Homeसमाचारछोराको चाहना : तेस्रो पटक गर्भवती

छोराको चाहना : तेस्रो पटक गर्भवती

रेजिना गौतम
टाघनडुब्बा /
विहे पश्चात गर्भधारण गर्नु र सन्तान जन्माउनु सामान्य कुरा हो । यो प्राकृतिक नियमको निरन्तरता पनि हो । तर, कहिले काँही त्यही प्राकृतिक नियम पालना गरिरहँदा पनि असहज र अस्वाभाविक अनुभूति हुन्छ त्यही अनुभव संगाल्दै गर्भमा बच्चा हुर्काइरहेकी छन्–झापा गाउँपालिका–३ फुलगाछीकी मन्सिला (नाम परिवर्तन) श्रेष्ठ ।
आफूले गर्भाधारण गरेको घर–परिवार भन्दा अरु कसैले थाहा नपाइदिए हुन्थ्यो भन्ने लाग्छ उनलाई । छर छिमेकीले थाहा पाएर सोधे भने के भन्ने चिन्ताले सताउँछ । विहीवार झापा गाउँपालिका मातहतमा सञ्चालित टाघनडुब्बास्थित बर्थिङ सेन्टरमा सुटुक्क गर्भ जाँच गराउन पुगेकी श्रेष्ठले भनिन्–‘कस्तो अप्ठ्यारो लाग्छ, साथी र छिमेकीहरुले थाहा पाए के भन्लान् भन्ने डर पनि लाग्छ ।’
पहिलो पटक गर्भवती हुँदा लाज लागेपनि खुशी भएकी उनी तेस्रो पटक गर्भवती हुँदा सकेसम्म आफन्त र छिमेकीबाट तर्किन खोज्छिन् । त्यसको कारण हो–दुई सन्तान हुँदाहुँदै निकै लामो समयको अन्तरपछि फेरि अर्को सन्तानको पारिवारिक चाह, ढल्कँदो उमेर र छोराप्रतिको मोह ।
श्रेष्ठले भनिन्–‘दुई छोरी थिए, देवरको छोरा जन्मे हुन्छ भनेर बाटो हे¥र्यौ, देवरका पनि दुई छोरी भएपछि सासु आमाले नाती चाहिन्छ भन्नु हुन्छ, अनि श्रीमानले पनि एकपटक प्रयास गरौं न त भन्नुभयो, सल्लाह मान्नै प-यो ।’
भएका छोरी नै छोरा पनि छोरी पनि दुवै हुन् भन्ने लागेपनि सासुका साथै श्रीमान्को पनि चाहना भएपछि आफूले पनि छोरीलाई पनि माइती चाहिन्छ, चेली माइती हुन्छन् भन्ने सोचेको बताउँदै उनले थपिन्–‘अप्ठ्यारो लागि रहेको छ, हाम्रो संस्कार नै छोरा खोज्ने प्रकृतिको भएर होला, छोरा नै चाहेको देखियो ।’ एक त बच्चा जन्माउने उमेर पनि ढल्किएको, अर्को दुई सन्तान हुँदाहुँदै फेरी किन ? भन्ने प्रश्न कसैले गर्लान् कि भन्ने त्रास छन् ।
श्रेष्ठकी कान्छी छोरी ८ वर्षकी भइन् । आठ वर्ष पहिले दमकको आम्दा अस्पतालमा कान्छी छोरीलाई जन्म दिएकी श्रेष्ठ गाउँमै बर्थिङ सेन्टर स्थापना भएपछि भने सहज भएको बताइन् । २७ वर्षमा कान्छी छोरी जन्माएकी उनी अहिले ३५ वर्षकी भइन् । बच्चा जन्माउनुका साथै हुर्काउनका लागि पनि मुख्य भूमिका आमाकै हो । पहिलेको जस्तो अब त्यो भूमिका निर्वाह गर्न सकिन्छ कि सकिंदैन भन्ने डर लागि रहेको उनले बताइन् ।
छोरा खोज्नेहरुमा पढेलेखेकै मान्छेहरु रहेको बर्थिङ सेन्टरकी इन्चार्ज टिका दुवाडी बताउँछिन् । गाउँ, घर–छरछिमेक, सम्पत्ति सबै भएपनि छोरा नभएसम्म आफूलाई सुरक्षित नठान्ने समाजभित्रको मनोविज्ञान रहेको बताउँदै उनले भनिन्–‘गाउँ घर, छर–छिमेक सम्पत्ति भएर के गर्नु छोरा छैन भन्ने भावना छ, छोरा विना म निरिह हुन्छु भन्ने छ ।’
समाजलाई डोहो¥याउनेले नै छोरा विना पनि संस्कार र समाज चल्छ भनेर ग्रहण गर्न नसकेको दुवाडीले बताइन् । समाजका शिक्षित र सचेत मानिएकैहरुमा छोरा मोह देखिन्छ–‘छोरा नभए समाजमा असुरक्षित, असहाय, झै महसुस गरेको पाइन्छ, दुवाडीले थपिन्–‘अनि कहिले बन्छ छोरासमान छोरीलाई पनि हेर्ने धारणा, कहिले आउँछ समाजमा परिवर्तन ? कुरा बुझेकाले त व्यवहारमा बुझेको देखिंदैन भने, नबुझ्नेले बुझेकै छैन ।’

झापा गाउँपालिकाको टागनडुब्बास्थित बर्थिङ सेन्टरको प्रसुती कक्ष


पीछडिएको समुदायको बढी बसोबास रहेको झापा गाउँपालिकामा दशौं पटकसम्म गर्भधारण गरेर डेलिभरी जाँच गराउन आउने गरेको इन्चार्ज दुवाडीले बताइन् । खासगरी मुस्लिम र सन्थाल समुदायमा त्यस्तो पाइएको बताउँदै उनले भनिन्–‘मुस्लिम महिलाले परिवार नियोजनको साधन भने संसर्गै हुन हुँदैन रे, त्यसैले होला दशौं पटकसम्म गर्भवती भएर जाँचका लागि आउनु हुन्छ ।’
तीनसय बढीले जाँच सेवा लिएको बर्थिङ सेन्टरमा १ वर्षको अवधीमा २४ जना बच्चा जन्मिएका छन् । गाउँपालिकाको जनसंख्या र प्रजनन् दर हेर्दा डेलिभरी संख्या अझ बढी नै हुनु पर्ने भएपनि भौतिक पूर्वाधार तथा चिकित्सकीय जनशक्तिको अभावमा सोचेभन्दा कम भएको दुवाडीले बताइन् । उनले भनिन्–‘सरकारी अस्पतालको सेवा दर हेर्ने हो भने कम होइन्, अलि जटिल केश आयो भने अन्तै लैजाउँ भन्नुपर्ने हुन्छ, अक्सिजनको व्यवस्था छैन, कुनै वेला ब्लड चाहिन्छ, त्यो छैन, डेलीभरी बेड एउटा मात्र छ, त्यसले पनि प्रसुती सेवा लिन आउनेको संख्यामा कमी आएको हो।’ सेवा २४ सै घण्टा भएपनि स्टाफलाई आवास नहुँदा रातमा सेवा लिन आउनेहरुले बर्थिङ सेन्टरको ढोकामा आएर फोन गरेपछि सेवा प्राप्त गर्ने गरेको दुवाडीले जानकारी दिइन ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारछोराको चाहना : तेस्रो पटक गर्भवती
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img