HomeFeatured 2‘रियल लाइफ कि ! रिल लाइफ’

‘रियल लाइफ कि ! रिल लाइफ’

चारपाने । २५ वर्ष पहिले विवाह हुँदा उनी १६ वर्षकी मात्र थिइन । त्यो बेला सिउँदोमा बेहुलाले सिउँदोमा सिन्दुर हाल्दाको अनुभव गर्नै नसकेकी सुजना खतिवडाका सिउँदोमा २५ वर्ष पछि दोश्रो पटक सिन्दुर भरिँदाको अनुभव सुनाउँदै उनले भनिन–त्यो बेला के हो के हो थाहै भएन यो अनुभव गर्न चाहन्थे, कस्तो आनन्द भयो । उनका बेहुला थिए कलाकार तथा रङ्गकर्मी माधव कल्पित ।
२५ वर्ष पछि छोरी, ज्वाँई र नाति–नातिनी सामु राखेर गुरुले बेहुलीको सिउँदोमा सिन्दुर हाल्न भनेर सिउँदोमा हात पुर्याउँदाको अनुभव सुनाउँदै कल्पितले भने –‘भावुक पनि भइदो रहेछ, कतै म रंगमञ्चमै त छुइन जस्तो पनि भयो । बुबा–आमासंग हुँदा केहि चिन्ता शोक नभएका बेलाको विहे र आफैंले जिम्मेवारी सम्हाल्दाको फरकपनबारे उनी भन्छन्–‘खाने–बस्ने केही चिन्ता थिएन, जिम्मेवारी बोध थिएन, व्यवहारिक भएपछिको बेग्लै हुँदोरहेछ ।’ उनले थपे–‘वास्तवमा भन्नुपर्दा रियल लाइफ हो कि ! रिल लाइफ जस्तो भयो’–कल्पितले भने ।
दुवैजना कलाकार रहेका उनीहरुको अनुभव पनि उस्तै उस्तै छ । २५ वर्षगाँठमा विवाह सम्पन्न गर्दा आफ्ना बेहुलाको भने घरीघरी मुहार अध्यारो जस्तो देखेकी बेहुली सुजनामा भने हाँसो र खुशी छायो रे । उनले भनिन्–‘उहाँलाई अनुहार अध्यारो भयो भन्दै अरुले आउँदै भन्थे मलाई त खुशी लाग्यो, स्टेजमा अभिनय नै गरिरहेको छु कि ! जस्तो भयो ।’
२० वर्षको ठिटो हुँदा गरेको विहे र ४५ वर्षपछिको विहेमा अनुभव सुनाउँदै उनले भने–‘ यौवनाका हिसावले प्रेमवासनासंगको सम्बन्धमा निहित हुन्थ्यो–‘अहिले स्नेहिलोवासनामय हुँदोरहेछ ।’
विहेपछि निरन्तर आपसी सद्भाव, माया र जिम्मेवारीमा प्रतिवद्ध रहेको बताएको सुजनाले एउटा मान्छेको साथले महिलाको समग्र जीवन फैसला गर्ने बताउँदै भनिन्–‘नारीको जीवन सुन्दर हुन साथ राम्रो हुनुपर्ने रहेछ, बुझ्ने सक्ने परिवार भए नारीको जीवनमा स्वर्ग त्यही हुँदोरहेछ, जुन म अनुभव गरिरहेकी छु ।’
राष्ट्रिय रूपमा स्थापित कलाकारहरूको दाम्पत्य जीवनमा देखिएको विचलनलाई सन्देश दिनका लागि पनि आफूहरुले २५ औं वर्ष गाँठ मनाएको कल्पितले बताए । उनले भने–‘रंगकर्मीहरुको सम्बन्ध क्षत–विक्षत भइरहेको अवस्थामा बोल्ने कुरा र गर्ने काम एउटै हुनुपर्छ भन्ने मोफसलबाट सन्देश दिनु पनि हो ।’
क्षितिज नाट्य समूह झापाका केन्द्रीय अध्यक्ष, रंगकर्मी तथा अभियन्ता माधव कल्पित र क्षितिज नाट्य समूह झापाकी केन्द्रीय उपाध्यक्ष चलचित्रकर्मी तथा कलाकार सुजना खतिवडाले आफ्नो रजत विवाह वर्षगाठ कलाकारीता पुरस्कार स्थापना, मृगौलापीडितलाई सहयोग र कलाकार कल्याणकारी कोषमा रकम सहयोग गरेर मनाएका हुन् ।
बिर्तामोड–१ देवी पञ्चकन्या उत्तरमा क्षितिज नाट्य समूह झापाको अगुवाईमा निर्माणाधिन बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घरमा आयोजित कार्यक्रममा क्षितिज नाट्य समूह झापाका केन्द्रीय अध्यक्ष, रंगकर्मी कल्पित र केन्द्रीय उपाध्यक्ष चलचित्रकर्मी खतिवडाले स्व. मातापिता अविचन्द्र र माता रत्नकुमारी खतिवडाको स्मृतिमा गठित अवि(रत्न स्मृति प्रतिष्ठानको नाममा स्थापना गरिएको कलाकारिता क्षेत्र पुरस्कारका लागि ५१ हजार राशीको अक्षयकोष स्थापना गरेको घोषणा गरेका छन्।
क्षितिज नाट्य समूह झापाका केन्द्रीय वरिष्ठ उपाध्यक्ष हरिप्रसाद भण्डारी र विश्व हिन्दू महासंघका ूुवप्रसाद शिवाकोटीलाई खतिवडा दम्पत्तिले कलाकारिता क्षेत्र पुरस्कारको अक्षयकोषका लागि ५१ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका थिए ।
त्यस्तै सरगम संगीतालय बिर्तामोडले स्थापना गरेको कलाकार कल्याणकारी कोषका लागि खतिवडा दम्पत्तिले पाँच हजार एकसय रुपैयाँ प्रदान गरेका थिए । खतिवडा दम्पत्तिले उक्त रकम सरगम संगीतालय बिर्तामोडका प्रबन्ध निर्देशक दीपक रायमाझीलाई हस्तान्तरण गरेका थिए ।
त्यस्तै बिर्तामोड–४ का मृगौलापीडित वरिष्ठ बाद्यवादक फुर्वा योञ्जनको उपचारका लागि पाँच हजार एकसय रुपैयाँ साहित्य चौतारी बिर्तामोड झापाका संस्थापक तथा संरक्षक देवीभक्त श्रेष्ठ, अध्यक्ष हस्त परियार, सहसचिव देवीचरण भण्डारीलाई हस्तान्तरण गरेका थिए ।
बैदिक विधिअनुरुप आचार्य पण्डित तुलसीप्रसाद नेपालले बेहुला माधब कल्पित र बेहुली सुजना खतिवडालाई बेहुला–बेहुली बस्नका लागि तयारी पारिएको विशेष साजसज्जा युक्त कुर्सीमा राखेर दियो, कलश गणेशको पुजन गराउँदै बेहुला कल्पित र बेहुली सुजनालाई बिवाहको स्वयम्वर गर्न लगाए । त्यसपछि बेहुला कल्पितले र बेहुली सुजनाको सिउँदोमा सिन्दुर लगाइ दिएका थिए । कार्यक्रममा क्षितिज संगीत साधना प्रतिष्ठान झापाका कलाकारहरुले रंगकर्मी कल्पितकै रचना रहेको स्वागत गीतले प्रस्तुत गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2‘रियल लाइफ कि ! रिल लाइफ’
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img