Homeसमाचारकसरी भेट्ने श्री ३ हरुलाई ?

कसरी भेट्ने श्री ३ हरुलाई ?

काठमाडौं २१ साउन। ऊर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री वर्षमान पुन र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई जुम्लाका सांसद गजेन्द्रबहादुर महतले श्री ३ महाराजको संज्ञा दिएका छन् ।
मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै महतले आफ्नो गृह जिल्ला जुम्लाको विद्युत समस्याबारे कुरा गर्न खोज्दा मन्त्री पुन र घिसिङले फोन नउठाएको र भेट्न समय पनि नदिएको भन्दै पुन र घिसिङलाई श्री ३ को संज्ञा दिएका हुन् ।
जुम्ला सदरमुकाम अन्धकार रहेको भन्दै सांसद महतले भने ‘यति मिडियामा आइसक्यो, सामाजिक सञ्जालमा आइसक्यो हामीले यति फोन ग¥यौं, हाम्रा श्री ३ महाराजलाई ! हाम्रा श्री ३ महाराज को हो भने कुलमान घिसिङ, अर्का श्री ३ महाराज हुनुहुन्छ वर्षमान पुन ।’
उनीहरुले फोन पनि नउठाएको र भेट्न समय पनि नदिएको महतले बताए । ‘यी श्री ३ महाराजको फोन कसरी उठ्ने हो ? भेट कसरी गर्ने हो ? हाम्रो जिल्लाको समस्या कसरी राख्ने’ उनले सोधे ‘के विद्युत प्राधिकरण छैन नेपालमा, जुम्ला जिल्ला भन्ने छैन ?’
विद्युत अभावमा जुम्लामा अहिले मोवाइल फोन चलाउन पनि समस्या भएको बताउँदै सांसद महतले –‘हामीले यति प्रगति ग¥यौं भनेर यिनीहरु कुर्लेको कुर्ल्यैं छन् । इन्डियालाई बत्ती बेच्छौं भन्दैछन्’ ‘कृपया कति विजुली छ हामीलाई बेचिदिनुस् ।’
कमिसन आउने ठाउँमा मात्र विजुली विस्तार गर्छन् भन्ने कुरा आफूले सुनेको बताउँदै महतले भने–‘आज विश्वास लागेको छ ।’
२०३८ सालमा स्थापना गरिएको २ सय किलोवाटको लघु जलविद्युत आयोजना बिग्रेपछि जुम्ला अहिले अन्धकार भएको बताइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकसरी भेट्ने श्री ३ हरुलाई ?
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img