Homeसमाचारश्रेष्ठ दम्पत्तीद्वारा विद्यार्थीलाई कपडा

श्रेष्ठ दम्पत्तीद्वारा विद्यार्थीलाई कपडा

भद्रपुर ५ माघ । झापाको भद्रपुर ८ निवासी समाजसेवी इन्जिनियर दम्पत्ती करुणालाल श्रेष्ठ तथा उहाँकी श्रीमती लक्ष्मी बाबा श्रेष्ठले भानु प्राथमिक विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई न्यानो कपडा सहित विद्यालय पोशाक जुत्ता तथा मोजा प्रदान गरेका छन् ।
विद्यालय परिषरमा सोमबार आयोजित कार्यक्रमका बीच कक्षा १ देखि ५ सम्म अध्ययनरत ४२ जना छात्र छात्राहरुलाई सो सामग्री प्रदान गरिएको हो । विगत बर्षहरु देखि नै समाज सेवा सक्रिय रहँदै आउनु भएका श्रेष्ठ दम्पत्तीले आफनो सामाजिक सुरक्षा भत्ता बापत प्राप्त भएको रकम मध्यबाट ५० हजार मुल्य बराबरका ट्रयाक सुट सहित जुत्ता मोजा प्रदान गरेका थिए ।
कार्यक्रममा दाता श्रेष्ठ दम्पत्ती र प्रमुख अतिथि भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ लगायतले सामग्री प्रदान गरेको कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगदिश जोशीको अध्ययक्षता तथा प्रधानाध्यापक चन्द्रकला कार्कीको संचालनमा सम्पन्न भएको थियो । सो अवसरमा कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ ,उपप्रमुख चन्द्रमाया श्रेष्ठ, भद्रपुर वडा नं. ८ का वडाध्यक्ष गौरब सुब्बा, सदस्य भगवती बस्नेत, कार्यपालिका सदस्य मुना खवास, लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको स्वागत विद्यालयमा गठित बाल क्लबकी अध्यक्ष पिस्किला हेमरमले गरेकी थिइन ।
सो अवसरमा समाजसेवी धनप्रसाद शिवाकोटीले सोहि विद्यालयमा कक्षा ५ मा अध्यानरत छात्रा रवी खातुनको अभिभावकत्व ग्रहण गर्दै आगामी एक बर्षको सम्पुर्ण पढाई खर्च आफुले व्यहोर्ने समेत घोषणा गर्र्नु भएको थियो । कक्षा ५ सम्म मात्र पढाई हुने यस विद्यालयमा हाल ६ जना शिक्षक शिक्षिका र ४२ जना मात्र विद्यार्थीहरु अध्ययनरत रहेको छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारश्रेष्ठ दम्पत्तीद्वारा विद्यार्थीलाई कपडा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img