्यामा दीप प्रज्ज्वलन

दिवसको पूर्व सन्ध्यामा दीप प्रज्ज्वलन

शनिश्चरे २३ साउन । २५ औं आदिवासी दिवसको पूर्व सन्ध्यामा झापाको शनिश्चरेमा दीप प्रज्ज्वलन गरिएको छ ।
आदिवासी जनजाति महासंघ अर्जुनधारा नगर समन्वय समितिको आयोजनामा सम्पन्न दीप प्रज्ज्वलन कार्यक्रममा कार्यक्रमको आचित्यमाथि नगर समन्वय समितिका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष जगतबहादुर मगरले प्रकाश पार्नु भएको थियो ।
अर्जुनधारा नगरपालिका नगर वडा नं.–७ बाट नगरपरिषद सदस्य देवकुमार राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि राई, कालिस्थान बौद्धगुम्बाका अध्यक्ष सन्तबहादुर तामाङ लगायतले शुभकामना मन्तव्य राख्दै आदिवासी जनजातिका हक अधिकार सुनिश्चित गराउन माग गरेका थिए ।
नगर समन्वय समितिका अध्यक्ष मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष कर्णबहादुर तामाङ र सञ्चालन सचिव भीमकुमार श्रेष्ठले गरेका थिए ।
आदिवासीले साउन २४ गते २५ औं आदिवासी दिवस मनाउँदै छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
अर्जुनधारादिवसको पूर्व सन्ध्यामा दीप प्रज्ज्वलन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img