
काठमाडौं २१ साउन । नेपाली कांग्रेसका सभापति देउवाले ओली सरकार निरंकुश बन्ने हर्कत गरे सडकबाट हुत्याइदिने चेतावनी दिएछन् ।
दुईतिहाईको दम्भले सरकार सत्ता कब्जाको बाटोमा हिंडेको बताउँदै देउवाले सरकार निरंकुश बन्न खोजे सडकबाटै हुत्याउन सक्ने ताकत कांग्रेससंग भएको देउवाको दावी थियो ।
पोखरामा मंगलबार आयोजित पुरस्कार वितरण कार्यक्रममा बोल्दै सभापति देउवाले प्रधानमन्त्री केपी ओलीलाई जर्मन शासक हिटलरसँग तुलना गरे । ‘हिटलरले संसदबाटै कानून पास गरेर सत्ता कब्जा गरेका थिए’, उनले भने,–‘सदनमा एकपछि अर्को अनेकथरी विधेयक ल्याएर पास गर्न खोजेर प्रधानमन्त्रीजी त्यहीँ बाटोमा हिँड्न खोजेका छन् ।’
सरकारको राम्रा कामको प्रतिपक्ष दलले प्रशंसा गर्ने बताउँदै उनले नराम्रा काम गरेमा जनताको साथ लिएर खबरदारी गर्ने बताए । उनले भने–‘हामीले सडकमा आन्दोलन गरेको छैनौँ । रेलिङ भाँचेका छैनौँ’, सभापति देउवाले भने, ‘सरकार सुध्रिएन भने जनतासँगै सडक संघर्षमा जान्छौं ।’
































































































